चर्चित हाँस्य कलाकार निर्मल शर्मा गैँडाको निर्देशन रहने टेलिफिल्म ‘डन्ट माइन्ड’ प्रशारणमा आउँने भएको छ । म्युजिक नेपालको प्रस्तुती र हिमालय टेलिभिजको सहकार्यमा टेलिफिल्म ‘डन्ट माइन्ड’ प्रशारणमा आउँने भएको हो । लामो समय देखी सक्रिय रहेका चर्चित कलाकारहरुको अभिनय रहने टेलिफिल्म ‘डन्ट माइन्ड’ यहि बैशाख १५ गतेबाट प्रशारण हुने छ । उक्त टेलिफिल्मलाई निर्मल शर्मासंगै कमल मैनालीले निर्देशन गरेका छन् ।

हाँस्य टेलिफिल्म ‘डन्ट माइन्ड’ यहि बैशाख १५ गतेबाट हिमालय टेलिभिजनबाट हरेक बुधबार ८ बजे र म्युजिक नेपालको युटुब च्यानल त्यस्तै म.म. एपबाट समेत प्रशारण हुने छ ।

यस टेलिफिल्मको मुख्य भूमिकामा रबि शर्मा, कमल मैनाली, निर्मल शर्मा, रजनी केसी, सुनिता श्रेष्ठ, स्मारिका खनाल, रामेश्वर केसी, घनश्याम गौतम, सुरेश तिमल्सिना, बिश्वमणी घिमिरे, चिज कुमार श्रेष्ठ, सुमन गिरी र लक्ष्मण सिंह बस्नेत रहेका छन् । साथै हरेक हप्ता अतिथी कलाकारहरु समेत रहने छन् ।

टेलिफिल्म ‘डन्ट माइन्ड’ मा समाजमा घटिरहने समसामहिक तथा राजनैतिक बिषयबस्तु हाँस्य ढंगबाट प्रस्तुत गरिने छ । यस
टेलिफिल्मका कार्यकारी निर्माता चिज कुमार श्रेष्ठ हुन् । कमल मैनालीको लेखन तथा पटकथा, छायांकनमा राजु केसी, सम्पादकमा गौतम राज खड्का रहेका छन् । ‘डन्ट माइन्ड’ को शिर्ष गीत कमल मैनालीले लेखेका हुन् भने संगीत र स्वर राजिव लोहनीको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here