बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

४० जना प्रहरी कर्मचारीसहित गण्डकी प्रदेशमा थप ७४ जनामा कोरोना भाइरसको संक्रमण

असाेज १ पोखरा । नेपाल प्रहरीका ४० जना कर्मचारीसहित गण्डकी प्रदेशमा थप ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ६६, लमजुङका ५ र तनहुँका ३ जना गरी ७४ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण देखिएकामध्ये कास्कीको पोखरा महानगरपालिका–१५ का ३९ जना पुरुष र १ जना महिला गरी ४० जना प्रहरी कर्मचारी हुन् ।संक्रमण देखिएका अन्यमध्ये पोखरा महानगरपालिका वडा नम्बर ८ का ४ जना हालै भारतबाट नेपाल आएका व्यक्ति भएका जनाइएको छ ।

अन्य संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङ बाट पहिचान भएका व्यक्ति रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *