आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

अफिमसहित पक्राउ परे यि अभियुक्त , प्रहरीले गर्‍यो सार्वजनिक

अफिमसहित पक्राउ परे यि अभियुक्त , प्रहरीले गर्‍यो सार्वजनिक

अपराध
भदाै २९ काठमाडाैं । प्रहरीले बाँकेमा १० किलो लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।दाङबाट बाँकेको कुसुम नाका हुँदै अवैध लागुऔषध बाँके ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले आज बिहान करीब ६.३० मिनेटमा कुसुम बजारबाट उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा पूर्वी रुकुमको पुथाउत्तरगङ्गा गाउँपालिका–८ का ५३ वर्षीय धनबहादुर सेन र दाङ घोराही उपमहानगरपालिका–१९ का २४ वर्षीय वसन्त घर्तीमगर रहेका छन् । उनीहरुलाई जाँच गर्ने क्रममा अफिम बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । उनीहरुबाट झोलाभित्र प्लास्टिकमा राखिएको अवस्थामा एक केजीका दरले बनाइएका १० वटा अफिमका पोका बरामद भएको थियो । आजै जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलनमार्फत लागुऔषध अफिमसहित उनीहरुलाई सार्वजनिक गरेको छ । ...
कोरोनाबाट अति प्रभावित इटलीमा ७ महिनापछि विद्यालय खुले

कोरोनाबाट अति प्रभावित इटलीमा ७ महिनापछि विद्यालय खुले

अन्तराष्ट्रिय
भदाै २९ कोडोग्नो । इटलीको कोरोनाभाइरसबाट अति प्रभावित क्षेत्रमा सात महिनापछि सोमबारदेखि विद्यालयहरु सूचारु भएका छन्।देशको उत्तरी क्षेत्रमा पर्ने यस ठाउँमा त्यसबेला देखि केही समय कोरोनाभाइरसको महामारी उत्कर्षमा पुगेको थियो। यहाँका धेरै बालबालिकाहरुले कोरोनाका कारण हजुरबुवा हजुर आमा गुमाएका छन् भने कतिपयले अन्य आफन्तहरु पनि गुमाएका छन्।विद्यालय खुल्नु लकडाउन पूर्वको अवस्थामा लैजानका लागि महत्वपूर्ण कदम भएको स्थानीय विद्यालयका प्राचार्य सेसिलिया कुगिनीले बताए। ...
कुलमानको पुनःनियुक्तिको माग राख्दै माइतिघरमा प्रदर्शन

कुलमानको पुनःनियुक्तिको माग राख्दै माइतिघरमा प्रदर्शन

राजनीति
भदाै २९ काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्ति गर्नुपर्ने माग राख्दै काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन भएको छ।विभिन्न युवाहरुको समूहले सोमबार साँझ घिसिङको समर्थनमा प्रदर्शन गरेका हुन। राष्ट्रिय झण्डासहित उपस्थिति भएका युवाहरुले सरकार विरुद्ध नारावाजी गरेका थिए। ‘हाम्रा होइन् राम्रा मान्छेलाई नियुक्त गर’, ‘कुलमान जिन्दावाद!’ लगायतका नारा युवाहरुले लगाएका छन्। यसैबीच, बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।आजको बैठकमा सरकारका कामकारवाही लगायतका बारेमा छलफल भएपनि कुलमानको पुनःनियुक्तिबारे उर्जा मन्त्रालयले कुनै प्रस्ताव नपठाएको बताइएको छ। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कुलमानलाई पुनः नियुक्त गर्न माग गरिसकेका छन्। ...
प्रहरीमा संक्रमणको जोखिम बढ्दै जाँदा शान्ति सुरक्षा प्रभावित हुने चिन्ता

प्रहरीमा संक्रमणको जोखिम बढ्दै जाँदा शान्ति सुरक्षा प्रभावित हुने चिन्ता

समाचार
भदाै २९ काठमाडौं । शान्ति सुरक्षाको मूख्य जिम्मेवारी वहन गरिरहेको नेपाल प्रहरीभित्र कार्यरत अधिकृत, जवानहरुमा कोरोना संक्रमण बढ्दै गएपछि शान्ति सुरक्षा प्रभावित हुनसक्ने चिन्ता बढेको छ । प्रहरी प्रधानकार्यालले संक्रमण बढ्दै गएपछि उच्च सर्तकता अपनाउन निर्दैशन दिँदै सो चिन्ता व्यक्त गरेको हो । प्रधानकार्यालय स्रोतका अनुसार संक्रमण बढ्दै गएपछि दुई दिन यता उच्च अधिकृतहरुबीच संक्रमण न्यूनिकरणबारे छलफल भएको छ । यद्यपी गृहमन्त्रालयले सावधानी अपनाउन भने पनि प्रहरीमा पर्याप्त स्वास्थ्य सुरक्षा सामाग्री नहुँदा संक्रमणको जोखिम बढ्दै गएको छ । शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीभित्र संक्रमण जोखिम बढेको प्रहरीको निष्कर्ष छ । कार्यक्षत्रमा खटिएका प्रहरीमा संक्रमण हुँदा व्यारेक नै सिल गर्नुपर्ने, कार्यालयको काम नै बाहिरबाट गर्नुपर्ने र त्यहाँ कार्यरत रहेका भन्दा फरक स्थानबाट डिउटी खटाउनु पर्ने अव...
Brazil’s COVID-19 weekly death toll rises to about 4,000 fatalities

Brazil’s COVID-19 weekly death toll rises to about 4,000 fatalities

अन्तराष्ट्रिय
September 14 Brasilia [Brazil] :The number of coronavirus-related fatalities in Brazil has surpassed 131,600 with about 4,000 deaths registered over the past week, according to the country’s Health Ministry.In the past 24 hours, Brazil confirmed 415 new deaths from COVID-19 and 14,768 new coronavirus cases, the health ministry said on Sunday. Brazil’s total coronavirus death toll now stands at 131,625, while the country’s total number of cases is 4,330,455. A week ago, Brazil’s coronavirus death toll stood at around 127,000. Thus the country has seen a weekly rise of about 4,000 coronavirus-related fatalities.More than 3.5 million people have recovered from COVID-19 in Brazil. Brazil has the second-largest coronavirus death toll of all the countries in the world. It is surpassed on...
काठमाडौं महानगरपालिकाको राजस्व भुक्तानी अव अनलाइनबाट प्रणालीमा हुने

काठमाडौं महानगरपालिकाको राजस्व भुक्तानी अव अनलाइनबाट प्रणालीमा हुने

समाचार
भाद्र २९ काठमाडौं । काठमाडौं महानगरले असोज १ गतेबाट राजस्व प्रणालीलाई अनलाइनमार्फत भुक्तानी हुने प्रणाली थालनी गर्ने तयारी गरेको छ । वडामा कर तिर्ने करदाताले यस प्रणालीबाट आफूले तिर्नु बुझाउनु पर्ने कर, शुल्क तथा दस्तुरको प्रारम्भिक मूल्याङ्कन आफैं गर्न र घरमै बसेर कर तिर्न सक्छन् । यसका यसका लागि आज राष्ट्रिय सभा गृहमा वडा सचिव र राजस्व मुल्याङ्कन गर्ने अधिकारीका लागि अभिमुखीकरण सम्पन्न भएको छ । अभिमुखीकरणमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले भने ,” यो महानगरबासीका लागि खुशीको खवर हो भने कर्मचारीका लागि गौरवको बिषय हो । पैसा तिर्ने करदातालाई कार्यालयमा आएर लामो समयसम्म लाइनमा बस्नु पर्ने अभ्यासले शुशासनको प्रत्याभूत गराउँदैन । हामीले कोविड महामारीकै बीच साउन १ गतेदेखि खर्च लेखाङ्कनलाई सब—नेशनल ट्रेजरी रेगुलाटोरी एप्लिकेसन (सुत्र) मा आधारित बनाइसक्यौं । त्यसपछि भवन नक...
क्याप्टेन विजय लामालाई कोराना संक्रमण

क्याप्टेन विजय लामालाई कोराना संक्रमण

समाचार
भदाै २९ काठमाडाै । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका उनले आइतबार स्वाब दिएका थिए । आइतबार उनको रिर्पोट पोजेटिभ आएको नेपाल एयरलाइन्सका एक वरिष्ठ अधिकारीले जानकारी दिएका छन् । अहिले उनी सोल्टी होटेलमा छन् ।उद्धार उडान शुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीमै क्वारेन्टिनमा राख्दै आएको छ । यसअघि पनि नेपाल एयरलाइन्सका एक दर्जन उडान कर्मचारीमा कोरोना देखिएको थियो । क्याप्टेन लामासँगै ककपिटमा रहेका अर्का क्पाप्टेन समेत संक्रमित भएका छन् । दुबै जना सोल्टीको आइसोलेसनमा रहेको कम्पनीले स्रोतले जानकारी दिएको छ । ...

विवादित ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा

समाचार
भदाै २९ काठमाडाै । स्वास्थ्य सामग्री उपकरण खरिद प्रक्रियालाई लिएर विवादमा परेको ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक सूचना निकालेर ओम्नीलाई एक वर्षका लागि कालोसूचीमा राखेको जानकारी गराएको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले स्वास्थ्य सेवा विभागको सिफारिसमा सोमबारदेखि लागू हुने गरी ओम्नीलाई कालोसूचीमा राखेको जनाएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै स्वास्थ्य सेवा विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन ओम्नी समूहसँग सम्झौता गरेको थियो । विना प्रतिष्पर्धा निकै महँगो मूल्यमा उपकरण खरिदको सम्झौता गरेको भन्दै सरकारको आलोचना भएपछि विभागले ओम्नीसँग भएको उपकरण खरिद सम्झौता रद्द गरेको थियो । विभागले पनि मन्त्रालयले बनाएको कोटेशनभन्दा २० प्रतिशत बढी मूल्य तिरेको स्वीकार गरेको थियो । सरकारले ओम्नीलाई कालोसूचीमा रा...
काठमाडौ उपत्यकामा मात्रै १२ हजार कोरोना सङ्क्रमित

काठमाडौ उपत्यकामा मात्रै १२ हजार कोरोना सङ्क्रमित

समाचार
भदौ २९ काठमाडौँ । काठमाडौ उपत्यकामा मात्र हालसम्म कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको सङख्या १२ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले काठमाडौ उपत्यकामा हालसम्म १२ हजार २४८ जनामा सङ्क्रमण देखिएको बताउनुभयो । देशभरमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ५५ हजार ३२९ पुगेको छ । तिमध्ये १० हजार सङ्क्रमित काठमाडौ जिल्लाका रहेका छन । काठमाडौ जिल्लामा महिला तीन हजार ३०२ र पुरुष छ हजार ७२४ जना रहेका छन् । यस्तै ललितपुरमा एक हजार १९१ जनामा ५४१ महिला र ६५० पुरुष तथा भक्तपुरमा एक हजार ३१ जना सङ्क्रमितमा ४२८ जना महिला र ६०३ पुरुष छन । पछिल्लो पटक बन्दाबन्दी खुकुलो भएसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो । अहिले दैनिक ४०० को हाराहारीमा उपत्यकामा सङ्क्रमित बढ्न थालेका छन् । आजैमात्र उपत्यकामा ५१२ जना सङ्क्रमित फेला परेका छन । काठमाडौमा ४८०...
न्यायपरिषद सदस्य न्यायधीश बन्न नपाउने व्यवस्था गर्न बारको माग

न्यायपरिषद सदस्य न्यायधीश बन्न नपाउने व्यवस्था गर्न बारको माग

समाचार
भदाै २९ काठमाडौं। नेपाल बार एसोसिएसनले राष्ट्रिय भेलाले न्यायाधीश नियुक्ति, सरुवा तथा बर्खास्त गर्नका लागि अलग–अलग मापदण्ड बनाई सार्वजनिक गर्न माग गरेको छ । बारको यही भदौ २५ देखि २८ गतेसम्म देशभरका बार एकाइका पदाधिकारी, पूर्व पदाधिकारीसहितको एक हजार कानून व्यवसायीको भर्चुअल भेलाले न्यायपालिकालाई प्रभावकारी र पारदर्शी बनाउन सो माग गरेको हो । “न्याय परिषद्का सदस्य सेवानिवृत्त भइसकेपछि न्यायाधीश नियुक्त भएर जान नहुने कुराको सुनिश्चितताका लागि अब आइन्दा न्याय परिषद्को सदस्य सिफारिस गर्न पूर्व सिफारिस गरिने कानून व्यवसायीसँग न्यायिक नियुक्तिमा नजाने कुराको सो घोषणा गराई सोको अभिलेख राखेर मात्र सिफारिस गर्न यो भेला सम्बन्धित सरोकारवालासँग अनुरोध गर्दछ”, भेलाले तयार गरेको मागपत्रमा उल्लेख छ । भेलाले बार र प्रधानमन्त्रीद्धारा न्याय परिषद्को सदस्यमा सिफारिस भई जाने कानून व्यवसायीसम्बन्धी माप...