शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

मनोरन्जन

कलाकार संघमा नयाँ समीकरण, केसीको उम्मेदवारीले बढायो चासो

कलाकार संघमा नयाँ समीकरण, केसीको उम्मेदवारीले बढायो चासो

मनोरन्जन, समाचार
काठमाडौं ।  चलचित्र कलाकारबीच चुनावी सरगर्मी सुरु भएको छ । यहीबीचमा संघको अध्यक्षका लागि उत्तम केसीले उम्देवारी घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उम्देवारी घोषणा गरेका हुन् । उनलाई संघका पूर्वअध्यक्ष रविन्द्र खड्का लगायतका वरिष्ठ कलाकारले समर्थन गरेका छन् । यही चैत २८ मा चलचित्र कलाकार संघको २१ औं साधारण सभा आयोजना हुँदैछ । सभाले १७ सदस्यीय नयाँ पदाधिकारी निर्वाचित गर्नेछ ।संस्थाको मतदाता बन्न १७ चैतसम्म सदस्यता नवीकरण गरिसक्नुपर्नेछ । त्यसअघि निर्वाचन आयोग गठनको तयारी छ । अहिले नवीकरण नगरेकासहित २५०० जना सदस्य संस्थामा रहेको जनाइएको छ ।  २०५५ सालमा स्थापना भएको कलाकार संघमा तीन वर्षे कार्यकाल हुने गरेको छ ।  रंगमञ्चदेखि चलचित्रसम्मको यात्रा तय गरेका कलाकार केसी नेपालमा टेलिभिजनको स्थापना अघिदेखि नै रंगमञ्चमा नाटक गर्ने कलाकार हुन । बाल्यकालदेखि कला क्षेत...
पुनम वस्याल र धर्मेन्द्र अर्यालको स्वरमा भजन  ‘नारायण हरिहरी’(भिडियो)

पुनम वस्याल र धर्मेन्द्र अर्यालको स्वरमा भजन ‘नारायण हरिहरी’(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौ  । गायिका पुनम वस्याल र धर्मेन्द्र अर्यालको आवाजमा भजन गीत ‘नारायण हरिहरी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा गणेश बस्यालले मुखडा तयार पारेका छन् भने मौलिक साधारण सम्पूर्ण उमेर समुहका भजन प्रेमिले मन पराउने र जनजिब्रोमा झुन्डिन सक्ने ओझिला शब्दलाई पुनमले कलेक्सन गरेकी छन् । पुर्ण संयोगको म्युजिक एरेन्जमा तयार भएको यस भजनको म्युजिक भिडियोलाई राजु अर्यालले निर्देशन, प्रबिण थापाले कोरियिग्राफी, हरिस महराले छायांकन र नवीन घर्ती मगरले सम्पादन गरेका छ्न् । भजनको म्युजिक भिडियोमा पुनम बस्याल, फ्रेन्सिअ बस्याल, शंकर शाही ठकुरी, प्रमिला गहतराज, रेखा भट्टराई, साधना अर्याल लगायतको अभिनय र नृत्य देख्न पाइन्छ । उजेली, कुरा बुझिसके, सुनामी, चलाउ अभियान, नारायण लगायतका सिर्जनाकी सर्जक पुनम वस्यालले स्वर दिएका गीतहरूले नेपाली सांगीतिक बजारमा राम्रो चर्चा र लोकप्रियता कमाइसकेका छन् ।...
गायिका प्राश्ना शाक्य र निर्वाण केरुङ्गको ” प्रियतम” कोसेली सार्वजनिक(भिडियो)

गायिका प्राश्ना शाक्य र निर्वाण केरुङ्गको ” प्रियतम” कोसेली सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
युवा पुस्ताको ढुकढुकी र सर्वाधिक मन पराएकी गायिका प्राश्ना शाक्य जसको स्वरमा जादु छ ।“बादल वर्षा बिजुली ” गीतले सबै दर्शक र श्रोताका मन जितेका जसका थुप्रै सुपरहिट गीतहरू आवाज देउ , गाउँले जीवन छन्। गायिका प्राश्ना शाक्यले आफ्ना फ्यानहरूलाई खुसी बनाउन ” प्रेम दिवस”को उपलक्ष्यमा ” प्रियतम” नामक म्युजिक भिडियो सार्वजनिक गरिन्। गायिका प्राश्ना शाक्य लाई नेपाली सांगीतिक क्षेत्रकी ” द नाईटिङल भइस” पनि भन्ने गरिन्छ। https://youtu.be/FHup2oRoX3Q सानै उमेरदेखि नेपाली गीत संगीतमा रुचि राखिने उनले आफ्नो सांगीतिक कोसेली देश र विदेशमा थुप्रै स्टेज प्रोग्राममा गाइसकेकी छिन्। म्युजिक भिडियोमा मोडल सुदित र श्रीतिका को एकअर्काप्रतिको प्रेम समर्पण देखाइएको छ । निर्वाण केरुङ्गको शब्द र संगीत , उदयराज पौडेलको संगीत संयोजन किशोर थापाको मास्टर मिक्सिङ रहेको छ। गीतको म्युजिक भिडियो छायांकन त...
डान्स र जुम्बा प्रशिक्षणको उत्कृष्ट थलो: ‘निरी एकडेमी’ सबैको रोजाइमा

डान्स र जुम्बा प्रशिक्षणको उत्कृष्ट थलो: ‘निरी एकडेमी’ सबैको रोजाइमा

मनोरन्जन, समाचार
काठमाडौँ – काठमाडौँ को बालकुमारी–कोटेश्वर क्षेत्रमा सञ्चालनमा रहेको निरी डान्स एण्ड जुम्बा फिटनेस एकडेमी अहिले नृत्य र फिटनेस प्रशिक्षणका लागि सबैको रोजाइमा पर्न सफल भएको छ। अन्तर्राष्ट्रिय अनुभव हासिल गरेका प्रतिष्ठित तथा दक्ष नृत्य प्रशिक्षकहरूको मार्गदर्शनमा यहाँ विभिन्न शैलीका नृत्य प्रशिक्षण गरिँदै आएको छ। अनुभवी प्रशिक्षक तथा कोरियोग्राफरहरूको सक्रिय नेतृत्वमा सञ्चालित एकडेमीले हिप–हप, कन्टेम्पोररी, बलिउड, फोक–फ्युजन लगायतका विविध नृत्य विधामा प्रारम्भिकदेखि उन्नत तहसम्म कक्षाहरू सञ्चालन गर्दै आएको छ। उमेर समूहअनुसार छुट्टाछुट्टै ब्याच व्यवस्थापन गरिएकाले बालबालिका, किशोर–किशोरी तथा युवाहरूले सहज रूपमा प्रशिक्षण लिन सक्ने वातावरण तयार गरिएको छ। जुम्बा प्रशिक्षणको विशेष व्यवस्था नृत्यसँगै स्वास्थ्य र फिटनेसलाई जोड दिँदै एकडेमीमा प्रोफेसनल प्रशिक्षकद्वारा जुम्बा प्रशिक्षण समे...
डा. हरि उप्रेतीको ‘निदरी’ सार्वजनिक(भिडियो)

डा. हरि उप्रेतीको ‘निदरी’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गायिका तृप्ति खड्का गुरुङको स्वर तथा सङ्गीतमा नयाँ गीत ‘निदरी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयदेखि नेपाली आधुनिक तथा सुगम सङ्गीतमा सक्रिय तृप्तिले यस गीतमार्फत फेरि एकपटक आफ्नै मौलिक सिर्जनात्मक पहिचान प्रस्तुत गर्नुभएको छ । गीतमा उहाँलाई चर्चित गायक राज सिग्देलले स्वरमा साथ दिनुभएको छ । ‘निदरी’ले मायाप्रेमको कोमल अनुभूति, वियोगको पीडा , जीवन र आदर्श बोकेको छ ।  शब्द, सङ्गीत र स्वरको संयोजनले श्रोतालाई भावुक बनाउने शैलीमा गीत तयार गरिएको छ । भिडियोमा मोडल विजय गुरुङ र सामिया कार्कीको जीवन्त अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन स्वयं मोडल गुरुङ्गले गर्नुभएको हो, जसले उहाँको बहुआयामिक कलात्मक क्षमता उजागर गरेको छ । गीतका शब्द तथा रचना डा. हरि उप्रेतीको रहेको छ । अन्तर्राष्ट्रिय गीतकार संघ, अमेरिकाका अध्यक्ष तथा चर्चित गीतकार डा. हरि उप्रेती नेपाली गीत संगीत र साहि...
डा. भोला रिजालको गीत ‘अन्धकार पन्छाएर’(भिडियो)

डा. भोला रिजालको गीत ‘अन्धकार पन्छाएर’(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्दरचना रहेको राष्ट्रिय भावले ओतप्रोत गीत ‘अन्धाकार पन्छाएर’ श्रोता÷दर्शकमाझ आएको छ । शिव परियारको स्वर, शंकर थापा स्माइलको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । वीरेन्द्र भाट ‘विपिन’को निर्देशन रहेको गीतको भिडियोमा वरिष्ठ कलाकार रमेश बुढाथोकी, डा. नवीन यादव, विष्णु रोक्का, जयन्त रेग्मी, सुशील श्रेष्ठ लगायतको अभिनय छ । सरला रिजालको प्रस्तुति रहेको भिडियोलाई महेश महाराले छायांकन गर्नुभएको हो भने सम्पादन वीरेन्द्रकै रहेको छ । देशको बर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सार्वजनि भएको गीत निकै शसक्त जागरण गीत रहेको छ । वल्र्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको गीतको भिडियो बिआर प्रोडक्सनमार्फत श्रोता/दर्शकमाझ आएके हो । हामीहरू फुटेर होइन जुटेर अघि बढौ भन्ने धारणाले यो राष्ट्रभावको गीत श्रोता÷दर्शकमाझ ल्याएको डा. र...
‘हाँसिदेउन’ गीतले सबैको खिच्यो ध्यान, चर्चामा गायक चेतन राई

‘हाँसिदेउन’ गीतले सबैको खिच्यो ध्यान, चर्चामा गायक चेतन राई

मनोरन्जन, समाचार
काठमाडौं । गायक तथा संगीतकार चेतन राई अहिले आफ्नो नयाँ गीत ‘हाँसिदेउन’ को कारण चर्चा र प्रशंसाको केन्द्रमा छन्। संगीत प्रेमीहरू र डिजिटल मञ्चमा यो गीतले अत्यधिक मनपर्दो प्रतिक्रिया पाएको छ। गीतमा लोकराज अधिकारीको शब्द, सविर कार्कीको संगीत संयोजन, र चेतन राईको निर्देशन रहेको छ। भिडियोलाई सविन तिमल्सिनाको छायांकन र राज धामीको सम्पादन तथा रंग संयोजनले थप आकर्षक बनाएको छ। भिडियोमा सुजन सुवेदी र ज्योति खड्का को अभिनयले प्रेम र भावनाको जीवन्त प्रस्तुति दिएको छ। चेतनले आफ्नै संगीत र निर्देशन क्षमता प्रदर्शन गर्दै गीतलाई सम्पूर्ण रूपमा आफ्नो कलात्मक छाप दिएका छन्। https://www.youtube.com/watch?v=Tc_jfnROkOA चेतन राईले बताएअनुसार, ‘हाँसिदेउन’ गीत युवा दर्शक र संगीतप्रेमीको मन जित्न सफल भएको छ। यस गीतको सरल तर प्रभावकारी भावनात्मक प्रस्तुति, अभिनय र संगीत संयोजनले सबैको ध्यान खिचेको छ...
संगीतबाट अदालतसम्म : डिजे युवाको दशक लामो संघर्ष र न्यायको फैसला

संगीतबाट अदालतसम्म : डिजे युवाको दशक लामो संघर्ष र न्यायको फैसला

मनोरन्जन, समाचार
काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका चर्चित डिजे युवराज भण्डारी अर्थात “डिजे युवा” पुनः चर्चाको केन्द्रमा आएका छन् ,  तर यसपटक संगीत होइन, एक दशक लामो पीडादायी कानुनी संघर्षमा पाएको ऐतिहासिक जितका कारण। कुनै समय नेपालको सांगीतिक क्षेत्रमा डिजे संस्कृतिलाई नयाँ उचाइमा पुर्‍याउने नाम थियो, युवराज भण्डारी, अर्थात् ‘डिजे युवा’। आकर्षक गेटअप, फरक स्टाइल र ऊर्जाशील प्रस्तुतीका कारण उनले नेपालमा मात्रै होइन, विदेशमा समेत डिजेयिङमार्फत लोकप्रियता कमाए। म्युजिक भिडियोहरूमा उनको अभिनय र व्यक्तित्वले थुप्रै युवायुवतीलाई आकर्षित गर्‍यो। करिब एक दशकसम्म उनी संगीत र डिजे क्षेत्रमा राज गरिरहेका थिए। तर जीवन सधैं एउटै लयमा नचल्दो रहेछ। नेपालमा डिजे संस्कृतिको प्रारम्भिक चरणमै आफ्नो फरक शैली, आकर्षक गेटअप र संगीतप्रतिको मोहका कारण अपार लोकप्रियता कमाएका डिजे ...
नेपाल पुलिस क्लबमा ‘लिटल च्याम्पियन्स नेपाल–सिजन २’ को ऐतिहासिक ग्रान्ड फिनाले

नेपाल पुलिस क्लबमा ‘लिटल च्याम्पियन्स नेपाल–सिजन २’ को ऐतिहासिक ग्रान्ड फिनाले

मनोरन्जन, समाचार
काठमाडौं — नेपालकै एकमात्र चर्चित बाल गायन तथा नृत्य प्रतियोगिता ‘लिटल च्याम्पियन्स नेपाल–सिजन २’ को भव्य ग्रान्ड फिनाले हिजो पौष २९ गते काठमाडौंस्थित नेपाल पुलिस क्लबको सभाहलमा अत्यन्तै भव्य र सफल रूपमा सम्पन्न भएको छ। बालबालिकामा लुकेका प्रतिभा उजागर गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा दर्शक, अभिभावक तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। ब्ल्याक बर्ड इन्टरटेनमेन्ट प्रा.लि. को आयोजनामा सम्पन्न प्रतियोगिताको समग्र नेतृत्व तथा कार्यक्रम निर्देशन संस्थाकी म्यानेजिङ डाइरेक्टर तथा इभेन्ट डाइरेक्टर सबिना श्रेष्ठले गर्नु भएको थियो। उत्कृष्ट व्यवस्थापन, अनुशासित कार्यक्रम सञ्चालन र गुणस्तरीय प्रस्तुतीका कारण यस सिजनको ग्रान्ड फिनाले अत्यन्तै प्रभावशाली बनेको भन्दै उपस्थित सबैले खुलेर प्रशंसा गरेका थिए। कार्यक्रमको होस्टिङ लोकप्रिय तथा ऊर्जावान प...
तबलाबाट समाजसेवासम्मः पं. डा. निशिको च्यारिटी म्यूजिक कन्सर्ट

तबलाबाट समाजसेवासम्मः पं. डा. निशिको च्यारिटी म्यूजिक कन्सर्ट

मनोरन्जन, समाचार
काठमाडौं, विश्वप्रसिद्ध तबला वादक पं. डा. निशिकान्त सोनवलकरको अगुवाईमा आयोजित ‘च्यारिटी म्यूजिक कन्सर्ट शो’ कार्यक्रम काठमाडौंको होटल टिबेट कन्फरेन्स रूममा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा सन्तुरमा युवा कलाकार युवान तोडी, सितारमा इश्वरि खड्का, र तानपुरामा दिनेश खड्काले समागम गरिरहेका थिए। कार्यक्रममा करिब ७५ भन्दा बढी सहभागीहरू उपस्थित थिए। दर्शकहरूले पं. सोनवलकरद्वारा प्रस्तुत उत्तर भारतीय शास्त्रीय तबला एकल प्रस्तुतिको सजीव अनुभव लिएका थिए। उनी द्वारा प्रस्तुत १६ ताल टीन्तालमा आधारित तबला प्रस्तुतिले संगीतको माधुर्य प्रस्तुत गर्नुका साथै शास्त्रीय लय, ताल संरचना र रचनात्मकताका जटिल पक्षहरूलाई व्याख्या गर्दै व्याख्यान प्रस्तुति शैलीमा दर्शक सामु प्रस्ट पारेको थियो। तबलाको प्रस्तुति पश्चात्, जुगलबन्दी  कार्यक्रम भएको थियो, जहाँ युवान तोडीले सन्तुर प्रस्तुत गरे, उ...