आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

आजदेखि लामो दूरीका यातायात सञ्चालन भएपछि बिहानैदेखि बसपार्कमा चहलपहल बढ्यो

आजदेखि लामो दूरीका यातायात सञ्चालन भएपछि बिहानैदेखि बसपार्कमा चहलपहल बढ्यो

समाचार
असाेज १ काठमाडौं ।सार्वजनिक सवारी यातायात सञ्चालन ठप्प भएपछि सुनसान बनेका नेपालगञ्ज बसपार्क क्षेत्रका होटलमा पनि चहलपहल देखिएको छ ।आजदेखि लामो दूरी तथा अन्तरजिल्लामा यातायात सञ्चालन भएपछि बिहानैदेखि बसपार्कमा पुगेका यात्रु, यातायात व्यवसायी र मजदुर तथा कर्मचारीे चहलपहको बढेको होटल व्यवसायी महासङ्घ बाँकेका अध्यक्ष भीमलाल कँडेलले जानकारी दिनुभयो । लामो दूरी तथा अन्तरजिल्लामा सार्वजनिक बसहरु सञ्चालन शुरु भएपछि होटल व्यवसायीसमेत व्यवसाय सञ्चालनको तयारीमा लागेको उहाँले बताउनुभयो । ...
लाखौँको सुन किनेर नक्कली नोट दिई दुई व्यक्ति फरार

लाखौँको सुन किनेर नक्कली नोट दिई दुई व्यक्ति फरार

अपराध
असाेज १ ललितपुर । ललितपुरमा नक्कली नोटमा सुन किनेर दुई व्यक्ति फरार भएका छन्।बिहीबार ललितपुर महानगरपालिका १४ ताल्छीखेलका डम्बरबहादुर रिजालको जयनाथ दुर्गा जेम्स एन्ड ज्वेलरी  पसलबाट ५ तोला सुनका गहना किनेर नक्कली नोट दिई दुई जना फरार भएका हुन्। सुन किन्न आएका २ जना अपरिचित पुरुषले ५ तोला बराबरको सुनको हार किनेपछि ४ लाख ६५ हजार रुपैयाँ नक्कली नोट दिएर बिलसमेत नलिई भागेको ललितपुर प्रहरीले जनाएको छ। सुन पसलमा बुझाएको नक्कली नोट प्रहरीले लगे पनि ती व्यक्तिहरुलाई भने अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन। उनीहरुले बुझाएको ४ लाख ६५ हजारमध्ये ५ हजार मात्रै सक्कली र बाँकी नक्कली नोट रहेको प्रहरीले जनाएको छ। बरामद ५ गड्डीमा ४ सय ६० थान नक्कली नोट र प्रत्येक गड्डीको माथिल्लो भागमा एक हजारको सक्कली नोट राखेको पाइएको हो।फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। ...
रोशी गाउँपालिकाकाे अहिले चर्चामा रहेकाे तीनधारे झरनामा आन्तरिक पर्यटकको भिड

रोशी गाउँपालिकाकाे अहिले चर्चामा रहेकाे तीनधारे झरनामा आन्तरिक पर्यटकको भिड

मनोरन्जन
असाेज १ काभ्रे (रोशी) । जिल्लाको रोशी गाउँपालिका वडा नम्बर २ काफल डाँडामा रहेको तीनधारे झरना यतिबेला चर्चामा रहेको छ भने आन्तरिक पर्यटकको भिड लाग्न थालेको छ ।विशेषगरी ग्रामिण क्षेत्रको प्राकृतिक सुन्दरता अवलोकन गर्दै तीन धारे झरनामा पुग्न सकिने भएकोले मनोरम दृश्यावलोकनका लागि मानिसहरु यस ठाउँमा पुग्दछन् । महाभारत लेकबाट तीन वटा धारा झरेकाले तीन धारे झरना भनिएको वडा अध्यक्ष पोते लामाले जानकारी दिए । लकडाउनअघि सम्म मानिसको खासै चहलपहल नहुने यस ठाउँमा अहिले भने झरना अवलोकनका लागि दैनिक ४/५ सयको संख्यामा मानिसहरु आउने गरेको वडा अध्यक्ष लामाले बताए । झरना पुग्न के गर्ने ? झरना भएको ठाउँमा पुग्न धुलिखेल–नमोबुद्ध–दाप्चा–पिपलटार–गहते–फलामेसाँघु–नारायणटार हुँदै काफलडाँडा जान सकिन्छ । अर्को रुट धुलिखेल–भकुण्डे–दाप्चा डराउनेपाखरी–पिपलटार, फलामेसाँघु–नारायणटार–काफलडाँडा हुँदै झरना पुग...
फिफा वरियतामा नेपाल १७० औं स्थानमा यथावत

फिफा वरियतामा नेपाल १७० औं स्थानमा यथावत

खेलकुद, समाचार
असाेज १ काठमाडौं । विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा आज जारी नयाँ वरियतामा नेपाल १७० औं स्थानमा यथावत रहेको हो । गत महिना पनि नेपाल १७० औं स्थानमै रहेको थियो । त्यस्तै नेपाल दक्षिण एशियाली राष्ट्रको तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । एक स्थान घटुवा भएको भारत १०९ औं स्थानमा छ भने माल्दिभ्स १५५ औं स्थानमा रहेको छ । नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेका छन् । भुटान १८९ औं, बङ्गलादेश १८७ औं, श्रीलङ्का २०६ औं र पाकिस्तान २०० औं स्थानमा रहेका छन् । नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ भने फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो तथा पोर्चुगल पाँचौ स्थानमा रहेका छन् । पोर्चुगल भने दुई स्थान उक्लिएर पाँचौ स्थानमा पुगे...
४० जना प्रहरी कर्मचारीसहित गण्डकी प्रदेशमा थप ७४ जनामा कोरोना भाइरसको संक्रमण

४० जना प्रहरी कर्मचारीसहित गण्डकी प्रदेशमा थप ७४ जनामा कोरोना भाइरसको संक्रमण

समाचार
असाेज १ पोखरा । नेपाल प्रहरीका ४० जना कर्मचारीसहित गण्डकी प्रदेशमा थप ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ६६, लमजुङका ५ र तनहुँका ३ जना गरी ७४ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमण देखिएकामध्ये कास्कीको पोखरा महानगरपालिका–१५ का ३९ जना पुरुष र १ जना महिला गरी ४० जना प्रहरी कर्मचारी हुन् ।संक्रमण देखिएका अन्यमध्ये पोखरा महानगरपालिका वडा नम्बर ८ का ४ जना हालै भारतबाट नेपाल आएका व्यक्ति भएका जनाइएको छ । अन्य संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङ बाट पहिचान भएका व्यक्ति रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिएका छन् । ...
नेपालमा थप १२ सय ४६ कोरोना संक्रमित थपिए

नेपालमा थप १२ सय ४६ कोरोना संक्रमित थपिए

समाचार
असाेज १ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ भने देशभरमा सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ। संस्थागत आइसोलेसनमा रहेकाको संख्या ७ हजार ९०३ रहेको छ। प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १० हजार ६४१ पीसीआर परीक्षण गरिएको थियो। योसँगै नेपालमा अहिलेसम्म ८ लाख ८२ हजार ९१५ पीसीआर परीक्षण भएको छ।पछिल्लो २४ घण्टामा थप १२ सय ४३ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ।  त्यस्तै पछिल्लो २४ घण्टामा तीन महिला र १ पुरुष गरी ४ जनाको...
वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

राजनीति
असाेज १ काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य बनेका छन् ।मन्त्रिपरिषदको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय सभा सदस्यमा मनोनित गौतमले बिहीबार दिउँसो राष्ट्रिय सभा सदस्यको शपथ ग्रहण गरेका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गौतमलाई राष्ट्रिय सभा सदस्यको रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । गौतम २०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर २ बाट पराजित भएका थिए । त्यसयता पटक पटक सांसद बन्न प्रयास गरेका भनिएका उनलाई अन्ततः पार्टीको निर्णयका आधारमा सरकारले राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न सिफारिस गरेको हो । ...
काठमाडौं उपत्यकामा थपिए ६१८ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ६१८ कोरोना संक्रमित

समाचार
असाेज १ काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जना गरी जम्मा ६१८ जना संक्रमित थपिएका छन् । यसअघि बुधबार (हिजो) काठमाडौंमा ६५२, भक्तपुरमा २५ र ललितपुरमा ६० जना गरी जम्मा ७३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।नेपालमा पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।पछिल्लो २४ घण्टामा थप १२४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४२ हजार ९४९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण...
विषेश छात्रवृत्तिका साथ छहारी शिक्षा सदन प्लस टु कलेजमा कक्षा ११ मा भर्ना खुल्याे

विषेश छात्रवृत्तिका साथ छहारी शिक्षा सदन प्लस टु कलेजमा कक्षा ११ मा भर्ना खुल्याे

शिक्षा
असोज १ काठमाडौँ । छहारी शिक्षा सदन प्लस टु कलेज गोकर्णेश्वर ६ छहारी क्लब नजिकमा शैक्षिक सत्र ०७७/७८को लागि अनलाइन दर्ता खुलेको छ। हाल कोभिड-१९ महामारीका कारण शैक्षिक संस्था बन्द रहे पनि अनलाइन दर्ता गर्न सकिने छाहरी शिक्षा सदन का प्रधानाध्यापक अनिल पराजुलीले जानकारी दिएका छन्। काठमाडौं उपत्यकाका जुनसुकै स्थान बाट सहज यातायातको सुविधा रहेको सहज स्थानमा रहेको सो कलेज विभिन्न क्षेत्रमा अब्बल रहेका विद्यार्थीहरुको रोजाईमा परेको बताउदै प्रधानाध्यापक पराजुलीले जेहेन्दार र सृजनात्मक विद्यार्थीहरुका लागि छात्रवृतिको सुविधा रहेको तथ्यखबरलाइ बताए।  नियमित पठन पाठन संगै विद्यालयले प्रयोगात्मक, व्यवहारिक तथा गुणस्तरीय शिक्षा दिनुका साथै उनीहरुको रचनात्मक क्षमता अभिवृद्धि गराउन तथा उद्यमशीलता लाई जोड दिएको भन्दै प्रधानाध्यापक पराजुलीले विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार उपयोगी रहेको ब...
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

राजनीति
असोज १ काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्याह्न मन्त्रिपरिषद बैठक डाकेका छन् ।सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रस्तुत भएका कतिपय एजेण्डामा निर्णय गर्न १२ बजे मन्त्रिपरिषद बैठक बोलाइएको बताइएको छ । बैठकमा यही असोज ३ गते संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूका लागि घोषणा गरिने विभूषणको नामावली टुंग्याउने तयारी छ ।यस्तै विभिन्न मुलुकमा रिक्त राजदूत पदपूर्तिको विषयसमेत टुंग्याउने तयारी भएको स्रोतले जनाएको छ ...