आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

लामो अन्तरालपछी गम्भीर र गजितको सहकार्य, साथमा सामारिका(भिडियो)

काठ्मान्डाै। गायक राजेश पायल राईको स्वरमा ‘काली काली’ बोलको नयाँ गीत सार्बजनिक भएको छ। टी.एन आचार्यको शब्द रहेको गीतमा लक्ष्मण पोख्रेलले संगीत भरेका छन। गीतमा गजित बिष्ट, गम्भीर बिष्ट र मोडल सामारिका ढकाल फिर्चड छन। गजित र गम्भीर दुवै चल्तीका निर्देशक तथा काेरियाेग्राफर हुन ।गजितले चलचित्रमा समेत काम गरिसकेका छन। सम्बन्धले यी दुई दाजुभाइ पनि हुन। लामो अन्तरालपछि दुई दाजुभाइले एउटै गीतमा कम्मर मर्काएका छन।

लामो समयपछी गजित र गम्भीरले सहकार्य गरेको रोमान्टिक डान्सिङ भिडियोलाई निर्देशक सुरेन्द्र बसेलले निर्देशन गरेका हुन। टी.एन आचार्यले नै निर्माण गरेको गीतलाई बिकास नेपालले कोरियोग्राफी गरेका छन। ‘द प्रिमियर प्रोडक्सन’ बाट सार्बजनिक भएको भिडियाेमा अशोक थापाको एरेन्ज, मनोज दङ्गाेलको मिक्सिङ र दिनेश पराजुलीको सिनेमाटाेग्राफी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *