असाेज १ काठमाडौं । प्रेमी आयुष्मान देशराज जोशीसँग प्रेम विबाह गरेकी लोकप्रिय नायिका प्रियंका कार्की पछिल्ला दिनमा सामाजिक संजालमा झनै सक्रिय बन्दै गइरहेकी छिन् । अन्य नायिकाहरु विबाहपछि पलायन हुने गरेकोमा नायिका कार्की भने विबाहपछि पनि कलाकारितामा नै सक्रिय बन्ने लक्षण देखाइरहेकी छिन् ।
कोरोना कहरका कारण खासै्र घरबाहिर ननिस्किएकी यि सुन्दरी फुर्सदको समयमा पति आयुष्मान देशराज जोशीसँग घर मानै समय बिताएकी छिन् । उनले हालै मात्र केहि तस्विर शेयर गरेकी हुन् । उनी तस्विरमा पति आयुष्मान देशराज जोशीसंग अगालोमा बेरिएकी छिन् । केहि दिन पहिला किचनमा खाना पकाएका तस्विर सार्वजनिक गरेकी उनले हालै भने पतिसंग समय बिताएकी छिन् ।
बेलाबेलामा पतिसंगका फरक फरक तस्विर इन्स्टाग्राममा पोष्ट गर्ने कार्कीको पहिलो विवाह टुगिंएको लामो समय पश्चात आफु भन्दा कान्छा आयुष्मानसँग दोस्रो विवाह गरेकी हुन् । यो जोडीले लगनगाँठो कसेको केही समयमा नै देशमा नै लकडाउन सुरु भयो ।
प्रियंका र आयुष्मानका फेसबुक, इस्टाग्राममा उनीहरु एकअर्काको मायामा पोखिएका दृश्यहरु एकपछि अर्को गर्दै थपिदै गएका छन् ।छोटो समयमा नै लोकप्रिय बनेकी उनले पहिले कोर्ट म्यारिज गरेपछि हिन्दु परम्परा अनुसार आयुष्मान देशराज जोशीसँग फागुनमा विबाह गरेकी हुन् ।
भैसीपार्टीमा बस्दै आएकी उनले आयुष्मानको काखमा बसेका तस्विर शेयर गदै क्याप्सनमा लेखेकी छिन्, ‘आयुष्मानलाई दुख दिन मन पर्ने यो समय । ’ हालैमात्र प्रियंकाले फ्यानले सोधेका प्रश्नको उत्तर दिँदै आँफु गर्भवती नभएको प्रतिक्रिया दिएकी थिइन् ।
