बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

लोकप्रिय हाँस्यकलाकार गोपाल ढकाल ‘छन्दे’ सम्मानित

काठमाडौंमा उपन्यासकार दिलु सिप्तुङ्खा राई द्वारा लिखित उपन्यास ‘प्रेमको लालपुर्जा’ को नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले लोकार्पण गर्नु भयो ।

कार्यक्रम सहयात्री दर्पण नेपालका अध्यक्ष गोबिन्द कडेल आँसुको अध्यक्षतामा सप्पन्न भएको थियो ।

कार्यक्रममा समालोचक तर्कना शर्माले ‘प्रेमको लालपुर्जा’ माथि समीक्षात्मक मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा उपन्यासकार दिलु सिप्तुङ्खा राई ज्यूलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती ज्यू द्वारा सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा साहित्यकारहरु डम्बर पहाडी, नन्दु उप्रेती, पुरु लम्साल, दुर्गा तिवारी आदिको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमलाई पत्रकार भगवती तिमल्सिना ज्यू र चर्चित हास्य कलाकार गोपाल ढकाल छन्दे ज्यूलाइ नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती ज्यूको हातबाट विशिष्ट सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *