राजु शाह निर्देशित ‘जाँड’ आजदेखि देशभरका सिनेमाघरमा
काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा राजु शाहको निर्देशन रहेको चलचित्र ‘जाँड’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत यो चलचित्र आजदेखि सिनेमाघरहरूमा आएको हो । चलचित्रले समाजमा जरा गाडेर बसेका विभिन्न विकृति तथा कुसंस्कारविरुद्ध सशक्त सन्देश दिने निर्माणपक्षले जनाएको छ ।
चलचित्र ‘जाँड’ले मद्यपानका कारण परिवारमा उत्पन्न हुने तनाव, कलह र त्यसले समाजमा पार्ने नकारात्मक प्रभावलाई मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ ।
यसअघि सार्वजनिक भएको चलचित्रको ट्रेलरले जाँड सेवन गर्ने व्यक्तिको व्यवहारले परिवारमा सिर्जना गर्ने समस्याका साथै पत्नी, छोरी र समाजले त्यस्ता व्यक्तिलाई हेर्ने दृष्टिकोणलाई यथार्थपरक ढंगले चित्रण गरेको देखिन्छ । चलचित्रले मद्यपानको लतले पारिवारिक सम्बन्धमा ल्याउने दरारमात्र होइन, नेपाली समाजमा अझै विद्यमान ‘वंश धान्न छोरा नै चाहिन्छ’ भन्ने परम्परागत सोचमाथि पनि ...









