शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

१ लाखको कोरोना बीमा गरेकाले अब २५ हजार मात्रै पाउने

भदाै २९ काठमाडौं । अब १ लाखको कोरोना बीमा गरेकाले २५ हजार मात्रै पाउने जनाएको छ।आजबाट लागूहुनेगरि बीमा समितिल कोरोना बीमाको मापदण्ड संशोधन गरेको छ

६ सय रुपैयाँ शुल्क र पारिवारिक रुपमा ३ सय रुपैयाँ शुल्क बुझाएर १ लाखको बीमा गरेकाले कोरोना लागेको पुष्टि भएमा अब २५ हजार मात्रै नगद पाउनेछन्।

त्यसपछि औषधि उपचारका लागि हुने खर्च बिल भर्पाईका आधारमा मात्रै दिने भएको छ।५० हजारको बीमा गर्नेले पनि कोरोना पुष्टिपछि १२ हजार ५ सय पाउने अधिकारीहरुले जनाएका छन्

भदौ २८ अघि बीमा गरेकालाई भने पिसिआर पोजेटिभपछि पूर्ण रकम दिइने जनाइएको छ। बिमा गर्नेको संख्या धेरै भएपछि समितिले आफ्नो मापदण्ड संशोधन गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *