आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

मुम्बईबाट मनाली पुगेकी कंगना होम क्वारेन्टिनमा

मुम्बईबाट मनाली पुगेकी कंगना होम क्वारेन्टिनमा

मनोरन्जन
असाेज १ काठमाडौं ।भारतको महाराष्ट्र राज्यको सत्तारुढ दल शिवसेनासँग विवादका कारण चर्चामा रहेकी बलिउड अभिनेत्री कंगना रनौत मुम्बईबाट मनाली पुगेकी छन्। उनी सोमबार मनाली पुगेको जनाइएको छ। उनी हालैमात्र मुम्बई पुगेकी थिइन्। उनी मुम्बई पुगेकै दिन मुम्बईस्थित उनको कार्यालय भवन अवैधानिक भन्दै बम्बे नग। निगमले डोजर लगाएर भत्काइदिएको थियो। मनाली पुगेपछि कंगना १० दिनका लागि होम क्वारेन्टिनमा बसेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। कोरोना संक्रमण फैलिन सक्ने भन्दै भारत सरकारले तय गरेको स्वास्थ्य मापदण्डका कारण उनी होम क्वारेन्टिन बसेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। कंगना र शिवसेना नेता सञ्जय राउतबीच विवाद भएपछि शिव सेनाकै नेतृत्वमा रहेको नगर गिनमले उनको कार्यालय भवन भत्काएको थियो। सो घटना भारतीय राजनीतिमै उथलपुथल ल्याइदिएको छ। कंगनालाई भारतको केन्द्र सरकारले वाइ प्लस स्तरको सुरक्षा दिए...
Gautam nominated member of Upper House

Gautam nominated member of Upper House

राजनीति
Kathmandu, Sept 17:President Bidya Devi Bhandari has nominated Bamdev Gautam from Dakhakwadi -1 of Pyuthan, the member of the National Assembly, the upper house of the federal parliament. The Head-of-State nominated Gautam to the post as per Article 86 (2) (B) of the Constitution of Nepal and on the recommendation of the government, spokesperson at the President Office, Hari Prasad Dahal, stated in a communique, today. As per the constitutional provision, the President nominates three members including at least one woman to the 59-member National Assembly on the recommendation of the federal government. (RSS)
सरुवा भयाे ३४ उपसचिवको

सरुवा भयाे ३४ उपसचिवको

राजनीति, समाचार
असाेज १ काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ उपसचिवको सरुवा गरेको छ ।मंगलबार २५ र बुधबार ९ जना उपसचिवको स्थानीय तह र प्रदेशमा सरुवा गरेको हो । अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशाकीय अधिकृत बनाएर पठाइएको छ । यस्तो छ सरुवाहरुको सूची :
आयुष्मानको काखमा बसेर प्रियंका कार्कीले भनिन् ‘आयुष्मानलाई दु:ख दिन मन पर्ने यो समय’

आयुष्मानको काखमा बसेर प्रियंका कार्कीले भनिन् ‘आयुष्मानलाई दु:ख दिन मन पर्ने यो समय’

मनोरन्जन
 असाेज १ काठमाडौं । प्रेमी आयुष्मान देशराज जोशीसँग प्रेम विबाह गरेकी लोकप्रिय नायिका प्रियंका कार्की पछिल्ला दिनमा सामाजिक संजालमा झनै सक्रिय बन्दै गइरहेकी छिन् । अन्य नायिकाहरु विबाहपछि पलायन हुने गरेकोमा नायिका कार्की भने विबाहपछि पनि कलाकारितामा नै सक्रिय बन्ने लक्षण देखाइरहेकी छिन् । कोरोना कहरका कारण खासै्र घरबाहिर ननिस्किएकी यि सुन्दरी फुर्सदको समयमा पति आयुष्मान देशराज जोशीसँग घर मानै समय बिताएकी छिन् । उनले हालै मात्र केहि तस्विर शेयर गरेकी हुन् । उनी तस्विरमा पति आयुष्मान देशराज जोशीसंग अगालोमा बेरिएकी छिन् । केहि दिन पहिला किचनमा खाना पकाएका तस्विर सार्वजनिक गरेकी उनले हालै भने पतिसंग समय बिताएकी छिन् । बेलाबेलामा पतिसंगका फरक फरक तस्विर इन्स्टाग्राममा पोष्ट गर्ने कार्कीको पहिलो विवाह टुगिंएको लामो समय पश्चात आफु भन्दा कान्छा आयुष्मानसँग दोस्रो विवाह गरेकी हुन् । यो जोडीले...
महानगरका १० वटा वडाको राजस्व प्रणाली आजबाट अनलाइनमा

महानगरका १० वटा वडाको राजस्व प्रणाली आजबाट अनलाइनमा

आर्थिक, समाचार
असाेज १ काठमाडौं । काठमाडौं महानगरपालिकाले आज देखि १० वटा वडाबाट राजस्व निर्धारण तथा संकलन कार्यलाई अनलाइन प्रणालीमा लगेको छ । प्रणाली सञ्चालन गर्न कर्मचारीको क्षमता बिकास गर्दै आउँदो हप्ताभित्र सबै वडामा लागु गर्ने योजनासहित  वडा नं  २६ बाट सेवा सुरु गरिएको हो । वडा कार्यालयमा महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले स्थानीय करदाता सरस्वती सापकोटालाई प्रणालीबाट प्राप्त भएको रसिद हस्तान्तरण गर्दै सेवा शुभारम्भ गरेका थिए  । राजस्व बिभागका निर्देशक शिवराज अधिकारीकाअनुसार आजबाट १, २, ३, ४, १०, १५, २६, ३० र ३१ मा प्रणाली प्रयोगमा आइसकेको छ । यस प्रणालीको पब्लिक पोर्टल करदाताका लागि हो भने कोर पोर्टल कार्यालयमा बस्ने अधिकारीका लागि हो । पब्लिक पोर्टलमा सम्पत्ति कर, व्यवसाय कर, बहाल कर, मनोरञ्जन कर, घर नक्सापास दस्तुरलगायतका सम्पूर्ण कर र दस्तुरका बारेमा विवरण भर्ने, प्रारम्भिक ...
मुख्यमन्त्री पौडेलको सपना भीमफेदी-कुलेखानी सुरुङ मार्गका लागि संघीय सरकार द्वारा कार्यदल गठन

मुख्यमन्त्री पौडेलको सपना भीमफेदी-कुलेखानी सुरुङ मार्गका लागि संघीय सरकार द्वारा कार्यदल गठन

समाचार
असाेज १ काठमाडौं ।बागमती प्रदेश सरकारले प्राथमिकतामा राखेर गौरवको योजनाका रुपमा अगाडी बढाएको  भीमफेदी -कुलेखानी सुरुङ मार्ग निर्माणका लागि  संघीय सरकारले निर्माण  कार्यदल गठन गरेको छ।भाद्र ९ गते भएको अर्थमन्त्री,भौतिक पूर्वाधार तथा यातायात मन्त्री ,बागमती प्रदेसका मुख्यमन्त्री,अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवको उपस्थितिमा भएको छलफलले संघीय र प्रदेस सरकारको सहलागनिमा निर्माण हुने उक्त सुरुङ मार्गको प्राविधिक ,आर्थिक र कानुनी पक्षको वारेमा अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको थियो। भाद्र १५ गते भएको मन्त्रि स्तरको निर्णयमा एक महिना भित्र प्रतिवेदन बुझाउने गरि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह सचिव संयोजक र अर्थमन्त्रालयका सह सचिव ,प्रधानमन्त्री तथा मन्त्रि परिषदका सहसचिव ,बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका सचिव ,नेपाली सेनाका प्रतिनिधि र...
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट मैदान निर्माणका लागि बागमती प्रदेशले ३ करोड दिने

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट मैदान निर्माणका लागि बागमती प्रदेशले ३ करोड दिने

समाचार
असाेज १ काठमाडौं । बागमती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट मैदान निर्माणका लागि धुर्मुश सुन्तली फाउन्डेसनलाई ३ करोड दिने निर्णय गरेको छ ।प्रदेश सरकारको सशर्त अनुदानका रुपमा आर्थिक बर्ष २०७७/०७८ का लागि अनुदान रकम दिन लागको हो ।कोभिड १९ को सङ्क्रमणका अवस्थामा पनि निरन्तर निर्माण गरीरहेको भन्दै काम सुचारु गर्न सहज होस भनेर सहयोग गर्न लागिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिएका छन  । यसैगरी गरि बुधबार नै बसेको मन्त्री परिषदको बैठकले प्रदेश सुशासन केन्द्र स्थापना र संचालन आदेश २०७७, प्रदेश भ्रमण खर्च नियमावली, प्रदेश पुर्वाधार बिकास साझेदारी नियमावलीको दोस्रो संसोधन स्वीकृत गर्ने निर्णय गरेको मन्त्री ढुङ्गेलले बताएका छन   ।फोटो सौजन्य :धुमुस सुन्तली फाउन्डेसन ...
आज नेप्से ३० अंकले आकाशियो

आज नेप्से ३० अंकले आकाशियो

आर्थिक
असाेज १ काठमाडौं ।साताको अन्तिम कारोबार दिन नेप्से ३०.७८ अंकले आकाशिएको छ। लामो दूरीको सार्वजनिक यातायात खुलेको दिन सेयरबजारमा झण्डै चार अर्बको सेयर खरिदबिक्री भएको हो।आज कुल १ सय ९१ कम्पनीको सेयर किनबेच भएको नेप्सेले जनाएको छ। आज ५३ हजार २ सय ४० पटक खरिदबिक्री भएको थियो भने १ करोड ३२ लाखभन्दा बढी कित्ता सेयर बिक्री भएको नेप्सेले जनाएको छ। आज सबै १२ समूहको सेयर कारोबार सूचक हरियो छ भने होटल, विकास बैंक र जलविद्युत् समूहको सूचक उच्च अंकले बढेको छ।आजको कारोबारमा चारवटा कम्पनीहरुको सेयर १० प्रतिशतभन्दा बढीले बढेको छ। सर्वाधिक कारोबार भने नेपाल पुनर्बीमा कम्पनीको भएको छ। उसको १४ करोडको, नेपाल बैंकको १२ करोडको उच्च कारोबार भएको छ। आज कम्पनीहरुको ६.७३ प्रतिशतसम्म सर्वाधिक सेयर मूल्य घटेको नेप्सेले जनाएको छ। ...
राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम गर्ने छैन : वामदेव गौतम

राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम गर्ने छैन : वामदेव गौतम

राशिफल
असाेज १ काठमाडौं ।राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका नेकपा उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगने बताएका छन् ।बिहीबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पद तथा गोपनीयताको सपथ लिएसागै गौतमले सञ्चारकर्मीसँग राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने उल्लेख गरे । सपथ पछि सञ्चारकर्मीहरु सँग कुरा गर्दै गौतमले पार्टी नेतृत्व, सरकार र राष्ट्रपति प्रति आभार व्यक्त गरे ।राष्ट्रियसभाको गरिमा बढाउन नियमावली अनुसार काम गर्ने भन्दै उनले भने, ‘राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम गर्ने छैन ।’ समाजवादमा जाने संकल्प पूरा भूमिका निर्वाह गर्नेबाहेक अर्को स्वार्थ नभएको गौतमले बताए । ...
हेटौंडामा एक वर्षमा साढे ३२ किलोमिटर सडक पक्की

हेटौंडामा एक वर्षमा साढे ३२ किलोमिटर सडक पक्की

समाचार
असाेज १ हेटौंडा ।हेटौंडा उपमहानगरपालिकाले एक वर्षमा साढे ३२ किलोमिटर सडक पक्की गरेको छ ।उपमहानगरले गएको एक वर्षमा जनसहभागितासहित रु ४९ करोड ५१ लाख बजेटमा १९ वटा वडामा साढे ३१ किलोमिटर सडक स्ल्याप ढलान र एक किलोमिटर सडक कालोपत्रे गरेको नगरपालिकाले जनाएको छ । उपमहानगरपालिका क्षेत्रमा रहेका कच्ची सडकलाई पक्की बनाउने अभियानअनुसार ३२ किलोमिटरभन्दा धेरै सडकलाई पक्की गरिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए ।उपमहानगरका गाभिएका नयाँ वडाहरुलाई विशेष प्राथमिकता दिइएको भए पनि सबै वडाका सडकलाई पक्की बनाउने काम गरिएको उनले बताए । चाँडो बिग्रने भएकाले कालोपत्रेलाई प्राथमिकता नदिई एकपटक बनाएपछि वर्षौँ टिक्ने स्ल्याप ढलानलाई प्राथमिकता दिइएको प्रमुख महतले जानकारी दिए । उनका अनुसार उपमहानगरले खर्च गर्ने बजेटमध्ये सडकका लागि सबैभन्दा बढी खर्च भएको छ । ...