गायीका त्रिप्ती खड्का गुरुङको स्वरमा सजिएको नयाँ तीज गीत ‘यसपालीको तीजमा माईतिघर जाने हो’ सार्वजनिक भएको छ।
गीतका शब्द होम बहादुर घलेले लेखेका हुन्, जसका सरल र भावनात्मक शब्दहरूले नेपाली चेलीको मन र संस्कृतिलाई उजागर गरेका छन्। गीतमा संगीत र मिक्सिङ विजय गुरुङको छ भने एरेन्जमेन्ट नरेश पाण्डेले गरेका छन्। उच्च गुणस्तरीय अडियो तयारी सारेगम स्टुडियोमा सम्पन्न गरिएको हो।
गीतको भिडियोमा जुना कार्कीले अभिनय गरेकी छन्। गाउँघरको परिवेश, चेलीको भाव र सामाजिक सन्देशलाई आत्मीयतापूर्वक प्रस्तुत गर्न उनले सफल अभिनय गरेकी छन्।
सामाजिक, पारिवारिक र सांस्कृतिक भावनालाई उजागर गर्ने यस गीतले दर्शक–श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। तीजको मौसममा मात्र होइन, सधैं सुनिरहन सकिने नेपाली लोकगीतको रूपमा यो गीत स्थापित हुने अपेक्षा गरिएको छ।
