आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

आज मात्रै २ हजार बढी संक्रमित थपिए, संक्रिमतको संख्या ६१ हजार नाघ्यो

आज मात्रै २ हजार बढी संक्रमित थपिए, संक्रिमतको संख्या ६१ हजार नाघ्यो

समाचार
असाेज २ काठमाडाैं ।नेपालमा आज अहिलेसम्मकै सबैभन्दा धेरै २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २ हजार २० जनामा संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरी ११ हजार ४ सय ५८ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ६१ हजार ५ सय ९३ जना पुगेको छ । ...
२४ घण्टामा ८७१ ले जिते कोरोना

२४ घण्टामा ८७१ ले जिते कोरोना

समाचार
असाेज २ काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ८७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४३ हजार ८२० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४२ हजार ९४९ थियो । मन्त्रालयका अनुसार विहीबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८३ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाले मृत्यु भएसँगै३९० पुगेको छ । ...
मेसीले आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने

मेसीले आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने

खेलकुद
असाेज २ काठमाडाैं । विश्व फुटबलका स्टार खेलाडी लिओनल मेसीले आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने भएका छन् ।इयुको उच्च अदालतबाट ९ वर्षको लडाईं जितेपछि मेसीले अब आफ्नो नाम ट्रेडमार्कका रुपमा राख्न पाउने भएका हुन् । युरोपियन कोर्ट अफ जस्टिसले स्प्यानिस साइक्लिङ कम्पनी मास्मी र इयुको बौद्धिक सम्पत्ति कार्यालयको अपिल खारेज गरेको हो । बार्सिलोनाका स्टार मेसीले सन् २०११ मा पहिलो पटक स्पोर्ट्सवेयर ब्राण्डका लागि आफ्नो सरनेमको ट्रेडमार्क दर्ता गरेका थिए । तर मास्मीले उनीहरुको लोगो समान भएकाले यसले द्विविधा ल्याउने बताएको थियो । युरोपियन न्याय अदालतले जब जनता दुई ब्राण्डको भिन्नता छुट्याउन सक्षम हुन्छन् तब स्टार खेलाडीको प्रतिष्ठालाई ध्यानमा राख्न सकिने बताएको छ । १० नम्बरको जर्सी लगाउने ३३ वर्षीय मेसी कीर्तिमानी ६ पटक विश्वकको उत्कृष्ट खेलाडी चयन भएका छन् । फोर्ब्सका अनुसार मेसी ...
नेपाल–चीन नाका बन्द हुँदा धेरै सामग्री अलपत्र

नेपाल–चीन नाका बन्द हुँदा धेरै सामग्री अलपत्र

समाचार
असाेज २ काठमाडाैं । चीनसँगका नेपालका प्रमुख व्यापारिक नाकाबाट व्यापार र भन्सार सहजीकरणमा समस्या भएको लामो समय भइसक्यो ।नाका सहजीकरण गर्न र व्यापार सहज बनाउन नेपालले गरेका पहल भने सार्थक बनेका छैनन् । त्यसै कारण रसुवागढी र तातोपानी नाकाबाट आयात निर्यात ठप्पजस्तै छ । यसबाट नेपालका व्यापारीका धेरै सामग्री अलपत्र परेका छन् । २०७२ वैशाखको भूकम्पले तातोपानी नाकाका पूर्वाधार काम नलाग्ने बनाएपछि विकल्पका रूपमा रसुवागढी नाका खोलिएको हो । भूकम्पलगत्तै भारतले लगाएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ पनि आयात गर्न प्रयोग गरिएको यो नाका कोभिड–१९ का कारण गत माघदेखि नै ठप्प छ । पूर्वाधार निर्माणपछि खोलिएको तातोपानी नाका पनि गत असार २४ गते भोटेकोसी नदीमा आएको बाढी पहिरोका कारण बन्द छ । दुवै नाका ठप्पजस्तै हुँदा नेपाली व्यवसायीले खरिद गर्न लागेका अर्बौं रुपियाँ मूल्य बराबरका समान तिब्बती भूमिमै अड्...
प्रधानमन्त्रीले आउँदो शुक्रबार राष्ट्रसंघको ७५ औं महासभालाई  सम्वोधन गर्दै

प्रधानमन्त्रीले आउँदो शुक्रबार राष्ट्रसंघको ७५ औं महासभालाई सम्वोधन गर्दै

समाचार
असाेज २ काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसङ्घको ७५ औं महासभामा अप्रत्यक्षरूपमा भाग लिने भएको छ । न्युयोर्कमा आजदेखि शुरु भएको ७५औं महासभालाई प्रधानमन्त्री ओलीले आगामी शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभा अन्तर्गतका उच्चस्तरीय सत्रहरु पनि आजैदेखि प्रारम्भ भएका छन् । यो वर्षको महासभाको छलफलको विषय ‘हामीले खोजेको भविष्य र हाम्रो अपेक्षाको संयुक्त राष्ट्रसङ्घ ः प्रभावकारी बहुपक्षीय क्रियाशीलताको माध्यमबाट कोभिड–१९ सामना, बहुपक्षीयताप्रति हाम्रो सामूहिक प्रतिबद्धताको पुनर्पुष्टि’ रहेको छ । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घ स्थापनाको ७५औं वार्षिकोत्सवका अवसरमा आयोजना हुने उच्चस्तरीय बैठकलाई आगामी सोमबार सम्बोधन गर्नेछन् भने शनिबार ‘२०२० दिगो विकास लक्ष्यका क्षण’ बैठक र यही असोज १४ ग...
युरोपेली देशमा दोब्बरले बढ्यो कोरोना संक्रमण

युरोपेली देशमा दोब्बरले बढ्यो कोरोना संक्रमण

अन्तराष्ट्रिय
असाेज २ काठमाडाैं । युरोपेली देशमा कोरोना भाइरसको जोखिम थप बढ्न थालेको छ । २ हप्ताको तथ्यांक हेर्दा युरोपेली देशमा संक्रमित हुनेको संख्या दोब्बर भएको छ ।अझै जोखिम बढ्न सक्ने अनुमान गर्दै सचेत रहन विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सचेत गराएको छ । संगठनका क्षेत्रीय निर्देशक ह्यांस् लुगेले गएको दुई हप्तामा युरोपेली देशमा कोरोनो भाइरसको संक्रमण दोब्बरले बढेको बताए । उनले युरोपेली देशका लागि कठिन घडी आएको बताएको बीबीसीले उल्लेख गरेको छ ।दुई हप्तामा युरोपमा कारोना भाइरसका ३ लाख नयाँ सङ्क्रमित भेटिएको उनले बताए । यस्तै, विश्वमा कोरोना सङ्क्रमितको संख्या ३ करोड ३ लाख ४० हजार नाघेको छ । यसमध्ये दुई करोड २० लाख ३० हजारभन्दा धेरै उपचारपछि निको भएका छन् भने ९ लाख ५० हजारभन्दा धेरैको ज्यान गएको छ । ...
कागेश्वरीको मुलपानी नगर अस्पतालमा दीप प्रज्वलन

कागेश्वरीको मुलपानी नगर अस्पतालमा दीप प्रज्वलन

समाचार, समाज
असाेज २ काठमाडाैं । “सुरक्षित स्वास्थ्यकर्मीः सुरक्षित बिरामी” भन्ने मूलनाराका साथमा बिभिन्न कार्यक्रम गरि विश्व बिरामी सुरक्षा दिवस २०२० मनाइएको छ ।विश्व बिरामी सुरक्षा दिवस २०२०को अवसरमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ स्थित मुलपानी नगर अस्पताल परिसरमा बिहिबार दीप प्रज्वलन गरिएको छ । यसपाली विश्व नै कोरोना भाइरसको महामारीसँग जुधिरहेकाले दिवसलाई महामारी नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउने र बिरामीको उपचारमा जोड दिइएको छ । सरकारले बिरामी र स्वास्थ्यकर्मीको मनोबल बढाउन दीपावली गरी दिवस मनाउन गरेको अनुरोध अनुसार कागेश्वरी मनोहरा नगरपालिकाको नगर असपतालमा दिप प्रज्वलन गरिएको हो  । साँझ स्वास्थ्यकर्मीको सम्मान ,कोरोना संक्रमितहरुको सिघ्र स्वास्थ्य लाभको कामनाका साथै    सङ्क्रमणबाट मृत्यु भएका सम्झनामा  दिप प्रज्वलन गरिएको कागेश्वरी मनोहरा नग...
बागमती प्रदेश सरकारले बनाएकाे एकिकृत मुसहर बस्ती आज हस्तान्तरण गरिदै

बागमती प्रदेश सरकारले बनाएकाे एकिकृत मुसहर बस्ती आज हस्तान्तरण गरिदै

समाचार
असाेज २ काठमाडाैं । बागमती प्रदेश सरकारले आबास विहीन मुसहर जातीकालागि सिन्धुलीको दुधौलीमा निर्माण गरेको एकिकृत बस्ती आज असोज २ गते  हस्तान्तरण हुदैछ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनता आवास कार्यक्रम अन्तर्गत निर्माण गरेका ३३५ वटा घर भोली हस्तान्तरण गर्न लागिएको हो ।प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत अति सिमान्तकृत जाती समुदायका लागि एकिकृत बस्ती विकास कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । जस अन्तरगत सिन्धुलीको दुधौली नगरपालिकाको वडा नम्बर ७ र ९ मा निर्माण गरेको एकीकृत मुसहर बस्ती भोली एक कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गर्न लागेको हो । प्रदेश सरकारले दुईकरोड लागतमा निर्माण गरेको ३३५ वटा घर भएकाे मुसहर बस्तीको साँचो भोली संविधान दिवशको अवसर पारेर मुख्यमन्त्री डोरमणि पौडेलले हस्तान्तरण गर्नुहुनेछ ।प्रदेश सरकारले आबास विहीन अति सिमान्तकृत माझी, मुसहर र चे...
५५ रुपैयाँमा तीन दिनसम्म अनलिमिटेड फेसबुक र युट्युब चलाउन पाइने ;टेलिकमको अफर

५५ रुपैयाँमा तीन दिनसम्म अनलिमिटेड फेसबुक र युट्युब चलाउन पाइने ;टेलिकमको अफर

समाचार
असाेज २ काठमाडाैं । संविधान दिवसको अवसरमा नेपाल टेलिकमले आफ्ना सेवामा विभिन्न प्याकेज सुविधा उपलब्ध गराउने भएको छ । असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपैयाँ प्रतिप्याकमा खरिद गरी तीन दिनसम्म प्रयोग गर्न सकिनेछ । साथै अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ रुपैयाँमा एक जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधासमेत उपलब्ध हुनेछ । यो प्याक पनि खरिद गरेको मितिदेखि तीन दिनसम्म प्रयोग गर्न सकिनेछ । अहिले समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने दैनिक एक जीबी डाटा प्याक आठ सय ५० रुपैयाँमा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यो प्याक पाँच सय ५५ रुपैयाँमा उपलब्ध हुनेछ । संविधान दिवसका अवसरमा उपलब्ध अफरहरु *1415*11# डायल गरी प्राप्त गर्न सकिन्छ । ...
आज असाेज २ गते शक्रबार हेर्नुहाेस् राशिफल

आज असाेज २ गते शक्रबार हेर्नुहाेस् राशिफल

राशिफल
आज वि.सं.२०७७ साल असोज २ गते शुक्रबार । सन् २०२० सेप्टेम्बर १८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । अधिक आश्विन शुक्लपक्ष । प्रतिपदा तिथि । चन्द्रमा कन्याराशिमा । काठमाडौंमा सूर्योदय बिहान ५ः५ र सूर्यास्त बेलुकी ६ः३ मिनेटमा मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बुद्धिले सहि निर्णय लिनेछ । धनको प्राप्ति हुनेछ । सन्तानले साथ दिनेछन् । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)मानसिक तनाव बढ्नेछ । घरायसी समस्यामा परिनेछ । आपसी मित्रता टुट्नेछ । मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)  बोली वचनले साथ दिनेछ । धनको सहयोग मिल्नेछ । कुटुम्ब भेटघाट हुनेछ । कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यक्तिगत काममा अलमल हुनेछ । खुसियाली बढ्नेछ । रमाइलोमा खर्च हुनेछ । सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ योजनामा पराक्रम बढ्नेछ । छोटो यात्रा हुनेछ । काममा जिम्मेवारी थपिनेछ...