गायक युवराज छन्त्यालको ‘छन्त्याल परे म त’ सार्वजनिक(भिडियो)
काठमाडौै । काठमाडौं । आफ्नो पहिचान कस्लाई प्यारो हुदैन र ? तर पहिचान मात्रै भन्ने भन्दा पनि आफ्नो पहिचानलाई फैलाउनु महत्त्वपूर्ण कुरा हो । यही काममा लागेका छन् गायक युवराज छन्त्याल । उनले एउटा गीत निकालेका छन । जसको बोल छ,”छन्त्याल परे म त” ।
मेला महोत्सवमा घन्किने प्रकारको यो गीतलाई लिएर युवराज उत्साहित पनि छन । लामो समय यता गीत संगीतमा मेहनत गर्दै आएका युवराजले एक दर्जन बढी गीतका शब्द लेख्दै स्वर भरेका छन । “बजाउँदै पञ्चे बाजा” बोलको गीतबाट उनले मौलिक गायकको अवार्ड पाएका छन । त्यस्तै उनको अर्को गीत “पैसा वाला हेर्छन्” बाट बेस्ट लोकदोहोरी कम्पोजर नोमिनेसनमा परेको थियो । त्यस्तै यही गीत कि अर्की गायिका जया छन्त्यालले पनि दर्जनौं गीत गाएकी छन ।
https://youtu.be/cSUsue1fxPs
सरिता छन्त्यालले त झन २,३ वटा एल्बममा नै स्वर भरेकी छन । भने यी गीतको शब्द संगीत युवराज कै रहेक...









