आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

बागमती प्रदेश सरकारले बनाएकाे एकिकृत मुसहर बस्ती आज हस्तान्तरण गरिदै

असाेज २ काठमाडाैं । बागमती प्रदेश सरकारले आबास विहीन मुसहर जातीकालागि सिन्धुलीको दुधौलीमा निर्माण गरेको एकिकृत बस्ती आज असोज २ गते  हस्तान्तरण हुदैछ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनता आवास कार्यक्रम अन्तर्गत निर्माण गरेका ३३५ वटा घर भोली हस्तान्तरण गर्न लागिएको हो ।
प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत अति सिमान्तकृत जाती समुदायका लागि एकिकृत बस्ती विकास कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।

जस अन्तरगत सिन्धुलीको दुधौली नगरपालिकाको वडा नम्बर ७ र ९ मा निर्माण गरेको एकीकृत मुसहर बस्ती भोली एक कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गर्न लागेको हो । प्रदेश सरकारले दुईकरोड लागतमा निर्माण गरेको ३३५ वटा घर भएकाे मुसहर बस्तीको साँचो भोली संविधान दिवशको अवसर पारेर मुख्यमन्त्री डोरमणि पौडेलले हस्तान्तरण गर्नुहुनेछ ।
प्रदेश सरकारले आबास विहीन अति सिमान्तकृत माझी, मुसहर र चेपाङ जातीहरुका लागि प्रदेशका अन्य स्थानमा पनी एकीकृत बस्ती निर्माण गर्ने योजना बनाएको छ ।

जसअन्तर्गत दोलखाको भीमेश्वर–४ मा जिलु एकीकृत बस्ती विकास कार्यक्रमका लागि दुई करोड, मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ र १२ का लागि २ करोड ५० लाख, सिन्धुपाल्चोकको इन्द्रावती–५ मा प्युघर भदौरे एकीकृत माझी बस्ती विकासका लागि एक करोड, सिन्धुपाल्चोककै हेलम्बुमा नोर्वुलिङ एकीकृत माझी बस्ती विकास कार्यक्रमका लागि ३० लाख, सिन्धुपाल्चोककै चौतारा, साँगाचोक गढीमा झ्याडी एकीकृत नमूना माझी बस्ती विकास कार्यक्रमका लागि ४० लाख, धादिङ एकीकृत बस्ती विकास कार्यक्रमका लागि ४५ लाख बजेट विनियोजन गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *