शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

अपराध

शिक्षकले नै गरे १७ वर्षीया छात्रामाथि बलात्कार

शिक्षकले नै गरे १७ वर्षीया छात्रामाथि बलात्कार

अपराध
भदाै २३ । बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ ।जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो । पीडित किशोरी बलात्कर भएपछि अर्कैसँग भागेर बिहे गरेको र छ महिनामै छोरी जन्मिएपछि बलात्कार गरेको कुरा बाहिर आएको हो ।सिगासको एक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने १७ वर्षीया ती छात्रालाई सोही विद्यालयमा पढाउने शिक्षक खडक बोहरा, केशव बोहरा र स्थानीय रामबहादुर बोहराले बलात्कार गरेको आरोप लागेको हो । केशव अहिले विद्यालय छोडेर गाउँपालिकामा कार्यरत रहेको बुझिएको छ ।तीनै जनाले ती छात्रामाथि पटकपटक बलात्कार गरेपछि भागेर बिहे गर्न बाध्य बनाएको छात्राका आफन्तले आरोप लगाएका छन् छ महिनामै छोरी जन्मिएपछि किशोरीलाई घरका मानिसले सोधपुछ गर्दा आफूलाई ती व्यक्तिहरुले बलात्कार गरे...
सागर थापासहित पाँच जना खेलाडी निर्दोष ठहर

सागर थापासहित पाँच जना खेलाडी निर्दोष ठहर

अपराध, खेलकुद
भदाै २३ काठमाडौं। मिलेमतोमा खेल (म्याच फिक्सिङ) खेलेको आरोप लागेका नेपाली राष्ट्रिय फुटबल टिमका तत्कालिन कप्तान सागर थापासहिद पाँच खेलाडीलाई सर्वोच्च अदालतले सफाई दिँदै निर्दोष भएको ठहर गरेको छ । न्यायाधीशद्धय डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले गत असार २ गते गरेको फैसलाको सोमबार पूर्णपाठ सार्वजनिक गर्दै खेल मिलेमतोमा खेलेको आरोपमा ६ वर्षअघि पक्राउ परेका कप्तान थापासहित पाँच जनाले सफाई पाएको उल्लेख छ । “आरोपित कसूरबाट सफाई दिने गरी गरेको विशेष अदालतको फैसला मिलेको छ वा छैन र नेपाल सरकारको पुनरावेदनमा जिकिर पुग्न सक्छ वा सक्दैन भन्ने अन्तिम प्रश्नतर्फ हेर्दा संक्षेपमा प्रस्तुत मुद्दामा ती प्रतिवादीले म्याच फिक्सिङको जुन कार्य गरेको भनिएको छ”, पूर्णपाठमा भनिएको छ, “सो राष्ट्रको स्वाभिमान, प्रतिष्ठा र समस्त नेपालीको भावनासँग जोडिएको विषय हुँदा अत्यन्त गम्भीर छ, तर त्यति हु...
गैरपत्रकार व्यक्तिलाई प्रेस कार्ड बनाएर बेच्ने गिरोह पक्राउ

गैरपत्रकार व्यक्तिलाई प्रेस कार्ड बनाएर बेच्ने गिरोह पक्राउ

अपराध
भदाै २२ काठमाडाैं । काेरोना भाइरसको नियन्त्रणका लागि सरकारले जारी गरेको लकडान तथा निषेधाज्ञा बेला सहज रुपमा आवागमन गर्ने भनेर गैरपत्रकार व्यक्तिलाई पनि प्रेस कार्ड बनाएर बेच्ने एक गिरोह पक्राउ परेको छ ।राजधानी काठमाडौंबाट प्रकाशित हुने राष्ट्रियस्तरका पत्रिका, मूलधारका अनलाइन, टिभी र रेडियो तथा अन्य सञ्चारकामाध्यमको नाममा प्रेस कार्ड बनाएर बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला समिति समेतको सहयोगमा महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बागबजारस्थित कालिका डिजाइनबाट एक गिरोहका व्यक्तिलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार उनीहरुले सामाजिक सञ्जाल फेसबूकको विभिन्न म्यासेन्जर ग्रुपमार्फत विभिन्न व्यक्तिहरुसँग सम्पर्क राखेर प्रेस कार्ड बनाइ घरमै गएर बेच्ने गरेका थिए । उनीहरुले त्यस्ता प्रेस कार्डको प्रति कार्ड ५ सय रुपैयाँदेखि २ हजार रुपै...
काठमाडौंको बुद्धनगरमा एक व्यक्ति मृत फेला

काठमाडौंको बुद्धनगरमा एक व्यक्ति मृत फेला

अपराध
भदाै २२ काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित एक सैलुनका सञ्चालक सैलुनभित्रै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा प्रमुख डिएसपी दक्षबहादुर बस्नेतका अनुसार, न्यू मनोकामना हेयर ड्रेसरका सञ्चालक ३७ वर्षीय अशोक ठाकुर सैलुनभित्रै मृत अवस्थामा फेला परेका हुन् । डिएसपी बस्नेतका अनुसार, सोमबार बिहान करिव ९ः१५ मा उनको शव भेटिएको थियो । प्रहरी पुग्दा उनको शैलुनको आधा सटर खुलेको थियो। उनको कुनै कारण आकस्मिक मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।उनको शव पोस्टमार्टमका लागि भक्तपुर अस्पताल दुवाकोट लगिएको छ। ...
चन्द्रागिरिमा आमाबुबामाथि खुकुरी प्रहार, छोरा पक्राउ

चन्द्रागिरिमा आमाबुबामाथि खुकुरी प्रहार, छोरा पक्राउ

अपराध, समाचार
काठमाडौंको चन्द्रागिरि नगरपालिका १ मा आमाबुबामाथि मादक पदार्थ सेवन गरेका छोराले खुकुरी प्रहार गरी घाइते बनाएका छन्। महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार खुकुरी प्रहार गर्ने छोरालाई नियन्त्रणमा लिइएको छ भने घाइतेलाई अस्पताल पुर्याइएको छ। घाइते दम्पती खतरामुक्त रहेको वृत्तले जानकारी दिएको छ। चन्द्रागिरि नगरपालिका वडा नम्बर १ झ्याङ्गाझिटी्मा उक्त घटना भएको हो। ३२ वर्षीय छोरा श्री तामाङले आमाबुबामाथि खुकुरी प्रहार गरी घाइते बनाएका हुन्। बुबा श्याम कुमार तामाङ (५३ वर्ष) र आमा विष्णु तामाङ (४८ वर्ष) सामान्य घाइते भएको प्रहरीले जनाएको छ। ...
एकै दिन तीन बालिकालाई बलात्कार गर्ने लमजुङका ४३ वर्षीय नन्दमान गुरुङ पक्राउ

एकै दिन तीन बालिकालाई बलात्कार गर्ने लमजुङका ४३ वर्षीय नन्दमान गुरुङ पक्राउ

अपराध, समाचार
एकै दिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङले ११/११ वर्षीय दुईजना र नौ वर्षीया एक बालिकालाई कोही नबस्ने गरेको एक घरमा लगेर जबर्जस्ती करणी गरेको अभियोग प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “गुरुङले गत ६ गते तीन जनालाई एकै ठाउँमा बोलाएर ललाईफकाई गरी जबर्जस्ती करणी गरेको र शुक्रबार परिवारको लिखित उजुरीका आधारमा सोही दिन पक्राउ गरिएको हो । सोभन्दा अघि पनि ती बालिकामाथि पटकपटक जबर्जस्ती करणी गर्ने गरेको र परिवारलाई बालिकाले शुक्रबारमात्र जानकारी गराएपछि थाहा भएको प्रहरीले जनाएको छ । पक्राउ गरेलगत्तै आरोपित गुरुङलाई जिल्ला अदालतमा लगेर २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उहाँको भनाइ छ । एघार र नौ वर्षको एउटै परिवारको रहेको प्रहरील...
दुई युवक सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा पक्राउ

दुई युवक सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा पक्राउ

अपराध, समाचार
एक युवतीलाई सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१० का २१ वर्षीय दीपेन्द्र मुखिया र सोही ठाउँका २० वर्षीय दिनेश यादव रहेको प्रहरीले जनाएको छ ।  इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरी अनुसन्धान तथा कारबाही अगाडि बढाएको प्रहरी नायब उपरीक्षक सन्तकुमार जैसवालले जानकारी दिए ।  गत भदौ १३ गते २१ वर्षीया युवतीलाई मुखियालगायत पाँचजना युवकले सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेपछि घटनामा संलग्न दुई पक्राउ गरेको र फरार तीन जनाको खोजी जारी राखेको प्रहरी नायब उपरीक्षक जैसवालले बताए । ...
घरेलु रक्सी उत्पादन गरेको आरोपमा कुवेतमा २ जना नेपाली पक्राउ

घरेलु रक्सी उत्पादन गरेको आरोपमा कुवेतमा २ जना नेपाली पक्राउ

अपराध, समाचार
अवैध रुपमा घरेलु मदिरा उत्पादन गरी विक्री वितरण गरेको आरोपमा कुवेतमा २ जना नेपाली पक्राउ परेका छन् । कुवेतको अहमदी पुलिस स्टेशनबाट खटिएको प्रहरीले महबुला उपमहानगर क्षेत्रको एउटा अपार्टमेन्टमा छापा मारी २ जना नेपालीलाई पक्राउ गरेको हो । कुवेत प्रहरीले उनीहरुले आफू बस्ने कोठामै मदिरा उत्पादन गरी बिक्री वितरण गर्ने गरेका थिए । प्रहरीले पक्राउ परेका नेपालीहरुको कोठाबाट मदिरा उत्पादन गर्न प्रयोग गरिने कच्चा पदार्थ, केही ड्रमहरु र बिक्रीका लागि तयारी अवस्थामा राखिएको मदिरा बरामद गरेको जनाएको छ । मदिराको कारोबार अवैध मानिने कुवेतमा यसअघि पन केही नेपालीहरु घरेलु मदिरा उत्पादन गरेको आरोपमा पक्राउ परेका थिए । ...
रौतहटको हनुमान मन्दिरका पुजारीको हत्या अभियोगमा २ जना पक्राउ

रौतहटको हनुमान मन्दिरका पुजारीको हत्या अभियोगमा २ जना पक्राउ

अपराध, समाचार
रौतहटको हनुमान मन्दिरका पुजारीको हत्या अभियोगमा २ जना पक्राउ परेका छन् । प्रदेश २ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले २ जनालाई रौतहटको बौधीमाई नगरपालिका-७ वडकी बंकुलबाट बुधबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका- १ कुरुनियाका ३६ वर्षीय नरेस भन्ने राम नारस राउत पटेल र सोहो स्थानका २८ वर्षीय बालकुमार पटेल रहेका छन् । ३ भदौको साँझ खाना खाइरहेका बेला पुजारी श्रीराम साहको गोली हानी हत्या भएको थियो । प्रहरीको अनुसन्धानका क्रममा रामनरेसले पुजारीलाई गोली हानेको स्वीकार गरेका छन् । रामनरेसको वुवाले पुजारीसँग रकम सापटी लिएको र उक्त रकम फिर्ता नगर्दा दुवैबीच विवाद हुने गरेको र गाउँमा पनि विभिन्न विषयमा पुजारीसँग विवाद हुने गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए । घटनामा अन्य व्यक्तिको संलग...
सेनाको मुख्यालयका एक सिपाहीले गोली हानेर आत्महत्या गरे

सेनाको मुख्यालयका एक सिपाहीले गोली हानेर आत्महत्या गरे

अपराध, समाचार, समाज
नेपाली सेनाको मुख्यालय जंग्गी अड्डाका एक सिपाहीले गोली हानेर आत्महत्या गरेका छन् । भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका एक सिपाहीले आत्महत्या गरेका हुन् । ड्युटीको समयमा तनहुँ घर भएका ती सिपाहीले ड्युटीमा रहँदा बोकेको बन्दुकले आफ्नो कन्चटमा गोली हानेर आत्महत्या गरेको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले पुष्टि गरे । ‘पेट्रोल पम्पमा ड्युटीमा रहेको समयमा ती सिपाहीले शनिबार बिहान ३ बजे गोली हालेर आत्महत्या गरेका हुन्,’ प्रवक्ता पौडेलले भने, ‘घटनाबारे थप नेपाल प्रहरी र सैनिक प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ ...