प्रिया कार्कीको विजय : उपाधिभन्दा माथि उठेको सामाजिक सोचको सन्देश
काठमाडौं । परम्परागत सौन्दर्य प्रतियोगिताको परिभाषालाई नयाँ दृष्टिकोण दिँदै, सामाजिक चेतना र उत्तरदायित्वको सशक्त स्वरूप प्रस्तुत गर्न सफल प्रिया कार्की ‘मिसेस ब्युटिफुल नेपाल २०२५’ को ताजसँगै परिवर्तनको प्रेरक प्रतीकका रूपमा उदाएकी छन्।
दक्ष इन्टरनेशनलको आयोजनामा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रस्तुति सहित सहभागी भएकी कार्कीले बेस्ट फोटोजेनिक, बेस्ट पर्सनालिटी तथा भिवर्स चोइस अवार्ड जस्ता उपाधिहरू जित्दै ‘मिसेस ब्युटिफुल नेपाल २०२५’ को प्रमुख उपाधि प्राप्त गरेकी हुन्। ताजसँगै उनलाई सम्मानपत्र, विशेष गिफ्ट ह्याम्पर तथा सामाजिक अभियानमा सहभागिताको अवसर पनि प्रदान गरिएको छ।
सामाजिक अभियानमा अग्रणी नेतृत्व
प्रिया कार्की लामो समयदेखि बालविवाहको विरोध, महिला सशक्तिकरण, र शिक्षामा पहुँच जस्ता विषयमा निरन्तर क्रियाशील छिन्। ग्रामीण क्षेत्रका किशोरीहरूमाझ शिक्ष...









