गायक निशान भट्राईको स्वरमा रहेको गीत ‘प्रेमपत्र’को भिडियो सार्वजनिक भएको छ । आर्शिवाद पन्तको शब्द, प्रमोद पन्तको सङ्गीत तथा रिदम कंडेलको एरेञ्ज र अशोक महर्जन तथा कुमार केसीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

चर्चित भिडियो निर्देशक सोनाम पार्खिनको निर्देशन रहेको गीतको भिडियोमा कमल सिंह र श्रेया कार्कीलाई फिचर्ड गरिएको छ ।

उत्कृष्ट बनेको भिडियो ज्ञान चौलागाईको छायाँकन तथा सम्पादन रहेको छ ।निम बावु तामाङ्गको कोरियोग्राफी रहेको गीतको भिडियो आर्शिवाद म्यूजिकको अफिसल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here