शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

मनोरन्जन

‘ग्लोबल स्टार अवार्ड–२०२६’ भव्य सम्पन्न, निर शाहदेखि मदनकृष्णसम्मको उपस्थितिमा विभिन्न क्षेत्रका प्रतिभा सम्मानित

‘ग्लोबल स्टार अवार्ड–२०२६’ भव्य सम्पन्न, निर शाहदेखि मदनकृष्णसम्मको उपस्थितिमा विभिन्न क्षेत्रका प्रतिभा सम्मानित

मनोरन्जन, समाचार
काठमाडौं । दक्ष ईन्टरनेशनलको आयोजना तथा राष्ट्रखबरको सहकार्यमा दोस्रो संस्करणको “ग्लोबल स्टार अवार्ड–२०२६” राजधानीको सुकेधारास्थित होटल मक्र्युरमा  भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ । कला, संगीत, पत्रकारिता, समाजसेवा, उद्यमशीलता, सौन्दर्य, फेसन, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई समारोहमा विशेष सम्मान अर्पण गरिएको थियो । कार्यक्रममा सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मानबाट उर्मिला श्रेष्ठ सम्मानित हुनुभयो । त्यसैगरी चलचित्र इतिहासकी अमर प्रेरणा तथा दिग्गज अभिनेत्री सम्मान–२०२६ बाट वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाललाई विशेष सम्मान प्रदान गरिएको थियो । लोकसंगीत, सञ्चार तथा साहित्य क्षेत्रमा दीर्घकालीन योगदान पुर्याउनुभएका वरिष्ठ लोकगायक एवं पत्रकार रामप्रसाद खनाललाई “लोकसंगीत, सञ्चार र साहित्यका जीवित दिग्गज अति विशिष्ट सम्मान–२०२६”...
‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक (भिडियो)

‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं  । गायक विक्रमजंग थापा र गायिक शान्तिश्री परियारको मिठो स्वरमा मर्मश्पर्शी गीत ‘छोटो छोटो जिन्दगी लामो सम्झना’ को भिडियो सार्वजनिक भएको छ । शब्द द्रोण अधिकारी, संगीत करण न्यौपाने, एरेन्जर कृष्ण केसी, रेकर्डिस्ट लक्ष्मण सेन्चुरी, मिक्सिङ/मास्टरिङः बिमल चिनाल, सम्पादन/रङः क्रान्ति केसी, छायांकन अजय रेग्मीको रहेको गीतको भिडियोमा विक्रम थापा, स्मरिका ढकाल, एन्जिला खत्री,इन्द्रप्रसाद ढकाल, द्रोण अधिकारीको जिवन्त अभिनय रहेको छ । निर्माण प्रबन्धक राजेन्द्र ठकुरी र विदेश केसी, भोल्युम अन एण्ड स्नो फल इन्टरटेनमेन्टको प्रस्तुती रहेको ‘छोटो छोटो जिन्दगी लामो सम्झना’ का निर्देशक क्रान्ति केसी हुन् । https://www.youtube.com/embed/N2JZ8qT_s_U ...
२५ लाख पुरस्कार राशि रहेको गायन रियालिटी शो ‘गाउँछ गीत’ आउदै

२५ लाख पुरस्कार राशि रहेको गायन रियालिटी शो ‘गाउँछ गीत’ आउदै

मनोरन्जन, समाचार
काठमाडौ ।  २५ लाख पुरस्कार राशि रहेको  गायन रियालिटी शो ‘गाउँछ गीत’को  पहिलो सिजन जेठबाट प्रसारणमा आउने भएको छ ।  प्रतिभाको खोजी, मौलिकताको सम्मान: गाउँछ गीतको साङ्गीतिक अभियान नारा सहित आयोजना गरिएको प्रतियोगिता अहिले डिजिटल अडिसन बाट फिजिकल राउण्डमा प्रवेश गरेको छ । जसमा डिजिटल अडिसन बाट छानिएका प्रतियोगीहरूले फिजिकल राउण्डमा आफ्नो प्रस्तुति निर्णायक सामु राखी रहेका छन् ।  पेप्सीकोलामा रहेको गाउँछ गीतको छायाङ्कन स्टुडियोमा शनिवार र आइतबार गरी डिजिटल अडिसनमा देशै भरबाट छानिएका प्रतियोगीहरूले आफ्नो गायन प्रस्तुति राखेका हुन् । यो चरण पार गर्न सकेका करिब ५० प्रतियोगीले मेघा राउण्डमा प्रवेश पाउने छन् ।  प्राइम टेलिभिजनबाट शनिवार र आइतबार राती ९ बजे प्रसारण हुने यो प्रतियोगिता नेपाली सङ्गीत क्षेत्रमा एक कोशे ढुङ्गा साबित हुने विश्वास लिएको शोका निर्देशक हरि श...
राष्ट्रिय स्तरमा बालप्रतिभा उजागर गर्ने ‘किड्स ट्यालेन्ट हन्ट’ सम्पन्न

राष्ट्रिय स्तरमा बालप्रतिभा उजागर गर्ने ‘किड्स ट्यालेन्ट हन्ट’ सम्पन्न

मनोरन्जन, समाचार
ललितपुर — ब्ल्याक बर्ड इन्टरटेन्मेन्टको आयोजनामा “नेपाल किड्स ट्यालेन्ट हन्ट २०८२” को ग्रान्ड फिनाले चैत २९ गते आइतबार ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा भव्य रूपमा सम्पन्न भएको छ। करिब दुई महिनासम्म सञ्चालन भएको प्रशिक्षण तथा प्रतिस्पर्धापछि उत्कृष्ट २० जना फाइनलिस्टहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली चलचित्र क्षेत्रका चर्चित तथा वरिष्ठ डान्स कोरियोग्राफर कमल राईको उपस्थिति रहेको थियो। कार्यक्रमलाई आकर्षक र ऊर्जावान बनाउँदै सोनित राज धुंगेलले सञ्चालन गरेका थिए। गायन विधातर्फ दिक्षिता शाही विजेता घोषित भइन् भने प्रोषण परियारले पब्लिक च्वाइस अवार्ड जित्न सफल भए। त्यस्तै, छेसाङ लामा प्रथम रनरअप र श्रियुक्ता शाही द्वितीय रनरअप घोषित भए। गायनतर्फका निर्णायकहरूमा गायक तथा संगीतकार रमेश पाठक, गायक चेतन राई तथा गायिका रानु निरौला रहेका...
सातौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८२ भब्य रुपमा सम्पन्न

सातौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८२ भब्य रुपमा सम्पन्न

मनोरन्जन, समाचार
 सातौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८२ भब्य रुपमा सम्पन्न भएको छ । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो ।  काठमाडौंको राष्ट्रिय नाचघर जमलमा सम्पन्न उक्त अवार्डमा वरिष्ठ सितार बादिका विजया शर्मालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डमा नगद रु.१७,६९६ सहित सम्मान गरिएको थियो । सम्मान प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा, रिलायन्स फाईनान्सका डेपुटी सिईओ रामहरी आचार्य, जुरी संयोजक सन्तोष श्रेष्ठ, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापाले प्रदान गरेका थिए । त्यसैगरी धुर्व लम्साललाई सगरमाथा कला पत्रकारिता रजत सम्मान नगद रु. ८,८४८ सहित सम्मान गरिएको थियो । त्यसैगरी सगरमाथा रेडियो पत्रकारिता सम्मान शिरोमण दवाडीलाई प्रदान गरि...
मोडलिङ क्षेत्रको योगदानमा अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान’

मोडलिङ क्षेत्रको योगदानमा अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान’

मनोरन्जन, समाचार
काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ काठमाडौंमा हालै सम्पन्न ७ औँ संस्करणको ‘सगरमाथा म्युजिक अवार्ड २०८२’मा फेसन तथा पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झालाई 'सगरमाथा कला सम्मान २०८२' द्वारा सम्मानीत गरिएको छ । उनलाई आयोजकले मोडलिङ क्षेत्रमा पुर्‍याएको महत्वपूर्ण योगदानका लागि विशेष सम्मान प्रदान गरेको हो। संगीत र ग्ल्यामर क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा आयोजकले झाको यस क्षेत्रमा पुर्याएको योगदानको  खुलेर प्रशंसा गरेका थिए ।‘मोडलहरूलाई केवल सुन्दर देखिने मात्र होइन, उनीहरूलाई आफ्नो अभिव्यक्ति र प्रस्तुति कसरी प्रभावकारी बनाउने भन्ने कुरामा केन्द्रित भएर काम गर्दै आएको छु। आजको सम्मानले अझ धेरै जिम्मेवारी थपेको महसुस भएको छ’, झाले भने ।अश्विनीले धेरै वर्षदेखि मोडलहरूलाई तालिम, ग्रुमिङ र व...
जीवन शर्माको सिर्जनामा : ‘जीवन रहरमै’ बजारमा

जीवन शर्माको सिर्जनामा : ‘जीवन रहरमै’ बजारमा

मनोरन्जन, समाचार
सिक्किमका स्रष्टा जीवन शर्माको संगीतमा तयार नयाँ गीत ‘जीवन रहरमै’ बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच विमोचन गरिएको छ । साहित्य, संगीत र सिर्जनशीलताको संगम बनेको उक्त कार्यक्रमले नेपाल-सिक्किमबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाएको सहभागीले बताएका थिए । सिक्किमकै स्रष्टा विमल काफ्लेको शब्द रचना रहेको गीतमा चर्चित गायिका अञ्जु पन्तको सुमधुर स्वर रहेको छ । गीतले जीवनका आकांक्षा, अनुभूति र भावनात्मक यात्रालाई कलात्मक ढंगले प्रस्तुत गरेको आयोजकले जनाएका छन् । मिलाप मासिक र साहित्यक पत्रकार संघको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा स्रष्टा शर्मालाई सामूहिक अभिनन्दनसमेत गरिएको थियो । संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मिलापका प्रधान सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । प्रमुख अतिथिका रूपमा वरिष्ठ गीतकार चूडामणि देवकोटा रहनुभएको थियो ।...
पाँचौँ ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ वैशाख १५ देखि १७ गतेसम्म सर्लाहीमा हुने

पाँचौँ ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ वैशाख १५ देखि १७ गतेसम्म सर्लाहीमा हुने

मनोरन्जन, समाचार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण सर्लाहीमा आयोजना हुने भएको छ । वैशाख १५ देखि १७ गतेसम्म आयोजना हुने महोत्सव मधेस प्रदेशको सर्लाही जिल्ला, चन्द्रनगर गाउँपालिकामा आयोजना हुने भएको हो । महोत्सव आयोजनाबारे चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो र आयोजक संस्था सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाबिच सहमति भएको छ । ‘हिमाल, पहाड, तराई कोही छैन पराइ’ भन्ने मूल नारालाई आत्मसात् गर्दै विगतका संस्करणहरू पहाडी क्षेत्रमा सफलतापूर्वक सम्पन्न गरिएको महोत्सव यसपटक तराईमा विस्तार गर्न लागिएको आयोजकले जनाएको छ । ग्रामीण कथा, स्थानीय संस्कृति र समुदाय–केन्द्रित सिनेमालाई प्रवर्द्धन गर्ने उद्देश्य बोकेको महोत्सवले अब तराई क्षेत्रका दर्शक, सर्जक र समुदायलाई समेट्दै सबैको सिनेमा, सबैका लागि भन्ने अवधारणालाई अझ सशक्त बनाउने लक्ष्य लिएको छ । गाउँ–गाउँमा सिनेमा पुर्‍या...
“विविधायन सौन्दर्यम्”: प्रकृति, सिर्जनशीलता र समकालीन डिजाइनको भव्य संगम

“विविधायन सौन्दर्यम्”: प्रकृति, सिर्जनशीलता र समकालीन डिजाइनको भव्य संगम

मनोरन्जन, समाचार
नमुना कलेज अफ फेशन टेक्नोलोजी (एनसीएफटी) को २०औँ ग्राजुएसन फेशन शो “विविधायन सौन्दर्यम्” सिर्जनशीलता, कल्पनाशक्ति र कलात्मक अभिव्यक्तिको भव्य उत्सवका रूपमा सम्पन्न भएको छ ।  द प्लाजा नेपाल, मा आयोजित उक्त कार्यक्रमले रनवेलाई जीवित क्यानभासमा रूपान्तरण गर्दै फेशन, प्रकृति र कथात्मक अभिव्यक्तिको अद्भुत संगम प्रस्तुत ग¥यो । फेसन डिजाइनिङमा स्नातक हुँदै गरेका ६२ जना विधार्थी फेशन डिजाइनरहरूको सिर्जनात्मक यात्रालाई समेट्दै कार्यक्रमले छ वटा अवधारणामा आधारित संग्रहहरू प्रस्तुत ग¥यो, जसले नेपालको प्राकृतिक भू–दृश्य तथा जैविक विविधताको समृद्धतालाई प्रभावशाली रूपमा उजागर गरेको पाइयो ।“विविधायन सौन्दर्यम्” अर्थात् विविधताबाट उत्पन्न हुने सौन्दर्य भन्ने मूल अवधारणाले सम्पूर्ण कार्यक्रमको वैचारिक आधार निर्माण गरेको थियो । नेपालका वन, सिमसार क्षेत्र, हिमाल, वन्यजन्तु तथा पुष्पीय विविधताबाट प्रेरणा लिए...
भ्रामक समाचारको सिकार बने शिव परियार : आयोगले बिना प्रमाण नाम राख्यो, गायक स्वयं बोल्न बाध्य

भ्रामक समाचारको सिकार बने शिव परियार : आयोगले बिना प्रमाण नाम राख्यो, गायक स्वयं बोल्न बाध्य

मनोरन्जन, समाचार
काठमाडौं। नेपालका लोकप्रिय तथा चर्चित गायक एवं कलाकार शिव परियारले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा आफ्नो नाम “सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्ति”को रूपमा उल्लेख गरिएकोमा कडा आपत्ति जनाउँदै सार्वजनिक स्पष्टीकरण जारी गरेका छन्। परियारले नेपाल सरकार तथा समग्र नेपाली समाजसमक्ष विनम्र निवेदनसहित प्रस्तुत गरेको उक्त स्पष्टीकरणमा आफूमाथि लगाइएको आरोप वास्तविकतामा आधारित नरहेको दाबी गरेका छन्। वि.सं. २०८२ साल भाद्र २३ गते जेन–जी आन्दोलनको क्रममा देश अत्यन्त जटिल र संवेदनशील परिस्थितिमा थियो। उक्त अवधिमा सामाजिक सञ्जालमा विभिन्न सूचनाहरू तीव्र गतिमा फैलिरहेका थिए, जसका कारण आम नागरिकका लागि सत्य, तथ्य र आधिकारिक सूचना प्राप्त गर्ने अवस्था अत्यन्त अन्योलपूर्ण बनेको थियो। विवादास्पद पोस्टको वास्तविकता गायक परियारका अनुसार, भाद्र २४ गते सामाजिक सञ्जालमा “बेपत्ता पारिएक...