आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

गणेशमान नेपाली राजनीतिका शिखर पुरुष: सभापति देउवा

गणेशमान नेपाली राजनीतिका शिखर पुरुष: सभापति देउवा

राजनीति
असाेज २ काठमाडाैं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका संस्थापक नेता गणेशमान सिंह नेपाली राजनीतिका शिखर पुरुष, एक सच्चा क्रान्तिकारी नेता र आफ्नो राजनीतिक अभिभावक भएको बताएका छन् । नेता गणेशमान सिंहको २३ औं स्मृति दिवसका अवसरमा आज सभापति देउवाले उहाँकै प्रेरणा र मार्गदर्शनले आफू सानो उमेरमै राजनीतिमा होमिएको बताएका छन् । “मेरो अभिभावक गणेशमान सिंहप्रति म हार्दिक श्रदासुमन व्यक्त गर्दछु । तपाईको विचार र मार्गदर्शन अजनवि छ”, सभापति देउवाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । यसैगरी काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि लौहपुरुष गणेशमान सिंहको २३ औं स्मृति दिवसमा उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनको जाज्वल्यमान इतिहास सर्वमान्य नेता गणेशमान महान त्याग र बलिदानको प्रतिमूर्ति स्वरुप सबैको प्रेरणाको अजस्र स्रोत ...
फेसबुकमाथि लाग्यो ईन्स्टाग्राम मार्फत जासुसी गरेको आरोप

फेसबुकमाथि लाग्यो ईन्स्टाग्राम मार्फत जासुसी गरेको आरोप

समाचार
असाेज २ काठमाडाैं । गए राति फेसबुक र इन्टाग्रामको सर्भर डाउन भएका कारण संसारभरका धेरै प्रयोगकर्ताले यी प्लेफर्ममा लग–इन गर्न पाएनन् । यसबारे प्रयोगकर्ताले मज्जाले ट्वीटरमा भडास पोखेका छन् । यसैबीच फेसबुकमाथि इन्स्टाग्राम प्रयोगकर्ताको जासुसी गरेको आरोप पनि लागेको छ । फेसबुकले यसका लागि फोन क्यामेराको प्रयोग गरेको आरोप लगाइएको छ । मिडिया रिर्पोटस् अनुसार जब आईफोन प्रयोगकर्ता फोटो शेयरिङ एप इन्स्टाग्राममा सक्रिय हुँदैन थिए, तब पनि उनीहरुको फोनको क्यामेरासँग इन्स्टाग्रामको एक्सेस भएको देखिन्थ्यों । यद्यपी, फेसबुकले यी सबै आरोपको खण्डन गरेको छ । के हो घटना ? सान फ्रान्सिस्कोस्थित अदालतमा बिहीबार दायर उजूरीमा न्यु जर्सीकी इन्स्टाग्राम प्रयोगकर्ता ब्रिटनी कान्डिटीले भिनन्, ‘जाने बुझेरै एपको क्यामेराको उपयोग गरिएको छ । प्रयोगकर्ताका जरुरी र महत्त्वपूर्ण डाटा संकलन गर्नका लागि यो सबै गरि...
हिजो घटेको सुनको मूल्य आज भने सोच्नै नसकिने गरि यस्तो भयो

हिजो घटेको सुनको मूल्य आज भने सोच्नै नसकिने गरि यस्तो भयो

आर्थिक
असाेज २ काठमाडाैं । शुक्रबार सुन र चाँदीको मुल्यमा वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सयले बढेर प्रतितोला ९७ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ९६ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ५ सयमा कारोबार भइरहेको छ ।त्यसैगरी शुक्रबार चाँदी तोलामा १० रुपैयाँले बढेर १३ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ । ...
सन्दिपलाई भारतको राष्ट्रिय टिमबाट खेलाउनुपर्छ : गावस्कर

सन्दिपलाई भारतको राष्ट्रिय टिमबाट खेलाउनुपर्छ : गावस्कर

खेलकुद
असाेज २ काठमाडाैं । भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सुनील गावस्करले नेपाली लेगस्पिनर सन्दिप लामिछानेलाई भारतको राष्ट्रिय टिमबाट खेलाउनु पर्ने बताएका छन् ।   भारतीय च्यानल ‘स्पोर्टस तक’सँग यूएइमा सुरु हुन लागेको आइपिएलबारे कुरा गर्दै गावस्करले यस्तो बताएका हुन् । उनले अहिले नै यो कुरा मजाक जस्तो लागे पनि भविष्यमा यस्ता विषयमा सोच्नुपर्ने उनले बताए । लामिछाने राम्रो खेलाडी भएको बताउँदै उनले भारतीय रंगमा अझै राम्रो गर्न सक्ने गावस्करको भनाइ छ । सन्दिप आइपिएलमा दिल्ली क्यापिटल्सबाट खेल्दैछन् । गावस्करले सन्दिपको निकै खुलेर प्रशंसा गरेका छन् । भनेका छन् उनले उनी निकै राम्रोसँग सिक्न सक्ने खेलाडी भएको र आफ्नो अगाडि आएका अनुभवबाट उनले आफूलाई निकै राम्रो बनाउँदै लगेका छन् । ...
चितवनमा कोरोना सङ्क्रमणबाट दुईको मृत्यु

चितवनमा कोरोना सङ्क्रमणबाट दुईको मृत्यु

समाचार
असाेज २ चितवन । कोरोना सङ्क्रमण भई यहाँ उपचाररत दुई जनाको मृत्यु भएको छ । एक जनाको भरतपुर अस्पतालमा र अर्का एकको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । भरतपुर अस्पतालमा सर्लाहीको हरिपुर गाउँपालिकाका ५५ वर्षीय पुरुषको आज बिहान १० बजे मृत्यु भएको हो । अस्पतालद्वारा जारी सूचनामा मिर्गाैलाको डायलासिस गरिरहेका उनको यही भदौ १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको खोकीसँगै स्वाशप्रस्वासमा समस्या देखिएपछि भदौ २३ गतेदेखि कोभिड–१९ सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । यसैगरी चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत एक सङ्क्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका निर्देशक प्रा डा दयाराम लम्सालका अनुसार नवलपुरको देवचुली नगरपालिका–११ निवासी ३१ वर्षीय पुरुषको बिहीबार राति १२ः१८ बजेको समयमा मृत्यु भएको हो । स्वासप्रस्वास र निमोनियाको समस्या भएपछि भदौ २५ गते अस्पताल...
दैनिक ७०० हाराहारी नेपाली भारत छिर्दै

दैनिक ७०० हाराहारी नेपाली भारत छिर्दै

समाचार
असोज २ महेन्द्रनगर। साउदी अरबबाट हरेक महिना घर खर्च पठाउने छोरो कोरोना कहरमा घर फर्किएपछि कञ्चनपुरको शुक्लाफाँटा–१ का सीताराम डगौंरा यतिबेला चिन्तामा छन् ।धन कमाएर घर धान्न भन्दै करिब २२ महिनाअघि रु डेढ लाख ऋण काडेर २५ वर्षीय छोरा राजेन्द्र डगौंरालाई साउदी अरब पठाएका सीतरामको सपना कोरोना कहरसँगै तुहिएको छ । ‘छोराले विदेशमा कमाएर एउटा ओतबस्ने घरसम्म त बनाउँला भन्ने सोचेको थिएँ’, सीतारामले दुखेसो पोख्दै भने, ‘छोरो केही दिनअघि रित्तो हात घर फर्कियो, अब दैनिक जिवीकाको त कुरै भएन ऋण कसरी तिर्ने भन्ने भएको छ ।’ सीताराम पनि पाँच वर्ष वैदेशिक रोजगारीमा मलेसिया काम गरेर केही वर्षअघि फर्किएका थिए । ‘छोरा कमाउला र म घरको रेखदेख गरौंला भन्ने सोचेर बसिरहेको थिएँ’, उनले भने, ‘बरु अब यहीं केही काम पाइन्छ कि भनेर खोज्नुपर्ने भएको छ, तर हामीलाई रोजगारी पनि कसले देला र ?’ उनले दैनिकी चलाउन गाउँमा मजदु...
पर्यटकीय नगरी बन्दीपुरका होटल व्यवसायीको लगानी जोखिममा

पर्यटकीय नगरी बन्दीपुरका होटल व्यवसायीको लगानी जोखिममा

समाचार
असाेज २ तनहुँ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीले तनहुँको पर्यटकीय नगरी बन्दीपुरका व्यवसायीको करोडौं लगानी जोखिममा परेको छ ।सरकारले घोषणा गरेको भ्रमण वर्ष–२०२० लाई लक्षित गरी होटल व्यवसायमा गरिएको लगानी जोखिममा परेको व्यवसायीहरुले बताएका छन् । भ्रमण वर्ष २०२० लाई लक्षित गरी बन्दीपुरमा नयाँ होटल निर्माण भएपनि लगत्तै भएको बन्दाबन्दीले व्यवसायी मारमा परेको क्षेत्रीय होटल व्यवसायी सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधानले जानकारी दिए । ‘भ्रमण वर्ष लक्षित गरेर व्यवसायीले नयाँ होटल निर्माण गर्नुभयो, पुरानो होटल व्यवसायीले पनि मर्मततर्फ लगानी गरेका थिए,’ उनले भने, ‘तर कोभिड–१९ का कारण नेपालमा बन्दाबन्दी भयो, जसका कारण होटल व्यवसायीको लगानी खतरामा परेको छ ।’ विशेषगरी बाह्य पर्यटकले धानेको बन्दीपुरको पर्यटनलाई अब कसरी ब्युँझाउने भन्नेमा व्यवसायी छलफलमा रहेको अध्यक्ष प्रधानल...
भारतमा एकै दिनमा ९६ हजार संक्रमित

भारतमा एकै दिनमा ९६ हजार संक्रमित

अन्तराष्ट्रिय, समाचार
असाेज २ काठमाडाैं । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अहिलेसम्मकै धेरै पुगेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ४२४ जना सङ्क्रमित भएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल संख्या ५२ लाखभन्दा बढी पुगेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १७४ जनाको मृत्यु भएको जनाएको छ । भारतमा कुल सङ्क्रमित मध्ये अहिले पनि दश लाख १७ हजार ७५४ जना सङ्क्रमित अवस्थामै रहेका छन् ।म न्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल ५२ लाख १४ हजार ६७८ जना सङ्क्रमित भएका हुन् । ती मध्ये ४१ लाख १२ हजार ५५२ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् । प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा सङ्क्रमित भएका छन् । महाराष्ट्रमा अहिले पनि तीन लाख दुई हजार १...
नेपालमा रेल यातायात तर्फको अर्काे यात्रा शुरु

नेपालमा रेल यातायात तर्फको अर्काे यात्रा शुरु

समाचार
असाेज २ काठमाडाैं । नेपालको आफ्नै रेल जनकपुर आइपुगेको छ । शुक्रवार दिउँसो रेल भारतबाट नेपाल आइपुगेको हो ।कुर्था–जनकपुरधाम तथा भारतको जयनगरसम्म सञ्चालनका लागि रेल जनकपुरधाम आइपुगेको हो। रेल आज आइपुग्ने भएसँगै मानिसहरुको ठूलो भीड जनकपुरको रेलवे स्टेशनमा जम्मा भएका थिए ।स्टेसन आइपुग्दा हर्न बजाँउदै आएको रेललाई मानिसहरुले ताली बजाएर स्वागत गरेका थिए । बन्द रहेको नेपालको एकमात्र रेल सेवा पुनः संचालनका लागि दुई सेट रेल ल्याइएको हो।यसरी ल्याइएका रेलको बोगीहरू विशेषरूपमा डिजाइन गरिएको छ। नेपालको राष्ट्रिय झण्डामा रहेका रंगहरूजस्तै रग लगाइएको छ । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार यो रेल डिजेलबाट स्टार्ट हुन्छ। जेनेरेटरबाट पैदा भएको बिजुलीले इन्जिन चल्छ।रेललाई फर्काइराख्नु पर्दैन। दुबैतिर इन्जिन रहेकाले रेल चलाउन निकै सजिलो रहेको मिश्रले बताए। भारतका विभिन्न सहरमा ३०० किलोमिटरसम्...
पछिल्लो २४ घण्टामा उपत्यकामा ८५९ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा उपत्यकामा ८५९ कोरोना संक्रमित थपिए

समाचार
असाेज २ काठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना गरी जम्मा ८८५ जना संक्रमित थपिएका छन् । यसअघि विहीबार (हिजो) काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जना गरी जम्मा ६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । ...