आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

जग्गाको कित्ताकाट फुकुवा

जग्गाको कित्ताकाट फुकुवा

आर्थिक
भदाै २२ काठमाडाैं । सरकारले जग्गाको कित्ताकाट खुलाएको छ । यसअघि जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध फुकुवा गरी सम्बन्धित कार्यालयहरुलाई परिपत्र समेत जारी गरेको हो । १८ भाद्रमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कित्ताकाट फुकुवा गर्ने मन्त्रिस्तरीय निर्णय गरेकी हुन् । त्यसपछि १९ भाद्रमा भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्र पठाउँदै यसअघि कृषियोग्य जग्गाको खण्डीकरणबारेको पूर्व निर्णयहरु बदर गरिएको पत्र पठाएको थियो । विभागहरुले जिल्ला र स्थानीय तहका कार्यालयहरुलाई परिपत्र जारी गरी कित्ताकाट खुलाइएको जानकारी दिएका थिए । यसअघि कृषियोग्य जमिनको खण्डीकरण रोक्न तत्कालिन भूमि व्यवस्थामन्त्री गोपाल दहितले २०७४ साउनमा कित्ताकाट रोक्ने निर्णय गरेका थिए । कित्ताकाट खोल्नुमा जग्गा कारोबारीहरुको स्वार्थ गाँसिएको बताइएको छ । घरजग्गा व्यवसायलाई बढाएर सर...
जग्गाको कित्ताकाट फुकुवा

जग्गाको कित्ताकाट फुकुवा

आर्थिक, समाचार
सरकारले जग्गाको कित्ताकाट खुलाएको छ । यसअघि जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध फुकुवा गरी सम्बन्धित कार्यालयहरुलाई परिपत्र समेत जारी गरेको हो । १८ भाद्रमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कित्ताकाट फुकुवा गर्ने मन्त्रिस्तरीय निर्णय गरेकी हुन् । त्यसपछि १९ भाद्रमा भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्र पठाउँदै यसअघि कृषियोग्य जग्गाको खण्डीकरणबारेको पूर्व निर्णयहरु बदर गरिएको पत्र पठाएको थियो । विभागहरुले जिल्ला र स्थानीय तहका कार्यालयहरुलाई परिपत्र जारी गरी कित्ताकाट खुलाइएको जानकारी दिएका थिए । यसअघि कृषियोग्य जमिनको खण्डीकरण रोक्न तत्कालिन भूमि व्यवस्थामन्त्री गोपाल दहितले २०७४ साउनमा कित्ताकाट रोक्ने निर्णय गरेका थिए । कित्ताकाट खोल्नुमा जग्गा कारोबारीहरुको स्वार्थ गाँसिएको बताइएको छ । घरजग्गा व्यवसायलाई बढाएर सरकारले कोरोना कहरमा आ...
समयमै मल आयत नगर्ने ठेक्कादारको ठेक्का रद्द,धरौटी जफत

समयमै मल आयत नगर्ने ठेक्कादारको ठेक्का रद्द,धरौटी जफत

आर्थिक
भदाै २२ काठमाडाैं । कृषि मल आयातका लागि ठेक्का पाएका ठेक्कादारले ठेक्का शर्त बमोजिम समयमै मल आयत नगरेको भन्दै सरकारले ठेक्का सम्झौता रद्द गरेको छ। समयमै मल आयात नगर्ने शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलको ठेक्का सम्झौता कृषि सामाग्री कम्पनी लिमिटेडले रद्द गरेको हो। भदौ २० गतेसम्म आयात गरिसक्नु पर्ने मल हालसम्म आायेत नहुँदा कृषक मारमा परेका छन् भने सरकारले बंगलादेशबाट पैँचोमा मल ल्याउने प्रक्रिया अगाडि बढाएको छ। ठेक्का शर्त बमोजिम समयमै मल आयात नगरेपछि ठेक्का रद्द गरी धरौटी रकम जफत गर्ने निर्णय गरेको हो। शैलुङको करिब ४ करोड ८० लाख र होनिकोको करिब ४ करोड ८० लाख रुपैयाँ धरौटी जफत हुनेछ। कृषि सामग्री कम्पनीका अनुसार आर्थिक वर्ष २०७६–७७ को लागि यी दुई कम्पनीले २५–२५ हजार मेट्रिक टन ठेक्का सम्झैता गरेका थिए। कृषि मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कृषि तथा पशुपन्छी मन्त्री घ...
जनता मात्र भाेकै किन ? त्यसैले   राष्ट्रपतिदेखि शिक्षकसम्मको तलब-भत्ता रोक्न बाबुरामकाे प्रस्ताव

जनता मात्र भाेकै किन ? त्यसैले राष्ट्रपतिदेखि शिक्षकसम्मको तलब-भत्ता रोक्न बाबुरामकाे प्रस्ताव

आर्थिक, समाचार
भदाै २२काठमाडौं । पूर्व-प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले राष्ट्रपतिदेखि शिक्षकसम्मको तलब-भत्ता रोक्न प्रस्ताव गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक भाेकाे बालककाे तस्वीर राख्दै उनले उक्त कुरा उल्लेख गरेका हुन् । उनले फेसबुकमा लेखेका छन् : पचासौं लाख अनौपचारिक क्षेत्रमा काम गर्ने र स्वरोजगार श्रमिक तथा गरीबीको रेखा मुनी रहेका परिवारको दैनिक गुजाराको वैकल्पिक व्यवस्था नगरी सरकारले अनन्तकालसम्म लकडाउन/कर्फ्यू लगाउँदै जानु कति उपयुक्त हो? कोरोनाबाट बचे पनि भोकले मर्ने स्थिति आउनु कति डरलाग्दो कुरा हो? सरकारले कि यी वेरोजगार र विपन्न जनतालाई तुरून्तै स्थानीय तह मार्फत नगद/जिन्सी राहतको व्यवस्था गर्नुपर्यो नत्र सुरक्षाका न्यूनतम मापदण्ड कायम गर्दै आआफ्ना व्यवसाय सन्चालन गर्न दिनुपर्यो! आम जनताको जीवनमरणको यो गम्भीर अवस्था नबुझ्नेहरूको घैंट...
केएमसीले सबैभन्दा सस्तो शुल्कमा पीसीआर परीक्षण गर्ने

केएमसीले सबैभन्दा सस्तो शुल्कमा पीसीआर परीक्षण गर्ने

आर्थिक, समाचार, स्वास्थ्य
भदाै २२ काठमाडाैं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले नेपालमै सबैभन्दा सस्तो दरमा पीसीआर परीक्षण गर्ने भएको छ ।केएमसीले सरकारले तोकेको भन्दा १ हजार ९ सय १ रुपैयाँ कम शुल्कमै पीसीआर गर्ने अध्यक्ष डा. सुनिल शर्माले जानकारी दिए । सरकारले अहिले कोरोना परीक्षणका लागि पीसीआर परीक्षण शुल्क ४ हजार ४ सय तोकेको छ । तर, केएमसीले एकै पटकमा २० वटा स्वाब परीक्षण गराउँने संघ सस्थालाई २ हजार ४ सय ९९ र सर्वसाधरणका लागि २ हजार ५ सय ९९ मै पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाएको हो । अध्यक्ष शर्माका अनुसार नेपालमै सस्तो दरमा अस्पतालले कोरोना परीक्षण गरिदिएर सरकारलाई सहयोग गरेको हो ।साउन १ गतेदेखि केएमसीले पीसीआर परीक्षण गर्न थालेको हो । डा. शर्मा भदौ १५ गते अस्पतालको अध्यक्षको रुपमा नियुक्ति भएका हुन् । ...
राज मेकअप स्टुडियोको चाडपर्व लक्षित स्पेशल कोर्ष

राज मेकअप स्टुडियोको चाडपर्व लक्षित स्पेशल कोर्ष

आर्थिक, समाचार
देश कोरोनाले अस्त व्यस्त छ, कोरोना भाईरस संक्रमण रोकथामका लागी भनी सरकारले निषेधाज्ञा जारी गरेको पनि लामै समय भैसकेको छ, यदपि संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । नागरिकको जिवनस्तरमा निकै ठूलो असर परेको छ । दैनिक गुजारा गरेर खानेहरुको अवस्था निकै भयावह बनेको अवस्था छ । नजिकिदै गरेको चाडपर्वमा यसले झन कस्तो असर पार्ने हो हामी सहजै अनुमान लगाउन सक्छौ । तथापी आफ्नो पेशा गरेर खाने व्यबसायीको अवस्था पनि त्यतिकै डरलाग्दो अवस्था बनेकै छ । यसको असर सौन्दर्य व्यबसायीहरुलाई त झनै सोझै देखिन्छ , अन्य व्यबसायले सामान्य कारोवार गर्ने स्थिती भए पनि सरकारले सौन्दर्य व्यबसायलाई संचालन गर्ने अनुमति दिएको छैन । तर पनि केहि यस पेशामा सक्रिय सौन्दर्य व्यबसायी मेक सम्बन्धि ज्ञान लिन ईच्छुकहरुलाई सहज वातावरण बनेपछि तालिम प्रदान गर्ने उद्देश्यले केहि व्यबसायीहरु प्रर्वद्धिन योजनाहरु लिएर आएका छन । यसैको...
बिहान १० देखि ५ बजेसम्म पसल खोल्न पाइने

बिहान १० देखि ५ बजेसम्म पसल खोल्न पाइने

आर्थिक, समाचार
भदौ २१ जनकपुरधाम । सर्लाहीमा निषेधाज्ञालाई खुकुलो बनाई विहान १० देखि अपरान्ह ५ बजेसम्म बजार खोल्न दिइएको छ ।आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई खुकुलो बनाई पसलहरु १० देखि ५ बजेसम्म खोल्न दिने निर्णय गरेको हो । प्रशासन कार्यालयले जिल्लाभर लाग्ने हाटबजार र मेला भने सञ्चालन नहुने, होटल र मदिराजन्य पदार्थ बिक्री गर्ने पसल पनि नखोल्ने निर्णय गरेको छ । उपभोग्य वस्तु र निर्माण सामग्रीको ढुवानी गर्ने साधन सूर्योदयदेखि सूर्यास्तसम्म सञ्चालन गर्न पाइनेछ ।प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार अब सोमबारदेखि आवतजावतमा मात्रै कडाइ गरिने भएको छ । जिल्लामा अत्यावश्यक काममा बाहेक यातायातका साधन भने सञ्चालन हुने छैन । कोरोना भाइरस संक्रमण फैलिन थालेपछि सर्लाहीमा साउन २६ गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको थियो । ...
आज फेरी घट्यो सुनको मूल्य,तोलाको कति पुग्यो ?

आज फेरी घट्यो सुनको मूल्य,तोलाको कति पुग्यो ?

आर्थिक, समाचार
भदाै २१ काठमाडाैं । आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य पनि घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ९६ हजार ४ सयमा कारोबार भएको मुल्य आज तोलामा ३ सयले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ६ सय निर्धारण गरिएको छ । त्यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १३१० रहेको महासंघले जनाएको छ । ...
आज  सुनको मूल्यघट्यो

आज सुनको मूल्यघट्यो

आर्थिक, समाचार
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज ३ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजावी सुन प्रतितोला ९५ हजार ९ रुपैयाँमा कारोबार भएको थियो। चाँदीको भाउ भने बढेको छ । आज चाँदी प्रति तोलामा १० रुपैयाँले बढेर प्रति तोला १३ सय २० रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार चाँदी प्रति तोला १३१० रुपैयाँमा कारोबार भएको थियो । ...
कर तिर्ने म्याद थप्न सरकारसँग चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठको आग्रह

कर तिर्ने म्याद थप्न सरकारसँग चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठको आग्रह

आर्थिक, समाचार
नेपाल चेम्बर अफ कमर्शले कर तिर्ने म्याद थप्न सरकारसँग आग्रह गरेको छ । काठमाडौं उपत्यकासहितका अधिकांश जिल्लाहरुमा अहिले पनि पूर्णरुपमा बन्दाबन्दी भएको भन्दै चेम्बरले बन्दाबन्दी खुलेको मितिबाट कम्तिमा २ महिना म्याद थप्न सरकारसँग आग्रह गरेको हो । चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले राजश्व सचिवलाई पत्राचार गर्दै अहिले राजश्व दाखिला गर्न सक्ने अवस्थामा उद्योगी–व्यवसायी नरहेको बताएका छन् । पहिलेको लकडाउनभन्दा अहिले कडा निषेधाज्ञा गरिएका कारण कर सम्बन्धी सबै कागजात तयार पार्न पनि समय लाग्ने भएकाले समय थपिदिनुपर्ने अध्यक्ष श्रेष्ठको आग्रह छ । निषेधाज्ञाका कारण खातापाताहरु कारोबार स्थलमै रहेको र अहिले कारोबार स्थलमा जान पनि नसकिने अवस्था रहेका कारण कर तिर्न नसकिने अध्यक्ष श्रेष्ठले बताए । सरकारलाई राजश्व तिर्न निजी क्षेत्र सधैं तयार रहेको भन्दै उनले महामारीका बेला व्यवहारिक कठिनाइ भएका ...