आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडी, रोनाल्डो दोस्रो स्थानमा (सर्वाधिक कमाउने १० खेलाडीको सूचीसहित)

मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडी, रोनाल्डो दोस्रो स्थानमा (सर्वाधिक कमाउने १० खेलाडीको सूचीसहित)

खेलकुद
भदाै ३० एजेन्सी।अर्जेन्टिनी स्टार एवं बार्सिलोनाका कप्तान लियोनल मेस्सी सन् २०२० मा सर्वाधिक कमाउने खेलाडी बनेका छन् ।फोर्ब्स म्यागजिनले सोमबार सार्वजनिक गरेको सूची अनुसार अर्जेन्टिनाका मेस्सी सर्वाधिक कमाई गर्ने फुटबलर बनेका हुन् । मेस्सीले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका हुन् । गत वर्ष पोर्चुगिज रोनाल्डो सर्वाधिक कमाउने खेलाडी रहेका थिए ।फोर्ब्सको सूची मेस्सीको कमाई १ सय २६ मिलियन अमेरिकी डलर रहेको छ । रोनाल्डोको १ सय १७ मिलियन डलर रहेको छ । यस्तै पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमार ९६ मिलियन डलरसहित तेस्रो स्थानमा रहेका छन् ।पीएसजीकै युवा स्टार फ्रान्सका केलियन एमबाप्पे पहिलो पटक सूचीको चौंथो स्थानमा परेका छन् । एमबाप्पेको कमाई ४२ मिलियन अमेरिकी डलर रहेको छ । लिभरपुलका मोहमद सलाह ३७ मिलियन अमेरिकी डलर सहित पाँचौं स्थानमा रहेका छन् । यस्तै ३४ ...
आन्तरिक उडान र लामो दुरीका यातायात असोज ५ देखि खुलाउने सरकारको निर्णय

आन्तरिक उडान र लामो दुरीका यातायात असोज ५ देखि खुलाउने सरकारको निर्णय

समाचार
भदाै २९ काठमाडाैं। सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दुरीका सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना महामारीका कारण रोकिएको आन्तरिक उडान र लामो दुरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। कोरोना भाइरसको महामारीको त्रासकाबीच दशैँ तिहारजस्ता चाडबाड सुरू हुनै लाग्दा नागरिकस्तरबाट लामो दूरीका सवारी साधन के हुने भन्ने चासो बढिरहेका बेला सरकारले सबै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । स्वास्थ्य सावधानीका उपाय अपनाउँदै सवारीसाधन चलाउन दिने भन्ने मापदण्ड सम्बन्धित मन्त्रालयले गर्नेछन् । अन्तर्राष्ट्रिय हवाई उडान र छोटो दूरीका सवारी साधन सञ्चालन भएपनि संक्रमण बढेको भन्दै सरकारले हवाई उडान र लामो दूरीका सवारी साधन सञ्चालन गरेको थिएन । चैत ११ बाट सुरु भएको १ सय २० दिन लामो लकडाउन सरकारले साउन ७ गते...
विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ९४ लाख नाघ्याे

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ९४ लाख नाघ्याे

समाचार
भदाै ३० काठमाडौं । विश्वभर कोरोना संक्रमितको सूची २ करोड ९४ लाख नाघेको छ ।पछिल्लो २४ घन्टामा २ लाख ४० हजार ४ सय ५३ नयाँ संक्रमित थपिएसँगै हालसम्म विश्वमा २ करोड ९४ लाख ३३ हजार ४ सय ७२ संक्रमित पुगेका छन् । त्यस्तै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख ३२ हजार ३ सय ९० पुगेको छ ।पछिल्लो २४ घन्टामा ४ हजार ३ सय २० जनाको मृत्यु भएको छ । हालसम्म संक्रमितमध्ये २ करोड १२ लाख ६४ हजार ९ सय ८१ कोरोना मुक्त भइसकेका छन् । विश्वमा सबैभन्दा धेरै संक्रमित र मृतक अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ६७ लाख ४८ हजार ८ सय ५३ संक्रमित छन् भने १ लाख ९८ हजार ९ सय ७४ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै अमेरिका पछि धेरै संक्रमितमा नेपालको छिमेकी मुलुक भारत रहेको छ ।भारतमा हालसम्म ४९ लाख २६ हजार ९ सय १४ संक्रमित रहेका छन् भने मृतक संख्या ८० हजार ८ सय ८ जना पुगेको छ । त्यसपछि मृतक संख्या...
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बने सरकारको प्रवक्ता

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बने सरकारको प्रवक्ता

राजनीति
भदाै ३० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई दिएका छन्। अर्थ र सूचना तथा सञ्चार मन्त्री रहेका डा.युवराज खतिवडा सरकारबाट बिदा भएपछि प्रवक्ताको पद रिक्त थियो। सोमबारको मन्त्रिपरिषद् बैठकले मन्त्री ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो। ...
आज भदाै ३० गते मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

आज भदाै ३० गते मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

राशिफल
मेष – ग्रहगोचरको प्रभावस्वरुप कठोर मिहीनेत गर्नुपर्नेछ । बिघ्नबाधा बढ्ला । शैक्षिक र रचनात्मक काममा आंशिक प्रगति मिल्नेछ । नियमकानूनलाई निकै ध्यानमा राख्नुपर्ला । भोगविलासमा प्रवृति बढ्ला । विवादमा नपर्नु र जोखिमप्रति सचेत रहनु हितकर होला । अरुको भर पर्नु उचित नहोला । बृष – आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ । आफन्त सुख बढ्नेछ । सुख–सुविधाको वस्तु बढ्नेछ । भागदौड भइरहला । व्यर्थको झन्झटबाट छुटकारा मिल्ला । यात्रा हुने, महत्वपूर्ण काम बन्ने सम्भावना रहला । आर्थिक पक्षमा सुधार हुनेछ । विशेषगरी पारिवारिक क्षेत्रसित सम्बन्धित काम बन्नेछ । आफ्नै बल विवेकले काम गर्नु उचित रहनेछ । मनोकूलको काम बनेर मन प्रशन्न हुनेछ । विजयश्री मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । मिथुन – आँट उत्साह बढ्नेछ । भाग्योदय हुनेछ । साहसिक कार्यमा रुचि बढ्ला । सुख समृद्धि बढ्ला । यात्रामा सफलता मिल्नेछ । लेखन प्रकाशनसि...
शेयर कारोबार नेप्सेमा झिनो सुधार

शेयर कारोबार नेप्सेमा झिनो सुधार

आर्थिक
भदाै २९ काठमाडाैं ।  धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झिने अङ्कले वृद्धि भएको छ । कारोबार प्रणालीमा समस्या आउँदासमेत दोहोरो अङ्कले उकालो लागिरहेको नेप्से परिसूचक आज भने थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ३.२६ बिन्दुले उकालो लागेर एक हजार ५४०.५१ मा पुगेको छ । सेन्सेटिभ परिसूचक २.२८ ले वृद्धि भई ३०६.२४ मा पुगेको छ । कूल १९० कम्पनीको ८८ लाख ३४ हजार २१५ कित्ता शेयर रु तीन अर्ब २१ करोड ४ लाख ७९ हजार १३२ मूल्यमा खरिद बिक्री भए । बजार उकालो लागिरहँदा बजार पूँजीकरणमा वृद्धि भई रु २० खर्ब ४८ अर्ब बराबरको भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये सात उपसमूहको शेयर ओरालो लागेको छ भने पाँच उपसमूहको शेयर बढेको छ । बैंकिङ १४.६८, विकास बैंक २०.९८, जलविद्युत् १२.२, वित्त ६.९४ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले बढेको छ । कारोबारका आधारमा आज पनि नेपाल पुनरबीमा कम्प...
नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

समाचार
भदौ २९ चितवन। नारायणगढ –मुग्लिन सडकखण्डको चोर खोलामा आज दिउँसो पहिरो जांँदा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पहिरो पन्छाउने काम शुरु भइसकेको छ । पहिरो पन्छाएर बाटो खुल्न केही समय लाग्ने थापाले बताउनुभयो । पहिरो खसेको ठाउंँ इच्छाकामना गाउंँपालिका –६ अन्तर्गत पर्छ ।(रासस) ...
भक्तपुर घटना : सुतेकै ठाउँमा आमा-छोराको ह;त्यापछि आ;त्महत्या के श्रीमनले नै घटाए त? आमा र बुहारी यस्तो भन्छन् (हेर्नुस् भिडियो )

भक्तपुर घटना : सुतेकै ठाउँमा आमा-छोराको ह;त्यापछि आ;त्महत्या के श्रीमनले नै घटाए त? आमा र बुहारी यस्तो भन्छन् (हेर्नुस् भिडियो )

अपराध
भदाै २९ । भक्तपुरमा घतेको घटनाले अहिले धेरैको मनमा अनेकौ प्रश्न उब्जिएको छ । एकै घरका तीन जना सहित कुकुरको पनि निधन भएपछि यो घटना रहस्यम देखिएको करण धेरैको मनमा धेरै जिज्ञासा खेलेको हो । उनिहरु ले भर्खर मात्र नयाँ पसल खोलेका थिए । पसल खोलेको भोलीपल्ट देखि नै उनीहरुको घरको ढोका नखुलेको बताउछन छिमेकिहरु तर निषेधाज्ञा भएका कारण पसल नखुलेको हुन सक्ने अनुमान छिमेकीले गरे त्यसैले कोही पनि उनीहरुलाई बोलाउन गएनन् । उनिहरुको परिवारमा श्रीमान श्रीमती र एक छोरा थिए र एउटा कुकुर पनि पालेका थिए । सोही घरको पुरुषको भाई र बुहारी मासु किनेर छोड्न भन्दै जाँदा सबैको निधन भएको अवस्थामा देखेका थिए । देउरानी एक्कासी रुँदै बाहिर निस्केको देखेपछि छिमेकीहरु भेला भएका थिए । भिडियो हेर्नुहोस https://youtu.be/LXXb8-tPR30 ...
वामदेवलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने सरकारको निर्णय

वामदेवलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने सरकारको निर्णय

राजनीति
भदाै २९ काठमाडाै । सरकारले राष्ट्रियसभा सदस्यमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्ने निर्णय गरेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले गौतमलाई सत्तारुढ नेकपाको निर्णयअनुसार राष्ट्रियसभाको रिक्त एक सीटमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरको हो। २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य चुनावमा गौतम वर्दियाबाट पराजित भएका थिए। पटक पटकको प्रयासपछि गौतम राष्ट्रियसभाको सदस्य बन्न सफल भएका हुन्। सरकारले राष्ट्रियसभामा मनोनित गर्ने बाँकी दुई सिटमध्ये रामनारायण बिडारी र विमाल पौडेल रहेका छन्। एक मन्त्रीका अनुसार बैठकले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा पुनः नियुक्ति गर्ने निर्णय भने गरेन। यस्तै सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पाएका छन्। ...

जन्मदिने बाआमा र श्रीमानलेनै यति सम्म गरेपछि रुदै मिडियामा लोकदोहोरी गायिका दिलमाया (भिडियो सहित)

मनोरन्जन
भदाै २९ काठमाडाै । तपाई अहिले दिलमायाको अन्तर्वाता हेरिरहनु भएको छ । कति धरै पिडा सहसुस गर्नु भयो होला है यति धेरै पिडा हुँदा पनि हिम्मत हार्नु भएको छैन् । लकडाउनले अmझै समस्यामा पारेकाले पिडा बिसाउन पशुपतिमा भेटिनु भयो । दिलमायाको दिल दुखाउने कथा भएको भिडियो एकपटक हेर्नुहोस् है । https://youtu.be/PuuyYl9ME4I https://youtu.be/4wedYCRjfXI ...