आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

‘तिमी नै तिमी’ भन्दै घरमै भित्राए गायक रमेशले मोडल शिलालाई (भिडियो)

‘तिमी नै तिमी’ भन्दै घरमै भित्राए गायक रमेशले मोडल शिलालाई (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । हालै विवाह बन्धनमा बाँधिएका गायक एवं सङ्गीत व्यवसायी रमेश पाठकले आफ्नो जीवनमा परेका सकारात्मक प्रभाव र महत्वलाई साङ्गीतिक स्वरुप दिएका छन । पाठकको आफ्नै युट्युव च्यानल ‘रमेश पाठक’वाट सार्वजनिक गरिएको म्युजिक भिडिओ ‘तिमी नै तिमी’ मा उनले आफ्नो बिबाह र दुई आत्माको मिलन पछिका असीमित खुशीहरु पोखेका छन् । गायक पाठककै शब्दरचना र सङ्गीतमा रहेको यस युगल गीतमा नारायण डंगोलको सङ्गीत संयोजन, नरेन्द्र वियोगीको मिक्सिङ तथा माष्टरिङ रहेको छ भने पाठकलाई गायनमा सुमना गुरुङले साथ दिएकी छिन् । https://www.youtube.com/watch?v=nokCY_Xge2A&t=1s ‘तिमी नै तिमी’ को भिडिओ राजाराम गिरीको निर्देशन एवं सम्पादनमा तयार भएको हो । जसमा योगेश दाहाल, निमेष गुरागाईं र राजाराम स्वयमको सिनेम्याटोग्राफी रहेको छ । भिडिओमा रङ्ग सम्पादन भने दिनशन शाहले गरेका छन् । केही दृश्य वास्तविक र केही अभिनय रहेको यस ...
सत्यकला वमजनको ‘तिम्रो यादले रोगी बनायो'(भिडियो)

सत्यकला वमजनको ‘तिम्रो यादले रोगी बनायो'(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । गीतकार सत्यकला बमजनले आफ्नो शब्दमा एउटा मर्मस्पर्शी गीत रेकर्ड गराएर म्युजिक भिडियोको साथमा सार्वजनिक गरेकी छिन् । गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘तिम्रो यादले रोगी बनायो’ गीत निकै मार्मिक र गहन छ । गीतमा सत्यकलाले आफ्नो उत्कृष्ट शब्दको साथमा अभिनय पनि गरेकी छिन् । https://www.youtube.com/watch?v=t9b-Rhyr93I बादल थापाको संगीत तथा सुबिन सेन्चुरीको संगीत संयोजन पनि भिडियोमा सत्यकलालाई ज्ञानु नेपाली , कृष्टिना केसी ,आराध्य आरएल डिसी र बिनोद चौलागाईले साथ दिएका छन् ।  बिक्रम चौहानको कथा निर्देशन , मिलन विश्वकर्माको सम्पादन र प्रकाश खड्काको छायांकन रहेको छ यो म्युजिक भिडियो एएमएस ईन्टरटेनमेन्ट नामको युट्यूब च्यानलबाट सार्वजनिक भएको हो । ...
गीतकार लोकराजको‘तिम्रो संसार बेग्लै भयो’ सार्वजनिक(भिडियो)

गीतकार लोकराजको‘तिम्रो संसार बेग्लै भयो’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । प्रसिद्ध गीतकार लोकराज अधिकारीले आफनो ४३ औ जन्मदिनको अबसरमा नयाँ गीतको म्यूजिक भिडियो सार्बजनिक गरेका छन । गीतकार अधिकारीले शनिवार सार्बजनिक गरेको ‘तिम्रो संसार बेग्लै भयो ’ बोलको गीतमा प्रबिण बेडवालको स्वर रहेको छ भने ज्योती प्रकाशको संगीत रहेको छ । मनोहर सुनामले संगीत संयोजन गरेको गीतलाई प्रिज्म रेकर्डिङ स्टुडियोका कृष्ण भान्जाले रेकर्डिङ र स्याम स्बेत रसाईलीले मिक्सीङ मास्र्टरिङ गरेका हुन । https://youtu.be/eRatgxZo37I नेपाली सुगम संगीत र चलचित्रमा गीतलेखेर नाम कमाएका गीतकार अधिकारीले यो गीत पनि सुगम संगीत मनपराउने दर्शक श्रोता बाट मायाँ पाउने आशा गरेका छन् । गीतको भिडियोमा अमेरिका बस्दै आएका प्रतिभाशाली मोडल बिकाश चौहान र अभिनेत्री रुषा न्यौपानेको मुख्य भुमिका छ । अन्तरजातिय प्रेम र बियोगको कथा रहेको म्यूजिक भिडियोमा रमेश खडका सूर्य ओली लगायतको पनि अभिनय छ । उत्सव द...
चलचित्र निर्देशनको यात्रामा आयुष बिसि

चलचित्र निर्देशनको यात्रामा आयुष बिसि

मनोरन्जन, समाचार
काठमाडौँ। रुकुम पश्चिममा ३१ बर्ष अघि जन्मेका यज्ञजंग बि.क. नेपाली चलचित्र क्षेत्रमा आयुष बिसिको नामले परिचित छन्। २०६८ सालमा अभिनयबाट आफ्नो करियर सुरु गरेका आयुष पछिल्लो समय सहायक निर्देशनमा व्यस्त छन्। ठुलो पर्दाको चलचित्र ‘द रिटर्न हिरो’, ‘लाटी’,’वृन्दावन’मा काम गरेको अनुभव संगै नयाँ चलचित्र ‘सायरा’मा अनुबन्ध भएका छन्। उनि पछिल्लो समय धेरै निर्देशकको रोजाइमा पर्न थालेका छन्। उनले थुप्रै भोजपुरी चलचित्रमा पनि सहायक निर्देशकको रुपमा काम गरी सकेका छन्। उनले काम गरेका भोजपुरी चलचित्र जय शम्भु,जान काहे बन गइलु,वन म्यान आर्मी हुन्। उनले दर्जन बढी शर्ट मुभीहरु निर्देशन गरी सकेका छन्। प्रतिभाका धनी यज्ञजंग बि.क. (आयुष बिसि) ले थुप्रै गीत पनी लेखेका छन्। उनले वेब सिरिज निल काँढा र प्रेमबाणी,रेडजोनको कथा पनी लेखेका छन्। उनले थुप्रै गीतमा शब्द कोरेका छन्। उनका थुप्रै गीतहरु रेकर्ड भएर सार्वज...
शिवनको निर्देशनमा युवराजको पन्चेवाजा गीत “नाच्न मन लाउछ”(भिडियो)

शिवनको निर्देशनमा युवराजको पन्चेवाजा गीत “नाच्न मन लाउछ”(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं ।गायक युवराज छन्त्यालले नाच्न मन लाउँछ बोलको गीत सार्वजनिक गरेका छन्। उनले आफ्नै युट्युब च्यानलमार्फत् १२ मिनेट ४९ सेकेन्डको उक्त भिडियो सार्वजनिक गरेका हुन्। सात समुद्र तरेर आको धेरैपछि मायासँग भेट भाको नाच्न मन लाउँछ जस्ता शव्दले बुनिएको गीतले वैदेशिक रोजगारमा रहेकाको मर्म र भावनालाई समेटेको छ। छन्त्याल, जमुना राणा र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा गीत तथा संगीत गायक छन्त्यालकै छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी शिवन पोखरेलले गरेका हुन । https://www.youtube.com/watch?v=5tDhKn2ZAMU गीतको भिडियोमा नवीनश्री, सञ्चिता बोलखे, अमृत श्रेष्ठ, मुना भुर्तेल र बिनो दमहतो एन्ड टिमले अभिनय गरेका छन्। बाग्लुङका लोक गायक छन्त्यालको यसअघि बाजा बजाउँदै,चाइनातिर जाम, लास्टै टेन्सन भो जस्ता सन्देशमूलक गीत सार्वजनिक भइसकेका छन्। ...
सुनिल गुरुङको ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण

सुनिल गुरुङको ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण

मनोरन्जन, समाचार
गितारिस्ट एवम् गायक सुनिल गुरुङको पुस्तक ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण गरिएको छ । शुक्रबार ठमेलमा एक विशेष समारोहबीच वरिष्ठ सङ्गीतकार किशोर गुरुङको प्रमुख आतिथ्यतामा उक्त पुस्तक लोकार्पण गरिएको हो । पुस्तकका लेखक सुनिल गुरुङ, ज्योति घिमिरे, एम शाही, गौरव शर्मा, ओम शाही, विक्रम थापालगायतले पुस्तकको लोकार्पण गर्नुभएको हो । यो पुस्तक गितार सिक्न चाहनेका लागि एकदमै उपयोगी रहेको प्रमुख अतिथिहरूले बताउनुभयो । उहाँहरूले गितार सिक्न चाहनेका लागि यस्तो खालको पुस्तक नेपाली पाठकमाझ नआएकाले यो धेरै उपयोगी हुने बताउनुभयो । सुनिल गुरुङ पुरानो पुस्ताको गायक तथा गितारिस्ट हुनुहुन्छ । उहाँले सन् १९८२ मा स्ट्रिङ्गस ब्याण्ड खोल्नुभएको थियो । यो ब्याण्डमा उहाँसँगै सुमन लामा, सुदेश देवान, निर्मल देवान, गौरव शर्मा र तिलक थापा मगर रहनुभएको थियो । यो ब्याण्डले थुप्रै गीत(संगीत बजारमा ल्याएको छ । ठमेलमा ...
गायक रवि रिमालको“साथी त्यो मेरो चुतीयासाले” (भिडियो)

गायक रवि रिमालको“साथी त्यो मेरो चुतीयासाले” (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । गायक रवी रिमालको नयाँ गित “साथी त्यो मेरो चुतीयासाले” सार्वजनिक भएको छ ।विभिन्न सामाजीक बिषयलाई गित संगितको माध्यमबाट प्रस्तुत गर्न सफल गायक तथा सर्जक रवि रिमालको सार्वजनिक गरीएको गितमा बाल्यकालका यादहरुलाई युवा अवस्थामा सम्झाउने कोसिस गरिएको छ । आफ्नो बाल्यकालको सम्झनाका तिता मिठा क्षणहरुलाई कथावस्तु बनाएर प्रस्तुत गरिएको गीतमा गायक  रिमालको स्वर, शब्द, संगीतसंगै भिडियोमा पनि उनकै कथा, प्रस्तुती र निर्देशन रहेको छ भने एरेन्ज भुपेन्द्र बज्राचार्य, अभिनय कुशल सिग्देल, केशिका सिग्देल, राजकुमार सिग्देल, सागर पोख्रेल, निशान न्यौपानेको रहेको छ । https://www.youtube.com/watch?v=V4MpMFoPmFU नवलपुर र त्यस वरीपरीको क्षेत्रमा सम्पन्न गरिएको यस भिडियोमा सतिस राईको छाँयाकन, सजिन महर्जनको सम्पादन रहेको छ ।डेढ दशक लामो सांगितिक यात्राामा निरन्तर लागि परेका गायक रिमाल पछील्लो समय थ...
लामो अन्तरालपछी गम्भीर र गजितको सहकार्य, साथमा  सामारिका(भिडियो)

लामो अन्तरालपछी गम्भीर र गजितको सहकार्य, साथमा सामारिका(भिडियो)

मनोरन्जन, समाचार
काठ्मान्डाै। गायक राजेश पायल राईको स्वरमा 'काली काली' बोलको नयाँ गीत सार्बजनिक भएको छ। टी.एन आचार्यको शब्द रहेको गीतमा लक्ष्मण पोख्रेलले संगीत भरेका छन। गीतमा गजित बिष्ट, गम्भीर बिष्ट र मोडल सामारिका ढकाल फिर्चड छन। गजित र गम्भीर दुवै चल्तीका निर्देशक तथा काेरियाेग्राफर हुन ।गजितले चलचित्रमा समेत काम गरिसकेका छन। सम्बन्धले यी दुई दाजुभाइ पनि हुन। लामो अन्तरालपछि दुई दाजुभाइले एउटै गीतमा कम्मर मर्काएका छन। https://youtu.be/DjLitQlOc70 लामो समयपछी गजित र गम्भीरले सहकार्य गरेको रोमान्टिक डान्सिङ भिडियोलाई निर्देशक सुरेन्द्र बसेलले निर्देशन गरेका हुन। टी.एन आचार्यले नै निर्माण गरेको गीतलाई बिकास नेपालले कोरियोग्राफी गरेका छन। 'द प्रिमियर प्रोडक्सन' बाट सार्बजनिक भएको भिडियाेमा अशोक थापाको एरेन्ज, मनोज दङ्गाेलको मिक्सिङ र दिनेश पराजुलीको सिनेमाटाेग्राफी रहेको छ। ...
सुदिक्षा वज्राचार्य र उषा हमाललाई यो वर्षको ‘मिस एण्ड मिसेस व्यूटिफुल’को उपाधी

सुदिक्षा वज्राचार्य र उषा हमाललाई यो वर्षको ‘मिस एण्ड मिसेस व्यूटिफुल’को उपाधी

मनोरन्जन, समाचार
काठमाडौं । दक्ष ईन्टरनेशनलको आयोजनामा यस वर्षको ‘एन प्लस प्रोफेसनल मिस एण्ड मिसेस व्यूटिफुल नेपाल’को ग्राण्ड फिनाले भव्य रुपमा सम्पन्न भएको छ । पूर्व मन्त्री जिवन राम श्रेष्ठको प्रमुख आतिथ्यता तथा पूर्व मन्त्री भगवती चौधरीको विशेष आतिथ्यतामा आयोजित उक्त प्रतियोगितामा यस वर्षको एन प्लस प्रोफेसनल मिस एण्ड मिसेस व्यूटिफुल नेपालको मिस तर्फकी काठमाडौंकी सुदिक्षा वज्राचार्य वन्न सफल भईन वज्राचार्यले उपाधी सहित मस्ट पंक्च्यूल तथा मस्ट टैलेन्ट टाईटल समेत जित्न सफल भईन भने मिसेस तर्फ पर्वतकी उषा हमालले मस्ट पपुलर र वेष्ट पर्सनालिटी सहित उपाधी जित्न सफल भईन । यसै गरि अन्य टाईटल जित्नेमा मिस तर्फ सन्तोषी रावल फस्ट रनर अप सहित मस्ट पपुलर तथा वेष्ट हेयर, विष्णु गुरुङ्ग, सेकेण्ड रनर अप तथा वेष्ट डान्सर, आर्जू खड्का थर्ड रनर अप तथा वेष्ट स्किन , माया बुढाथोकी भ्यूवर च्वाईस तथा वेष्ट स्माईल,सृष्टि ढकाल व...
एएनपी मिडिया हाउसको आयोजनामा ५ औं ‘लिटिल प्राईड अफ नेपाल’ सम्पन्न

एएनपी मिडिया हाउसको आयोजनामा ५ औं ‘लिटिल प्राईड अफ नेपाल’ सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौं । एएनपी मिडिया हाउसको आयोजनामा यस वर्षको लिटिल प्राईड अफ नेपाल सम्पन्न भएको छ । राष्ट्रिय नाचघरको हलमा आयोजित भव्य समारोहकावीच लिटिल प्राईड अफ नेपालको ५ औं संस्करण सम्पन्न भएको हो । उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्र–छात्राहरुले ७ हप्ताको नृत्य, गायन र अभिनय गरि फरक फरक ३ विधामा दक्ष प्रशिक्षकबाट तालिम प्राप्त गरि कार्यक्रमको फिनालेका दिन आ आफ्नो प्रस्तुती दिएका थिए । काष्ठमण्डप टेलिभिजन र लिटिल प्राईड अफ नेपालको फेसबुकबाट प्रत्यक्ष प्रशारण भएको थियो ।प्रतियोगीताको नृत्य तर्फ कोरियोग्राफीमा सन्दीप भुजेल, गायन तर्फ गायक कृष्ण भट्टराई र अभिनय तर्फ कलाकार नमुना दाहालले तालिम दिएका थिए । शम्भु प्रसाद रेग्मीको संयोजन र लोमश बहादुर कार्कीको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा प्रनीमा दाहालले कार्यक्रम संचालन गरेकी थिईन् ।आयोजक संस्था एएनपी मिडिया हाउसका प्रमुख तथा कार्यक्रम व्यबस्...