आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

सङ्गीतिक प्रस्तुतिसहित मनाइयो अम्बर गुरुङको ८३औं जन्म जयन्ती

सङ्गीतिक प्रस्तुतिसहित मनाइयो अम्बर गुरुङको ८३औं जन्म जयन्ती

मनोरन्जन, समाचार
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले फाल्गुण १४ गते प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति एवम् राष्ट्रगानका सङ्गीतकार सङ्गीतज्ञ अम्बर गुरुङको ८३आँै जन्म जयन्तिका अवसरमा सङ्गीतिक प्रस्तुति सहितको कार्यक्रमको आप्mनै कार्यालय परिसर, बालुवाटारमा आयोजना गरेको छ । प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनले सभापतित्व गर्नुभएको कार्यक्रम स्व. अम्बर गुरुङको तस्विरमा माल्यार्पणगरी शुभारम्भ गरिएको थियो । स्वागत मन्तव्यदिने क्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले स्व. अम्बर गुरुङ धेरै चिनारी भएका एउटा व्यक्तित्व हुनुहुन्थ्यो भन्नुभयो । बोल्ने क्रममा उहाँले अम्बर गुरुङलाई आप्mनो जीवन नै सङ्गीतका माध्यमबाट राष्ट्रका लागि समर्पित गर्ने एक विशिष्ट व्यक्तित्वका रुपमा चित्रित गर्नुभयो । उहाँले सङ्गीतवद्ध गरेका माया प्रेमका गीतदेखि राष्ट्रिय भावले ओतप्र...
‘क्रियटिभ दिभा’ को लागी आबेदन खुल्ला

‘क्रियटिभ दिभा’ को लागी आबेदन खुल्ला

मनोरन्जन, समाचार
फरक अबधारणाका साथ आयोजना हुन लागेको ‘क्रियटिभ दिभा’ को लागी आबेदन खुलेको छ ।प्लानेट मल्टीमेडिया ईन्टरनेशनलको आयोजनामा प्रदेश नं १ दमकबाट सुरु गर्न लागिएको कार्यक्रम ‘क्रीयटिभ दिभा’को सम्पूर्ण पूर्व तयारी सकिएको छ ।नेपालमै पहिलो पटक हुन लागेको यो कार्यक्रममा फरक प्रस्तुती मात्र रहदैंन, तीन बिधालाई एउटै कार्यक्रममा फरक फरक प्रस्तुती रहने गरी एउटै मञ्चमा प्रतिस्प्रर्धा गराईनेछ । फेशन र मोडलिङसँग सम्बन्धित तीन बिधा सौन्दर्य कर्मि, (मेक अप आर्टिस्ट), फेशन डिजाईनर र मोडल (र्याम्प मोडेल) हरुको आफ्नो प्रतिभा प्रस्तुती एकै समय एउटै मञ्चबाट गराईनेछ । तीन फरक बिधालाई संयोजन गरी एउटै मञ्चमा प्रस्तुत गर्न लागिएको यो पहिलो कार्यक्रम भएको कम्पन्री प्रमुख तथा प्रोग्राम डिरेक्टर मोनित महर्जनले बताउनु भयो । कार्यक्रम निकै मनोरञ्जनत्मक हुने अनि भब्य हुनुका साथै सहभागिहरुले आफ्नो क्षेत्रमा एक कदम अघी बढन मद्...
साधना म्युजिक अवार्डको उत्कृष्ट पाँचलाई मनोनयन प्रमाणपत्र प्रदान

साधना म्युजिक अवार्डको उत्कृष्ट पाँचलाई मनोनयन प्रमाणपत्र प्रदान

मनोरन्जन, समाचार
सामना क्रियशनको आयोजनामा भएको दोस्रो साधना म्युजिक अवार्ड २०७७ को उत्कृष्ट पाँचभित्र परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यतामा प्रमाणपत्र प्रदान गरिएको हो । विभिन्न ३० विधामा आयोजना भएको उक्त अवार्डमा आधुनिक, लोक, पपलगायतका विधाका स्रष्टाहरूको उपस्थिति रहेको थियो । मनोनयनको प्रमाणपत्र लिने उक्त कार्यक्रममा गायक रामजी खाँड, पुष्कल शर्मा, कस्तुप पन्त, नेत्र भण्डारी, कोरियोग्राफर काजिस श्रेष्ठ, मोडल सनम कठायत, चिरञ्जीवी सापकोटा, पिएन सापकोटा, शिशिर पौडेल, टीका जैसी, उषा सुवेदी, लक्ष्मी कार्की, गायिका सञ्जु न्यौपाने, रितु तामाङ, सङ्गीतकार सन्तोष श्रेष्ठ, एरेन्जर राकेश सोनी, निर्देशक माधव खरेल, जीवन शाही,  देवेन्द्र पाण्डे बहिरा कलकार सुजल बमलगायतको उपस्थिति रहेको थियो...
पैयूँ कला प्रतिस्ठानद्वारा पालिका स्तरिय नृत्य प्रतियोगिता एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न

पैयूँ कला प्रतिस्ठानद्वारा पालिका स्तरिय नृत्य प्रतियोगिता एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न

मनोरन्जन, समाचार
‘संस्कृतिमा बिविधता, बिविधतामा एकता’ भन्ने मूल नारासहित दक्षिण पर्वतको पैयूँ कला प्रतिस्ठानले पालिका स्तरिय नृत्य प्रतियोगिता एवम् विविध सांस्कृतिक कार्यक्रम पैयूँ गाउँपालिका-४ पर्वतमा सम्पन्न गरेको छ । उक्त कार्यक्रमको पालिकाका अध्यक्ष खगेंद्र प्रसाद तिवारीले उद्घाटन गर्नुभएको थियो । पालिकाका अध्यक्षले समाजमा सचेतना फैलाउन तथा कला संस्कृति जगेर्न एवम् प्रवद्र्धन ग़र्न हर हमेसा प्रतिष्ठान लाई साथ दिने वाचा गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानकै कलाकारहरू द्वारा भजन, राष्ट्रिय भावनाले ओतप्रोत तथा सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थियो । प्रतियोगिताका निर्णयक सरिता हिताँग (बविता) ले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन गगन कान्छो ‘पर्वत’ र समीर हिताँग (राजू)ले गर्नुभएको थियो भने कार्यक्रमको ब्यवस्थापनमा मनोज सुनुवारले गर्नुभएको प्रतिष्ठानका अध्यक्ष गोविन्द प्रभातले जानकारी गराउनु भयो । ...
लोकप्रिय हाँस्यकलाकार गोपाल ढकाल ‘छन्दे’ सम्मानित

लोकप्रिय हाँस्यकलाकार गोपाल ढकाल ‘छन्दे’ सम्मानित

मनोरन्जन, समाचार
काठमाडौंमा उपन्यासकार दिलु सिप्तुङ्खा राई द्वारा लिखित उपन्यास 'प्रेमको लालपुर्जा' को नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले लोकार्पण गर्नु भयो । कार्यक्रम सहयात्री दर्पण नेपालका अध्यक्ष गोबिन्द कडेल आँसुको अध्यक्षतामा सप्पन्न भएको थियो । कार्यक्रममा समालोचक तर्कना शर्माले 'प्रेमको लालपुर्जा' माथि समीक्षात्मक मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा उपन्यासकार दिलु सिप्तुङ्खा राई ज्यूलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती ज्यू द्वारा सम्मान समेत गरिएको थियो । कार्यक्रममा साहित्यकारहरु डम्बर पहाडी, नन्दु उप्रेती, पुरु लम्साल, दुर्गा तिवारी आदिको उपस्थिति रहेको थियो ।सो कार्यक्रमलाई पत्रकार भगवती तिमल्सिना ज्यू र चर्चित हास्य कलाकार गोपाल ढकाल छन्दे ज्यूलाइ नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती ज्यूको हातबाट विशिष्ट सम्मान गरिएको...
मिस एण्ड मिसेस व्यूटिफुलको ग्राण्ड फिनाले फाल्गुन १५ मा

मिस एण्ड मिसेस व्यूटिफुलको ग्राण्ड फिनाले फाल्गुन १५ मा

मनोरन्जन, समाचार
दक्ष ईन्टरनेशनल प्रालिले हरेक वर्षझैं यस वर्ष पनि अबिबाहित र बिबाहित महिलाहरुका लागि एकै मञ्चमा दुई सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ । मेकअप आर्टिष्ट टेकराज पाण्डेको दक्ष इन्टरटेनमेन्टले आगामी फागुन १५ गते राजधानीमा मिस व्युटीफुल नेपाल र मिसेस व्युटिफुल नेपाल २०२१ आयोजना गर्न लागेको हो । अबिबाहित युवतीहरुबीच हुने स्पर्धा हुने मिस व्युटीफुल नेपाल २०२१ मा राजधानीका विभिन्न स्थानमा बसोवास गर्दै आएका १३ युवतीबीच अन्तिम स्पर्धा हुनेछ । त्यसै गरी मिसेस व्युटीफुुल नेपाल २०२१ मा विभिन्न पेशा र गृहीणी जीवन बिताईरहेका १२ जना बिबाहित महिलाबीच अन्तिम स्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले जानकारी गराए। उनका अनुसार विभिन्न विषयको तालिम र प्रशिक्षणपश्चात पूजा नाथ पुर्णिमा क्षत्री, गीता गुरुङ, सोनिया शाही, अनिता तामाङ, सुष्मिता देव, उषा पौडेल, प्रतीक्षा अधिकारी, मनिषा यादव थाप...
गायक नारायण बाबुको स्वरमा ‘तिम्रो शहर’मा सार्वजनिक(भिडियो)

गायक नारायण बाबुको स्वरमा ‘तिम्रो शहर’मा सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गायक नारायण बाबुको स्वरमा रहेको गीत ‘तिम्रो शहर’मा सार्वजनिक भएको छ । रत्न गुरुङको शब्द रचना विक्रम थापाको सङ्गीत र विष्णु मान्नधरको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/PUCMpE5XZJs जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा रजनी के सी र दृश्य सुबेदीको अभिनय रहेको छ । लाइमलाइट प्रोडक्सनमा बनेको भिडियोमा उत्सव दाहालको छायाँकन र टेकेन्द्र शाहको सम्पादन छ । भिडियोलाई ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । ...
निशान भट्टराईको स्वरमा रहेको गीत ‘देखे सन्ततीले, छलेको कहानी’ सार्वजनिक(भिडियो)

निशान भट्टराईको स्वरमा रहेको गीत ‘देखे सन्ततीले, छलेको कहानी’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
निशान भट्टराईको स्वरमा रहेको गीत ‘देखे सन्ततीले, छलेको कहानी…’ सार्वजनिक भएको छ । टिका भट्टराई नेपालको शब्द, नरेन्द्र प्यासीको सङ्गीत र अमोस तामाङको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । यो गीत ‘प्रिती’ एल्वममा समावेश छ । छोराछोरीले वृद्धाआश्रमसम्म कसरी पुर्‍याउछन् भन्ने कथा गीतमार्फत सन्देश दिन खोजिएको छ । गीतको भिडियोमा बुहारीले बृद्धाआश्रमबाट घरमा फिर्ता लेराएको देखाइएको छ । दिनेश राज शर्माले निर्देशन गरेको गीतको भिडियोमा उत्तम केसी नेपाल, टिका भट्टराई नेपाल, झापाली कान्छा, देवीचरण भण्डारी निर्मला चौलागाई, प्रतिक नेपाललगायतको अभिनय गर्नुभएको छ । https://youtu.be/i-Gd3g_x0FE झापाको कोटीहोम दोमुखा माईधार आसपासमा छायाँकन गरिएको गीतको भिडियोमा सन्तोष राना मगरको छायांकन तथा सम्पादन छ । भिडियोलाई दर्शन प्रोडक्सनको युटुव च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको भिडियोमा न...
तारा अधिकारीको “लाली ओठैमा” सार्वजनिक(भिडियो)

तारा अधिकारीको “लाली ओठैमा” सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । गीतकार तारा अधिकारीको नयाँ गीत लाली ओठैमा को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनौलो तारा युट्युब च्यानलबाट दर्शकमाझ आएको गीतमा स्वरुपराज आचार्य र रचना रिमालको स्वर छ । गीतमा संगीत राजनराज शिवाकोटी र संगीत संयोजन उदयराज पौडेलको छ । ए वान म्युजिसियन रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड भएको हो । गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन् । गीतको भिडियोमा पल शाह, गरिमा शर्मा र कुमार न्यौपानेलाई देख्न सकिन्छ । रमेश थापाको निर्देशनमा तयार भएको भिडियोलाई करण चैसिरको छाँयांकन र सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । म्युजिक भिडियोको चन्द्र बिनायक फिल्म प्रोडक्सनमा पोष्ट प्रोडक्सनको काम गरिएको हो । चपली हाइटका विभिन्न स्थानमा छाँयांकन गरिएको भिडियोमा पल र गरिमाको केमेस्ट्री छ । राजीव समरको उत्कृष्ट कोरियोग्राफी भिडियोमा छ । https://youtu.be/YxRQJ7z42pw यो गीतको भिडियोलाई पनि दर्शक...
युवा गायक आयुष्मानले ल्याए मर्मस्पर्शी गीत ‘मुरली तिरिरी'(भिडियो)

युवा गायक आयुष्मानले ल्याए मर्मस्पर्शी गीत ‘मुरली तिरिरी'(भिडियो)

मनोरन्जन, समाचार
झापा दमकका आशा लाग्दा युवा गायकको रुपमा आफुलाई अगाडि बढाँउदै गरेका गायक आयुष्मान चापागाँईले हालै आफ्नो नयाँ गीत ‘मुरली तिरिरी’ सार्वजनिक गरेका छन । दिपकराज पाठकको प्रस्तुतिमा रहेको गीतमा आयुसमानसंगै सञ्चारकर्मी तथा कलाकार शिशिर भण्डारी र गायिका बेनिशा पौडेलको स्वर पनि रहेको छ । वास्तविक कथाको घटनालाई लिएर बनाइएको भिडियोमा शिशिर भण्डारी, सुनिशा बजगाईं, इशान राउत ‘जिरे’, दिपकराज पाठक, श्रद्धा गौतम र बाल कालाकार अनुरोध भण्डारीको अभिनय रहेको छ । https://youtu.be/w0mGK16adD4 भिडियोमा निर्देशन तथा कोरियोग्राफी सन्तोष राजबाहकको रहेको छ भने छांयाकन ज्ञानेन्द्र शर्मा हुमागाई तथा सम्पादन डिन्सन शाहको रहेको छ । गीतमा शब्द रचना दिपकराज पाठक र शिशिर भण्डारीको रहेको छ भने संगीत पनि भण्डारीले नै दिएका छन । भिडियो नयाँ नयाँ न्यूज नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । ...