काठमाडौं । एएनपी मिडिया हाउसको आयोजनामा यस वर्षको लिटिल प्राईड अफ नेपाल सम्पन्न भएको छ । राष्ट्रिय नाचघरको हलमा आयोजित भव्य समारोहकावीच लिटिल प्राईड अफ नेपालको ५ औं संस्करण सम्पन्न भएको हो । उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्र–छात्राहरुले ७ हप्ताको नृत्य, गायन र अभिनय गरि फरक फरक ३ विधामा दक्ष प्रशिक्षकबाट तालिम प्राप्त गरि कार्यक्रमको फिनालेका दिन आ आफ्नो प्रस्तुती दिएका थिए । काष्ठमण्डप टेलिभिजन र लिटिल प्राईड अफ नेपालको फेसबुकबाट प्रत्यक्ष प्रशारण भएको थियो ।
प्रतियोगीताको नृत्य तर्फ कोरियोग्राफीमा सन्दीप भुजेल, गायन तर्फ गायक कृष्ण भट्टराई र अभिनय तर्फ कलाकार नमुना दाहालले तालिम दिएका थिए । शम्भु प्रसाद रेग्मीको संयोजन र लोमश बहादुर कार्कीको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा प्रनीमा दाहालले कार्यक्रम संचालन गरेकी थिईन् ।
आयोजक संस्था एएनपी मिडिया हाउसका प्रमुख तथा कार्यक्रम व्यबस्थापन संघका अध्यक्ष समेत रहेका कार्कीका अनुसार देशका ख्याती प्राप्त व्यक्तित्वहरुको निर्णायक मण्डलले प्रतियोगीहरुको निर्णायकको भूमिका निर्वाह गरेका थिए । नृत्य तर्फ सुयोग तामाङ्ग, बिमल पासवान तथा गायन तर्फ धनु ग्याङ्गमि, डि. पी. खनाल थिए भने अभिनय तर्फ हरी शरण सुवेदी र राजन चौलागाई (खैराते)को निणार्यक मण्डलले प्रस्तुतीका आधारमा अंक प्रदान गरेका थिए ।

विजेताको नामावली

नृत्य प्रतियोगिताका विजेताहरु (जुनियर गल्र्स)
संकृति सुवेदी: विजेता
आर्यधा अधिकारी: फस्ट रनर अप
गृस्मा गौतम: सेकेण्ड रनर अप
आयुषा विष्ट: र्थड रनर अप
रश्मी नगरकोटी: फोर्थ रनर अप
योजना धमला: फीफ्त रनर अप
आयुना श्रेष्ठ: सिक्थ रनर अप
दिपीका पाठक, अर्जिता पौडेल: मोष्ट पपुलर वीनर
कविना चुडाल: पब्लिक च्वाइस वीनर
एलिजा पौडेल, आकृति रिजाल: मोष्ट एक्टीभ

नृत्य प्रतियोगिताका विजेताहरु (सिनियर गल्र्स)
रिमुन दाहाल: विजेता
सोहा अलि खान: फस्ट रनर अप
समिक्षा थापा मगर: सेकेण्ड रनर अप
एन्जी पुन मगर: थर्ड रनर अप
एर्डिना नेवा: फोर्थ रनर अप
सारीका थापा: मोष्ट पपुलर वीनर
सम्रागी घिमिरे: पब्लिक च्वाइस वीनर

गायन तर्फका विजेताहरु :

प्रान्जल पाण्डे: विजेता
दिप्सना श्रेष्ठ: फस्ट रनर अप
सम्राट बोगटी: सेकेण्ड रनर अप
अर्दिका सिंह: मोष्ट पपुलर वीनर
सदिक्क्षा थापा: पब्लिक च्वाइस वीनर

अभिनय प्रतियोगिका विजेताहरु :
सदिक्षा शर्मा: विजेता
प्रागी तिमल्सीना: फस्ट रनर अप
अनुपम घिमिरे: सेकेण्ड रनर अप
अनुपम घिमिरे: मोष्ट पपुलर वीनर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here