आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अपराध

डीएनए परीक्षण गराउन निर्मला पन्तकी आमाले दिइन् रगतको नमुना

डीएनए परीक्षण गराउन निर्मला पन्तकी आमाले दिइन् रगतको नमुना

अपराध, समाचार, समाज
काठमाडौं, पुस- २६ । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले डीएनए परीक्षण गराउन आफ्नो रगतको नमुना दिएकी छन् । निर्मलाको ‘भेजाइनल स्वाब’को डीएनए वास्तविक भए/नभएको पुष्टि गर्न आफूले डीएनए परीक्षण गराउन लागेको उनले बताएकी छिन् । बुधबार रगतको नमुना परीक्षण गराउन महाकाली अञ्चल अस्पतालमा रगतको नमुना संकलन गराईएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले बताएको छ । निर्मलाको हत्या भएको ६ महिना बितिस्क्दा पनि अझैसम्म वास्तविक दोषी पत्ता लाग्न सकेको छैन । अनुसन्धानका क्रममा प्रहरीले तत्कालीन एसपी डिल्लीराज विष्टलगायत शंकास्पद व्यक्तिहरुको डीएनए परीक्षण गरीसकेको छ ।...
डडेल्धुरा सदरमुकामस्थित अमरगढीमा पटकपटक भएका श्रृंखलावद्ध आगलागीका घटनाले स्थानीय आतंकित

डडेल्धुरा सदरमुकामस्थित अमरगढीमा पटकपटक भएका श्रृंखलावद्ध आगलागीका घटनाले स्थानीय आतंकित

अपराध, समाचार, समाज
डडेल्धुरा, पुस- २६ । डडेल्धुरामा विगत केही दिनदेखि पटकपटक भइरहेका भीषण आगलागीका घटनाले स्थानीयवासी आतंकित बनेका छन् । जिल्ला सदरमुकाम अमरगढी नगरपालिकाअन्तर्गतका ५ स्थानमा भएका शृंखलाबद्ध आगलागीका घटनामा नियोजित रुपमै केही समूह सक्रिय भएको शंका गरिएको छ । अमरगढीमा गएका केही दिनहरु भएका आगलागीका घटनाले धेरैजना त्रसित बनेका छन् । यसै महिनाको १३ , १८ , १९ र २२ गते मुख्यबजार आसपासका ५ स्थानमा भएको आगजनीबाट करोडौंको नोक्सान भएको छ । जसले सुरक्षा अवस्थामा चुनौती देखिन थालेको भन्दै स्थानीयवासी आतंकित र त्रासदीपूर्ण बनेका छन् । क्षतीग्रस्त दुर्घटनामा आपराधिक समूहको संलग्नता रहेको भन्दै सुरक्षाको माग राखेका छन । त्यसमा पनि ब्यापारीहरु अझ बढी सशंकित बनेकाले सुरक्षा निकाय र स्थानीय प्रशासनमा दबाबमूलक ज्ञापन पत्र बुझाएका छन् । रहस्यमय रुपमा रहेको आगलागीका घटनाबाट सरकारी तथा निजी...
प्रधानमन्त्री केपी शर्मा ओलीसँग जापानका विदेशमन्त्री तारो कोनोको शिष्टाचार भेट, कोनोले भने कामदार लैजान समस्या छैन

प्रधानमन्त्री केपी शर्मा ओलीसँग जापानका विदेशमन्त्री तारो कोनोको शिष्टाचार भेट, कोनोले भने कामदार लैजान समस्या छैन

अपराध, समाचार
काठमाडौं, पुस- २६ । प्रधानमन्त्री केपी शर्मा ओलीसंग जापानका विदेशमन्त्री तारो कोनोले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेपाल–जापानबीच सिधा हवाई सेवा सञ्चालन गर्ने बिषयमा छलफल भएको छ । जापानी विदेश मन्त्री कोनोले टोकियो र ओशाकामा नेपालसंग सिधा हवाई सेवा सञ्चालनको प्रकृया अगाडि बढेको जानकारी दिएका थिए । त्यसैगरी नेपाली कामदार जापान लैजाने बिषयमा पनि प्रधानमन्त्री ओली र जापानी विदेश मन्त्री कोनोबीच छलफल भएको छ । जापानले नेपालको पूर्वाधार र विकासको क्षेत्रमा नेपाललाई सहयोग गर्ने बचन दिएको भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए । उनले नेपालबाट जापानमा कामदार पठाउने बिषयमा कानुनी अड्नचन नरहेको पनि बताए । भेटमा नेपालमा जापानी पर्यटक भित्र्याउने बिषयमा पनि छलफल भएको थियो । विदेशमन्त्री कोनोल...
फेसबुकमार्फत चिनजान गरी जागिर लगाइदिन्छु भन्दै बोलाएर ४ दिन जबर्जस्ती बलात्कार !

फेसबुकमार्फत चिनजान गरी जागिर लगाइदिन्छु भन्दै बोलाएर ४ दिन जबर्जस्ती बलात्कार !

अपराध, समाचार, समाज
काठमाडौं, पुस-२५ । ईलाका प्रहरी कार्यालय ईटहरीले जबरजस्ती करणीको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार ईहटरी उपमहानगरपालिका–१० का २३ बर्षीय रमेश राईलाई पक्राउ गरिएको हो । प्रहरीले दिएको जानकारी अनुसार राईले फेसबुकमार्फत चिनजान भएकी भोजपुर पावादुम्बाकी एक ३५ बर्षीया महिलालाई जागिर लगाई दिन्छु भनी गत २० गते धरान बोलाएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा धरानमा भेटघाट गरी ईटहरी ल्याएर एक होटलमा राखी २० गतेदेखि २४ गतेसम्म ज्यान मार्ने धम्की दिँदै उनले ती महिलालाई जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ । पीडित महिलाको जाहेरीका आधारमा निज राईलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । पक्राउ परेका राई उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
विचौलियाविरुद्द शुष्मा महराको नेतृत्वमा गठित काठमाडौं मल समन्वय समितिको अपिल

विचौलियाविरुद्द शुष्मा महराको नेतृत्वमा गठित काठमाडौं मल समन्वय समितिको अपिल

अपराध, समाचार, समाज
काठमाडौं, पुस-२५ । राजधानीको मुख्य भागमा रहेको काठमाडौं मल २०६२ सालदेखि सञ्चालनमा आएको हो । नेपाल सरकार सञ्चय कोषको लगानीमा निर्मित भवनलाई प्रख्यात व्यापारिक केन्द्र बनाउन यस मलमा व्यवसाय गरिरहेकाहरुको महत्वपूर्ण योगदान छ । तर, मल सञ्चालनका लागि सञ्चय कोषले स्पष्ट नीति नलिँदा सधैं अन्योलको अवस्था सिर्जना हुने गरेको छ । यसले व्यवसायी सधैं समस्यामा पर्ने गरेका छन् । सरकारको भवनको लाभ यो मलमा पसिना बगाइरहेका व्यवसायी र सरकारलाई नभइ विचौलियाले लिँदै आइरहेका छन् । मल एउटा भवन मात्रै नभइ व्यवसायिक केन्द्र पनि भएकाले यसको आफ्नै प्रतिष्ठा छ । जुन सिधा यहाँ व्यवसाय गरिरहेका ३ सय व्यवसायीहरुसँग जोडिन्छ । उनीहरुले आफ्नो व्यवसायलाई नाफामुखी मात्रै नभइ सेवामुखी समेत बनाएकाले नै एउटा भवन आज आमजनको विश्वासिलो किनमेल केन्द्रका रुपमा सुपरिचित छ । व्यवासाय क्षणिक लाभका लागि मात्रै गरिँदैन । दीर्घका...
वैदेशिक रोजगार कार्यालय ताहचलबाट सात जना विचौलिया प्रहरीको नियन्त्रणमा

वैदेशिक रोजगार कार्यालय ताहचलबाट सात जना विचौलिया प्रहरीको नियन्त्रणमा

अपराध, समाचार
काठमाडौं, पुस- २४ प्रहरीले वैदेशिक रोजगार कार्यालय ताहचलमा सेवाग्राहीलाई हैरानी दिने सात विचौलियालाई मंगलबार नियन्त्रणमा लिएको छ । श्रम स्वीकृति लिन आएका सर्वसाधारणलाई विभिन्न बहानामा दुःख दिएको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको फलाने साँखुका २५ वर्षीय भरत तामाङ, मंगलटारका ३७ वर्षीय दिपु शाह र कोसीपारिका ३५ वर्षीय गणेश तामाङ रहेका छन् । त्यस्तै, भक्तपुर, बोडेका ३६ वर्षीय मनुराज न्यौपाने, मोरङको पट्यारीका २४ वर्षीय पुजन राई, बाफलका २० वर्षीय विकल शाही र २६ वर्षीय राजेश तामाङलाई पनि सेवाग्राहीलाई सास्ती दिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । प्रहरीले यसअघि पनि सोही कार्यालयबाट सेवाग्राहीलाई सास्ती दिँदै आएका विचौलियालाई नियन्त्रणमा लिएको थियो । श्रम, र...
खुर्पा प्रहार गरी छिमेकीको हत्या गर्ने एक युवक पक्राउ

खुर्पा प्रहार गरी छिमेकीको हत्या गर्ने एक युवक पक्राउ

अपराध, समाचार, समाज
पाल्पा, पुस- २४ । पाल्पा जिल्लाको रामपुरमा छिमेकीको हत्या गरी फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । रामपुर नगरपालिका–४ का ५५ बर्षिय भलबहादुर कुमालको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले ३६ वर्षिय मनोज थापालाई पक्राउ गरी सार्वजनिक गरेको छ । थापाले सामान्य विवादमा खुर्पा प्रहार गरी कुमालको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मृतक कुमालकी श्रीमती र ५ छोरा रहेका छन् ।...
१३ वर्षीया बालिका निर्मला पन्तको न्यायको निम्ति झिनो आशा

१३ वर्षीया बालिका निर्मला पन्तको न्यायको निम्ति झिनो आशा

अपराध, समाचार, समाज
काठमाडौं, पुस– २३ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको पाँच महिना बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । हत्याको छानबिन गर्न सरकारले बनाएका कुनैपनि समितिले दोषी पत्ता लगाउन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अब त्यसको जिम्मेवारी आफैंले लिने उद्घोष गरेका छन् । योसँगै निर्मलाले न्याय पाउने झिनो आशा त पलाएको छ तर त्यसका लागि कति समय लाग्छ भन्ने अझै टुंगो लागेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नेक्रममा राखेको भनाइले निर्मला पन्त हत्याकान्डलाई फेरिपनि झक्झकाएको छ । निर्मलाको हत्याकान्डको विषयलाई सरकारले छानबिन गर्न नसकेको भन्दै चर्को आलोचना भएपछि प्रधानमन्त्री ओलीले त्यसको जिम्मा सरकारको भएको भन्दै अनावश्यक हल्ला गर्नुको औचित्य नभएको बताए । निर्मलाकोमात्र होइन, जुनसुकै घटनाको छानबिन गर्ने जिम्मेवारी पनि सरका...
सामाखुसीमा माइक्रोबसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु, चारजना घाइते

सामाखुसीमा माइक्रोबसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु, चारजना घाइते

अपराध, समाचार, समाज
काठमाडौं, पुस– २३ । सामाखुसीमा माइक्रोबसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । सोमबार बिहान ११ः४५ बजे चक्रपथ हुँदै बौद्ध–जोरपाटी चल्ने बा१ज ९७६६ नम्बरको माइक्रोको ठक्करबाट धूम्रबाराही बस्ने ५५ वर्षीया सीता दाहालको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख जेजंग कार्कीले बाटो काट्नेक्रममा ठक्कर दिँदा गम्भीर घाइते दाहालको उपचारकाक्रममा अल नेपाल अस्पताल सामाखुसीमा मृत्यु भएको जानकारी दिए । दुर्घटनामा कोटेश्वर बस्ने सरिता अधिकारी, उनका श्रीमान् सुशील अधिकारी, अल नेपाल अस्पतालमा कार्यरत् नर्स सपना राई र लक्ष्मी सापकोटा घाइते भएका छन् । घाइतेमध्ये सापकोटा गम्भीर भएको कार्कीले बताए । दुर्घटना गराउने माइक्रोबस र त्यसका चालक रामेछापका ४० वर्षीय टंकराज कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस...
लागूऔषध खैरो हेरोइन र चरेससहित सहित एक भारतीय नागरिक पक्राउ

लागूऔषध खैरो हेरोइन र चरेससहित सहित एक भारतीय नागरिक पक्राउ

अपराध, समाचार, समाज
कपिलवस्तु, पुस– २३ । लागूऔषध खैरो हेरोइन र चरेससहित कपिलबस्तु प्रहरीले एक जना २७ वर्षीय भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला थाना शोहरतगढ ग्राम चेतराका मुकेश चौरसिया छन् । चौरसियाको साथबाट प्रहरीले ११ ग्राम खैरो हेरोइन र १० किलो २२ ग्राम चरेश बरामद गरेको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ कृष्णनगरबाट यु पी ५५ आर ७५२० नं.को मोटरसाइकलमा गोरुसिंगेतर्फ जाँदै गरेको बेला चौरसियालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जनाए ।...