आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

कोरियोग्राफर अश्विनी झालाई ‘बेस्ट कोरियोग्राफर अफ दी ईअर ‘अवार्ड

कोरियोग्राफर अश्विनी झालाई ‘बेस्ट कोरियोग्राफर अफ दी ईअर ‘अवार्ड

मनोरन्जन, समाचार
नेपालका चर्चित कोरियोग्राफर अश्विनी झालाई  ‘बेस्ट कोरियोग्राफर अफ दी  ईअर ‘अवार्ड प्रदान गरिएको छ । राजधानीमा सम्पन्न नेपाल म्यूज़िक  एक फ़ैशन अवार्ड को समारोहमा कोरियोग्राफर अश्विनी झा वर्षको उत्कृष्ट कोरीयोग्राफर बिधामा सर्वोत्कृष्ट ‘फेसन तथा पेजेन्ट कोरियोग्राफर अफ दि इयर’ को अवार्ड पाएका  छन।   यसका साथै फेसन, मोडलिङ क्षेत्रमा कार्यरत विभिन्न व्यक्तित्वहरूलाई पनि उक्त समारोहमा वर्षको उत्कृष्ट अवार्ड प्रदान गरिएको छ ।  नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्ड समारोह स्टार वन इन्टरटेनमेन्टको आयोजना र विलक्षण क्रियसनको व्यवस्थापनमा भएको थियो । बेस्ट पेजेन्ट डिरेक्टर अफ दि इयर (मेल) निशुकान्त झा, बेस्ट पेजेन्ट डिरेक्टर अफ द इयर (फिमेल) प्रतिमा कार्कीले पुरस्कार प्राप्त गरेका छन् । यसैगरी, हेयर स्टाइलिस्ट रीन...
गायक निशान भट्राईको स्वरमा रहेको गीत ‘प्रेमपत्र’को भिडियो सार्वजनिक(भिडियो)

गायक निशान भट्राईको स्वरमा रहेको गीत ‘प्रेमपत्र’को भिडियो सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गायक निशान भट्राईको स्वरमा रहेको गीत ‘प्रेमपत्र’को भिडियो सार्वजनिक भएको छ । आर्शिवाद पन्तको शब्द, प्रमोद पन्तको सङ्गीत तथा रिदम कंडेलको एरेञ्ज र अशोक महर्जन तथा कुमार केसीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=kVJGtAmpiPc चर्चित भिडियो निर्देशक सोनाम पार्खिनको निर्देशन रहेको गीतको भिडियोमा कमल सिंह र श्रेया कार्कीलाई फिचर्ड गरिएको छ । उत्कृष्ट बनेको भिडियो ज्ञान चौलागाईको छायाँकन तथा सम्पादन रहेको छ ।निम बावु तामाङ्गको कोरियोग्राफी रहेको गीतको भिडियो आर्शिवाद म्यूजिकको अफिसल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । ...
विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको विश्वकै छोटो गीत ‘नढाटी भन तिमी’ सार्वजनिक (भिडियो)

विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको विश्वकै छोटो गीत ‘नढाटी भन तिमी’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको विश्वकै छोटो गीत ‘नढाटी भन तिमी’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीतमा रहेको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । गीतमा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ । ‘नढाटी भन तिमीमाया गर्छु भनीसँगै जुनी कटाउँलातिम्रै साथमा रमाउँलाधड्कीनु धड्कन बनीछातीमै निदाउँनु तिमी ।’यो गीत विश्वको छोटो १८ शब्दको आधुनिक गीतमा वल्र्ड रेकर्डमा दर्ज भएको छ । https://youtu.be/hb4TadQenTw नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गर्नुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित उहाँले गीत सङ्गीतका विविध ५१ विधामा विश्व रेकर्ड राख्नु भएको छ । ...
सोनाम पार्खिनको निर्देशन तथा रानी शाक्यको स्वरको ‘के बिराएँ मैले हजुर’ सार्वजनिक(भिडियो)

सोनाम पार्खिनको निर्देशन तथा रानी शाक्यको स्वरको ‘के बिराएँ मैले हजुर’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
रानी शाक्यको स्वरमा रहेको गीत ‘के बिराएँ मैले हजुर’ सार्वजनिक भएको छ । रमण घिमिरेको शब्द, हरि लम्सालको सङ्गीत तथा एरेञ्ज र चन्द्र चौधरीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/1Cx5SNBNn1A सोनाम पार्खिनको निर्देशन रहेको गीतको भिडियोम हास्य अभिनेता बुध्दि तामाङ ‘हैट’ र नायिका छुल्ठिम गुरूङलाई फिचरि गरिएको छ । रमाईला र मिठा नोकझोंक सहितको भिडियो उत्कृष्ट बनेको छ । भुपेन्द्र लिम्बु तुम्बाहाफेको छायाँकन रहेको गीतको भिडियोमा शुसिल न्यौपानेको सम्पादन रहेको छ । गीतको भिडियो रानी शाक्यको अफिसल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । ...
गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको संगीतमा नेवार गीत ‘भ्वासि जुयाः’ सार्वजनिक(भिडियो)

गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको संगीतमा नेवार गीत ‘भ्वासि जुयाः’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गायिका सुमन श्रेष्ठ ‘मुना’ले गाएको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रुपेन्द्र श्रेष्ठ थक्वाःमिको अभिनय रहेको सो म्युजिक भिडियोमा मुस्कान राजभण्डारीको अभिनय रहेको छ । चन्देश्वर महर्जनको रचना रहेको गीतमा सुरेन्द्र श्रेष्ठको संगीत रहेको छ । निर्देशक रामकृष्ण खड्गीको निर्देशन रहेको म्युजिक भिडियोका छायाँकार रकि महर्जन र सम्पादन बालकृष्ण वंशीको रहेको छ । https://www.youtube.com/watch?v=Ns6XwIgqQ5o पुल्चोकमा एक कार्यक्रमबीच सो म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । वरिष्ठ संगीतकार अमरराज शर्मा राजोपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भिडियो सार्वजनिक कार्यक्रममा भजन साम्राज्ञी रमना श्रेष्ठ, गायिका सुमन श्रेष्ठ नेवार,संगीतकार सुरेन्द्र श्रेष्ठ विशेष अतिथी तथा अतिथीहरु रहेका थिए । सार्वजनिक कार्यक्रम नवगायिका श्रेष्ठका पिता रामहरि श्रेष्ठको सभापतित्वमा भएको थियो ।...
चर्चित हाँस्य कलाकार निर्मल शर्मा गैँडाको निर्देशनमा ‘डन्ट माइन्ड’आउँने

चर्चित हाँस्य कलाकार निर्मल शर्मा गैँडाको निर्देशनमा ‘डन्ट माइन्ड’आउँने

मनोरन्जन, समाचार
चर्चित हाँस्य कलाकार निर्मल शर्मा गैँडाको निर्देशन रहने टेलिफिल्म ‘डन्ट माइन्ड’ प्रशारणमा आउँने भएको छ । म्युजिक नेपालको प्रस्तुती र हिमालय टेलिभिजको सहकार्यमा टेलिफिल्म ‘डन्ट माइन्ड’ प्रशारणमा आउँने भएको हो । लामो समय देखी सक्रिय रहेका चर्चित कलाकारहरुको अभिनय रहने टेलिफिल्म ‘डन्ट माइन्ड’ यहि बैशाख १५ गतेबाट प्रशारण हुने छ । उक्त टेलिफिल्मलाई निर्मल शर्मासंगै कमल मैनालीले निर्देशन गरेका छन् । हाँस्य टेलिफिल्म ‘डन्ट माइन्ड’ यहि बैशाख १५ गतेबाट हिमालय टेलिभिजनबाट हरेक बुधबार ८ बजे र म्युजिक नेपालको युटुब च्यानल त्यस्तै म.म. एपबाट समेत प्रशारण हुने छ । यस टेलिफिल्मको मुख्य भूमिकामा रबि शर्मा, कमल मैनाली, निर्मल शर्मा, रजनी केसी, सुनिता श्रेष्ठ, स्मारिका खनाल, रामेश्वर केसी, घनश्याम गौतम, सुरेश तिमल्सिना, बिश्वमणी घिमिरे, चिज कुमार श्रेष्ठ, सुमन गिरी र लक्ष्मण सिंह बस्नेत रहेका छन् । स...
अनुषुयालाई ‘न्यु मोडेल इन्करेजमेन्ट अवार्ड’

अनुषुयालाई ‘न्यु मोडेल इन्करेजमेन्ट अवार्ड’

मनोरन्जन, समाचार
मोडल अनुषुया न्यु मोडेल इन्करेजमेन्ट अवार्डबाट सम्मानित भएकी छिन ।राजधानीमा सम्पन्न योङ्ग माईण्ड ईन्टरमेन्ट अवार्डमा ‘औंसी रातैमा’ बोलको म्यूजिक भिडियोबाट उनले उक्त अवार्ड हात पार्न सफल भएकी हुन । अवार्ड बितरण कार्यक्रममा अतिथीको रुपमा सहभागी भएकी बेलि डान्सर तथा मोडल अनुषुया राज्य लक्ष्मी ठकुरि अचानक न्यु इन्करेजमेन्ट अवार्डको लागि अनुषुयालाई मन्चमा बोलाइए पछि अचम्ममा परेकी थिईन । आयोजकलाई धन्यवाद दिदैं उनले भनिन, मेरो जिवनको यो पहिलो अवार्ड हो त्यसैले पनि यो अवार्डले मेरो करियरमा ठूलो महत्व बोक्छ ।उक्त कार्यक्रममा उनी सङै पल शाह,रेश्मा घिमिरे,निता ढुङाना,दुर्गेस थापा लगायतले पनि अवार्ड प्राप्त गरेका थिए। ...
पातै फरर गीति संग्रह र एल्वम विमोचन सार्वजनिक

पातै फरर गीति संग्रह र एल्वम विमोचन सार्वजनिक

मनोरन्जन, समाचार
पातै फरर गीति संग्रह र एल्वम विमोचन सार्वजनिक भएको छ । शनिबार राजधानीमा एक विशेष कार्यक्रमबीच युथ क्रियशनको आयोजनामा गीति संग्रह पातै फरर र गीतको भिडियो सार्वजनिक गरिएको हो । वरिष्ठ लेखक तथा गीतकार अमर वान्तुको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा गायक तथा संगीतकार कन्यैया सिंह, कलाकार उत्तम केसी, संगीतकार सन्तोष श्रेष्ठ, निर्देशक सुमन दाहाल, व्यवसायी रामजी अवाल, युथ क्रियशनका अध्यक्ष रमेश थापालगायतले विमोचन गर्नुभएको थियो । स्रष्टा माधव केसीको गीति स्रंगह पातै फररका बारेमा अथितिहरूले शुभकामना मन्तव्य राख्दै उहाँका गीत धेरै राम्रा भएको प्रतिक्रिया दिनुभएको थियो । गीतकार माधव केसीले सङ्कलन गरेका गीत ‘पातै फरर’ गीति सङ्ग्रह उहाँले विसं. २०४० देखि अहिलेसम्म सङ्कलन गरेका लोक तथा आधुनिक गरी ८० गीत उक्त सङ्ग्रहभित्र समावेश छन् । कार्यक्रममा वरिष्ठ गीतकार अम्वर वान्तुले गीत तथा साहित्यक...
‘आँधी तुफान २’ को छायांकन सुरु

‘आँधी तुफान २’ को छायांकन सुरु

मनोरन्जन, समाचार
चलचित्र ‘आँधी तुफान २’ को छायांकन सुरु भएको छ । उपत्यका बाहिरका विभिन्न स्थानमा लोकेसन तय भएको भएपनि सम्भव भएसम्म उपत्यका भित्र नै चलचित्रको छायांकन सक्काउने उद्देश्यले बिहीबारबाट ‘आँधी तुफान–२’ को सुटिङ सुरु भएको छ । निर्माता तथा लेखक मौनता श्रेष्ठले डेढ दशक अगाडि व्यावसायिक रूपले सफल मानिएको चलचित्र ‘आँधी तुफान’ को सिक्वेलको रूपमा यो चलचित्र सुरु गरेका हुन् । मदन घिमिरेको निर्देशन रहने ‘आँधी तुफान २’ मा सञ्जीत भण्डारी, सञ्जय खतिवडा, ध्रुव दत्त, आरती आचार्य, रिचा थापा,पुनम गौतम, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, मुकुन्द थापा, कनिज कोइराला, याङ्सु श्रेष्ठ, पुष्कर राउत, बिन्दीया ठकुरी, रमेश तामाङ, राजाराम गौतम, गोकुल सुवेदी, सरोज दाहाल आदिको अभिनय रहने छ । सस्पेन्स कथावस्तुमा आधारित एक्सन प्रधान चलचित्रमा सङ्गीत सुरेश अधिकारी, द्वन्‍द प्रेम चुल्ठे, नृत्य कमल राई, छाय...
“मेरी नैनी”-को लोकार्पण कार्यक्रम

“मेरी नैनी”-को लोकार्पण कार्यक्रम

मनोरन्जन, समाचार
बैशाख ७ गते वहाँको ८९ अौं स्मृति दिवस को अवसर पारेर वरिष्ठ साहित्यकार श्री रोचक घिमिरे ज्युको प्रमुख आथित्यतामा सम्पन्न भयो । समारोहमा केही विशिष्ट सहित्यकार, समालोचक , पत्रकार तथा परिवार जन को उपस्थित रहेको थियो । मन्तव्यको क्रममा बोल्दै वरिष्ठ साहित्यकार / समालोचक द्वय प्रा. डा गोविन्दराज भट्टराई र ज्ञानु पाण्डेले पोषण पाण्डेको कवि व्यक्तित्व बारे प्रकाश पार्नु भएको थियो । समारोहमा पोषण पान्डेको रचनामा वरिष्ठ संगीतकार राजु सिंह द्वारा संगीतबद्ध गीतलाई चर्चित गायिका बानिका प्रधानले गाएर सुनाउनु भएको थियो । मानवीय चेतनालाई जागृत गराउने खालका कविता लेख्ने पोषण पाण्डे एक स्वाभिमानी स्रष्टा रहनु भएको कुरामाथि प्रकाश पार्दै प्रमुख अतिथि रोचक घिमिरे ले समारोहलाई सम्बोधन गर्नु भएको थियो । पोषण पाण्डे तीर्थ सदनको उपाध्यक्ष वरिष्ठ साहित्यकार कणाद महर्षिद्वारा स्वागत गर्दै प्रारम्भ भएको यस समारोहल...