आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

२ हजार रुपैयाँमा पीसीआर परीक्षण गर्न निजी ल्याबद्वारा अस्वीकार

२ हजार रुपैयाँमा पीसीआर परीक्षण गर्न निजी ल्याबद्वारा अस्वीकार

समाचार
भदाै २९ काठमाडौं । निजी प्रयोगशालाले प्रति व्यक्ति दुई हजार रुपैयाँमा कोरोना भाइरसको पीसीआर परीक्षण गर्न नसकिने जनाएका छन्। लागत बढी पर्ने भन्दै निजी प्रयोगशाला संचालकले दुई हजार रुपैयाँमा पीसीआर गर्न अस्वीकार गरेका हुन् । दुई हजारमा गरिने परीक्षण कमसल हुने निजी प्रयोगशाला सञ्चालकले निकालेको विज्ञप्तिमा उल्लेख छ। पीसीआर परीक्षण विधि, किट, प्राविधिक व्यक्तिको तलब, पीपीई लगायतका सामग्रीको लागत दुई हजार रुपैयाँभन्दा बढी पर्ने उनीहरूको दाबी छ। दर तोक्ने बेलामा आफूहरूसँग सल्लाह नगरेको उनीहरूको गुनासो छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पीसीआर परीक्षणको दर दुई हजार निर्धारण गर्दै त्यसैअनुसार गर्न आज पत्राचार गरेको थियो। तर निजी प्रयोगशालाले त्यसलाई अस्वीकार गरेका हुन्। सरकारले भने निर्णय नमान्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ। ...
आगामी निर्वाचनलाई ध्यानमा राखेर काम थाल्नुस्ः कमल थापा

आगामी निर्वाचनलाई ध्यानमा राखेर काम थाल्नुस्ः कमल थापा

राजनीति
काठमाडौँ, २९ भदौ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई पार्टीका केन्द्रीय सदस्यले सिद्धान्तमा कुनै हालतमा पनि सम्झौता नगर्न सुझाव दिनुभएको छ । काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यसँग छलफल र अन्तरक्रियाका निमित्त थापाले आज केन्द्रीय कार्यालय धूम्रबाराहीमा बोलाएको अनौपचारिक बैठकमा अधिकांश केन्द्रीय सदस्यले सैद्धान्तिक र वैचारिक पक्षलाई सम्झौता गर्न नसकिनेमा जोड दिनुभएको थियो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजसंस्थासहितको लोकतन्त्र, सनातन हिन्दूराष्ट्र र स्थानीय स्वायत्त शासनमा आधारित सम्बद्र्धनवादको विचारलाई स्थापित गर्न सबैले आआफ्ना ठाउँबाट योगदान दिनुपर्ने आँैंल्याउनुभयो । अध्यक्ष थापाले सङ्गठन केन्द्रित भएर आगामी निर्वाचनलाई ध्यानमा राखी जिल्लाजिल्लामा साङ्गठनिक गतिविधि गर्न नेताहरुलाई आग्रह गर्नुभयो ।बैठकमा पार्टी नेता दीपक बोहोरा, बुद्धिमान तामाङ, राजीव...
१ लाखको कोरोना बीमा गरेकाले अब २५ हजार मात्रै पाउने

१ लाखको कोरोना बीमा गरेकाले अब २५ हजार मात्रै पाउने

समाचार
भदाै २९ काठमाडौं । अब १ लाखको कोरोना बीमा गरेकाले २५ हजार मात्रै पाउने जनाएको छ।आजबाट लागूहुनेगरि बीमा समितिल कोरोना बीमाको मापदण्ड संशोधन गरेको छ ६ सय रुपैयाँ शुल्क र पारिवारिक रुपमा ३ सय रुपैयाँ शुल्क बुझाएर १ लाखको बीमा गरेकाले कोरोना लागेको पुष्टि भएमा अब २५ हजार मात्रै नगद पाउनेछन्। त्यसपछि औषधि उपचारका लागि हुने खर्च बिल भर्पाईका आधारमा मात्रै दिने भएको छ।५० हजारको बीमा गर्नेले पनि कोरोना पुष्टिपछि १२ हजार ५ सय पाउने अधिकारीहरुले जनाएका छन् भदौ २८ अघि बीमा गरेकालाई भने पिसिआर पोजेटिभपछि पूर्ण रकम दिइने जनाइएको छ। बिमा गर्नेको संख्या धेरै भएपछि समितिले आफ्नो मापदण्ड संशोधन गरेको हो। ...
के मन्त्रिपरिषद्‌ले गर्ला कुलमान र वामदेवसम्बन्धी निर्णय?

के मन्त्रिपरिषद्‌ले गर्ला कुलमान र वामदेवसम्बन्धी निर्णय?

राजनीति
भदाै २९ काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।सोमबार मन्त्रिपरिषदको नियमित बैठक बसिरहेको हो। कुलमान घिसिङलाई विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत र वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय हुने बताइए पनि दुवै प्रस्ताव सम्बन्धित मन्त्रालयले नलगेको स्रोतले जानकारी दियो। कुलमानको चार वर्षे कार्यकाल सोमबारदेखि नै सकिएको छ।बैठकले कोरोना महामारीका कारण खुम्चिएको जनजीवन थप सहज बनाउने निर्णय गर्ने सम्भावना छ। ...
१७ सांसद कोरोना सङ्क्रमित

१७ सांसद कोरोना सङ्क्रमित

अन्तराष्ट्रिय, समाचार
भदाै २९ नयाँ दिल्ली । भारतका १७ जना सांसद कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि गरिएको छ ।संघीय संसदको बर्षे अधिवेशन शुरु हुनु अघि परीक्षण गरिएको नतिजा अनुसार उनीहरु सङ्क्रमित भएको सोमबार देखिएको हो । सङ्क्रमित भएकाहरुको सूचीमा सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली सांसदहरु मिनाक्षी लेखी, अनन्त कुमार हज्डी र प्रवेश सहिब सिंहलगायत रहेका छन् । भारतको संघीय संसदको बर्षे अधिवेशन सोमबारदेखि शुरु भएको छ । कोरोनाभाइरसको महामारीका कारण यो अधिवेशन ढिलागरी शुरु गरिएको हो । बैठकमा सहभागी हुँदा कोरोनाभाइरसबाट बच्नका लागि अपनाउनु पर्ने स्वास्थ्य सुरक्षाका सवै उपायहरु अपनाउन अनिवार्य गरिएको छ । स्वास्थ्य निर्देशिका अनुसार सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, हात धुनेलगायतका उपायहरु अबलम्बन गर्न लगाइएको छ । त्यसैगरी सांसदहरुको हाजिरी सोमबार पहिलो दिन एउटा एप मार्फत् गरिएको लोक सभा सचिवा...
तीन हप्ताको निषेधाज्ञापछि पनि किन कम भएन उपत्यकामा संक्रमण?

तीन हप्ताको निषेधाज्ञापछि पनि किन कम भएन उपत्यकामा संक्रमण?

समाचार
भदाै २९ काठमाडाैं । काठमाडौं उपत्यकामा तीन हप्ता लामो निषेधाज्ञापछि पनि कोरोना संक्रमण दरमा कमी आएको छैन। निषेधाज्ञा खुकुलो बनाएपछि उपत्यकामा दैनिक औसत साढे पाँच सय जनामा संक्रमण भेटिन थालेको छ। भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा सरकारले भदौ २३ गते रातिदेखि खुकुलो पारेको थियो। त्यसयताका ६ दिनमा मात्रै उपत्यकामा ३ हजार ३५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारमात्रै उपत्यकामा ५१२ जनामा संक्रमण देखिएको छ। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या जम्मा संक्रमित १२ हजार २७६ पुगेको छ। मन्त्रालयका अनुसार निषेधाज्ञा खुकुलो भएपछि भदौ २८ गते ६२९, भदौ २७ गते ४८४, भदौ २६ गते ६९३, भदौ २५ गते ५६९ र भदौ २४ गते ४७१ जनामा संक्रमण पुष्टि भएको छ। जनस्वास्थ्यविद डा.रवीन्द्र पाण्डे सरकारको रणनीति नै अर्थतन्त्र टाट पल्टाउने तर रोग नियन्त्रण गर्न नसक्ने खालको भएको...
मन्त्रिपरिषद् बैठक जारी, कुलमान र बामदेवबारे के होला निर्णय ?

मन्त्रिपरिषद् बैठक जारी, कुलमान र बामदेवबारे के होला निर्णय ?

राजनीति
भदाै २९ काठमाडौं । मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।प्रधानमन्त्री प्रेस सल्लाहाकार सूर्य थापाले मन्त्रिपरिषद् बैठक साँझ साढे ६ बजेपछि शुरु भएको जानकारी दिएका हुन्। उनले यो नियमति बैठक भनेका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकमा नेकपा सचिवालयले हालै गरेको निर्णय कार्यान्वयनका लागि पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस र विद्युत प्राधिकरणमा प्रमुख कार्यकारी नियुक्तिबारे कुनै निर्णय होला त भन्ने सबैतिर चासो छ। घिसिंगले आफ्नो चार वर्षे कार्यकाल पूरा गरी आइतबार नै विद्युत प्राधिकरणबाट विदा लिइसकेका छन्। तर, उनलाई फेरि सोही पदमा नियुक्ति गर्नुपर्ने जन दबाब भने चर्को छ। सोमबार नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले घिसिंगलाई सरकारले फेरि विद्युत प्राधिकरणको प्रमुख कार्यकारीमा नियुक्ति गर्नेमा आफू आशावादी रहेको भन्दै ट्वीट गरेका थिए। ...
मल नल्याउने २ कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

मल नल्याउने २ कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

समाचार
भदाै २९ काठमाडौं । सरकारले मल खरिद नगर्ने २ ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ।कृषि सामग्री कम्पनी लिमिटेडले सोमबार होनिको मल्टिपल र शैलुङ इन्टर प्राइजेजलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालय समक्ष सिफारिस गरिएको हो। सरकारसँग सम्झौता गरेर रासायनिक मल नल्याएपछि उनीहरुमाथि कारवाही गरिएको हो। यसअघि ती कम्पनीसँगको सम्झौता रद्द गरि धरौटी बापतको रकम सरकारले जफत गरिसकेको छ।यी दुवै कम्पनीले २५/२५ हजार मेट्रिकटन युरिया मल आयात गर्ने सम्झौता सरकारी निकाय (कृषि सामग्री कम्पनी लिमिटेड) सँग गरेका थिए। उक्त सम्झौत अनुसार भदौ २० गते सम्म सबै मल नेपाल भित्रिसक्नुपर्ने थियो। तर, समयमै मल नल्याएपछि किसानलाई समस्या भएको छ। ...
राष्ट्रिय झन्डा जलाइएको गीतका गायक जेल चलान, अन्य ८ जना धरौटीमा रिहा

राष्ट्रिय झन्डा जलाइएको गीतका गायक जेल चलान, अन्य ८ जना धरौटीमा रिहा

अपराध
भदाै २९ काठमाडौं । राष्ट्रिय झन्डा जलाएको दृश्य समावेश म्युजिक भिडियोका गायक जेल चलान भएका छन् । उक्त प्रकरणमा पक्राउ परेका अन्य ८ जना भने धरौटीमा रिहा भएका छन् ।काठमाडौं जिल्ला अदालतले राष्ट्रिय झन्डा जलाएको दृश्य समावेश गीतका गायक ग्याल्जेन दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरका अनुसार अन्य ८ जना भने धरौटीमा रिहा भएका छन् ।पुर्पक्षका लागि जेल चलान भएका तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कीर्तिपुरबाट पक्राउ गरेको थियो । उक्त प्रकरणमा जम्मा ९ जनालाई पक्राउ गरिएको थियो ।‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको ‘देशद्रोही’ शीर्षकको गीतको भिडियोमा राष्ट्रिय झन्डा जलाएको दृश्य समावेश गरिएको थियो । अगस्ट १७ तारिख (भदौ १ गते) युट्युवमार्फत सार्वजनिक उक्त भिडियोको विषयमा व्यापक...
आजदेखि दीर्घरोगका बिरामीको निःशुल्क पिसीआर परीक्षण

आजदेखि दीर्घरोगका बिरामीको निःशुल्क पिसीआर परीक्षण

समाचार
भदौ २९बुटवल । बुटवल उपमहानगरपालिकाले लामो समयसम्म जटिल उपचार गर्नुपर्ने विभिन्न खालका दीर्घरोगका बिरामिको आजदेखि कोरोना परीक्षण निःशुल्क गर्ने भएको छ । नेपाल सरकारबाट तोकिएका क्यान्सर, मृगौलाको डायलाइसिस गर्नुपर्ने बिरामी, मुटु रोग, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाबाट पीडित बिरामीको निःशुल्क पिसीआर परीक्षण गर्ने निर्णय गरिएको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । उपमहानगरपालिकाले यस खालको सुविधा उपमहानगरपालिकाभित्र बसोबास गर्ने नगरवासीलाई प्रदान गर्ने निर्णय गरेको नगरप्रमुख सुवेदीले बताउनुभयो । यो सुविधा लिने सेवाग्राहीले आफू बसोबास गर्दै आएको वडा कार्यालयको सिफारिस र रोगको उपचारका अन्य आवश्यक कागजातसहित आउनुपर्ने व्यवस्था गरिएको छ । यसका लागि उपमहानगरपालिकाका स्वास्थ्य क्षेत्रका कर्मचारीलाई जिम्मेवारी तोकिएको जनाइएको छ । यस खालका बिरामीको स्वाब सङ...