आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

भारतिय अभिनेता सबरी नाथको ४३ वर्षको उमेरमा निधन

भारतिय अभिनेता सबरी नाथको ४३ वर्षको उमेरमा निधन

अन्तराष्ट्रिय
असाेज २ काठमाडाैं । भारतिय चर्चित टिभि सिरियल ‘अमला पढता’ पेनकिली’ मा अभिनय गरेका अभिनेता सबरी नाथको निधन भएको छ । उनको ४३ वर्षको उमेरमा हृदयघातका कारण बिहिबार निधन भएको हो । उनको निधनको खबरले बलिउड शोकमा डुबेको छ । ब्याडमिन्टन खेल्दा खेल्दै बेहोस भएका सबरी नाथलाई अस्पताल पुर्याउँदा मृत घोषणा गरेको भारतिय मिडियाले जनाएको छ । श्रीमती र दुई छोरीसँगै भारतमा बस्दै आएका उनले चलचित्रमा पनि अभिनय गरेका छन् । ...
जनता समाजवादी पार्टीले संविधान दिवसका दिन विरोध प्रदर्शन गर्ने

जनता समाजवादी पार्टीले संविधान दिवसका दिन विरोध प्रदर्शन गर्ने

राजनीति
असाेज २ काठमाडाैं । जनता समाजवादी पार्टीले संविधान दिवसको दिन देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्ने भएको छ ।सरकारले संविधान दिवस मनाउनका लागि आम नागरिकमा अनुरोध गरेकोप्रति पनि जसपाले असहमति जनाएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यावले शुक्रबार एक विज्ञप्ती जारी गर्दै संविधान दिवसका दिन (शनिबार) देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्ने जनाएका हुन् ।संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरण लगायतका प्रावधानहरु अपुरो र अपूर्ण हुनुका साथै विभेदकारी प्रावधानहरु राखिएको जसपाको भनाइ छ । ‘सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने, विरोध गर्ने र संविधानमा रहेका विभेदकारी एवम् त्रुटिपूर्ण प्रावधानहरु परिवर्तनका लागि उक्त दिन अर्थात असोज ३ गते विभिन्न प्रकारका विरोध कार्यक्रम आयोजना गर्न आम जनसमुदाय एवम् सम्पूर्ण पार्टी संगठनहरुलाई आह्वान ग...
नेपालमा आज कोरोनाबाट ७ जनाले ज्यान गुमाए

नेपालमा आज कोरोनाबाट ७ जनाले ज्यान गुमाए

समाचार
असाेज २ काठमाडाैं । नेपालमा शुक्रबार थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३९० पुगेको छ । त्यस्तै यसअघि विहीबार ९हिजो० कोरोनाका कारण नेपालमा ४ जनाको मृत्यु भएको थियो । त्यसअघि बुधबार कोरोनाका कारण ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो । यसैबिच नेपालमा आज ८ सय ७१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यो सहित देशभर कोरोनालाई जित्नेको संख्या ४३ हजार ८ सय २० पुगेको छ । यसैबिच नेपालमा पछिल्लो २४ घण्टामा ११४५८ जनाको पिसिआर परिक्षण गरिएको छ । जसमध्ये २ हजार २० जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा आज सक्रिय संक्रमितको संख्या १७३८३ रहेको छ । मन्त्रालयका अनुसार आजसम्म संस्थागत आइसोलेसनमा रहनेको संख्या ९२९५ रहेका छन् । हो...
कैदीहरूलाई आम माफी दिन राष्ट्रपतिलाई सिफारिस

कैदीहरूलाई आम माफी दिन राष्ट्रपतिलाई सिफारिस

समाचार
असाेज २ काठमाडाैं । संविधान दिवसको दिन शनिबार ३ सय २ जना कैदीलाई आम माफी दिन राष्ट्रपतिलाई सिफारिस गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले स्विकृत गरेपछि शनिबार उनिहरु छुट्ने छन्। सरकारले संविधान दिवस र गणतन्त्र दिवसका दिन कैदीलाई आम माफी दिँदै आएको छ। ५० प्रतिशत कैद भुक्तान भएका, असल चालचलन भएका र नकारात्मक कसुरको सूचीमा नपरेका कैदीलाई आम माफी दिने गरिएको छ। गम्भिर प्रकृतिका करिब दुई दर्जन कसुरमा भने आम माफीको व्यवस्था छैन। बलात्कार, लागु औषधलगायत मुद्धाका कैदीले आम माफी पाउने गरेका छन्। २०७५ साल अघि ४० प्रतिशत कैद भुक्तान गरेका कैदीले आम माफी पाउने गर्थे। राष्ट्रपतिले दिने आम माफी भने विवादमुक्त रहने गरेको छैन। राजनीतिक दबाबमा कतिपय गम्भिर किसिमका अपराधीलाई आम माफी दिइएको विगतका घटनाहरु छन्। ज्यान मारेको कसुरमा दोषी ठहर भएका तत्कालिन सांसद बालकृष्ण ढुंगेललाई आम माफी दिइएको थियो ...
शुक्रबार सुनको मूल्य चार सयले बढ्यो

शुक्रबार सुनको मूल्य चार सयले बढ्यो

आर्थिक
असाेज २ काठमाडाैं । बिहीबार ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलाको चार सय रुपैयाँले बढेको छ।नेपाली बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य भने प्रतितोला १३ सय ३० रुपैयाँ पुगेको छ।छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुन तोलामा ४ सय रुपैयाँले वृद्धि भई ९६ हजार पाँच सय रुपैयाँमा कारोवार भएको छ। ...
प्याज कालोबजारी गर्ने कारबाहीमा

प्याज कालोबजारी गर्ने कारबाहीमा

आर्थिक, समाचार
असाेज २ काठमाडाैं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले विभिन्न स्थानका आठ पसललाई कारबाही गरेको छ ।अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै ती पसललाई कारवाही स्वरुप जरिवाना गर्दा चौध लाख ८० हजार राजश्व समेत सङ्कलन भएको छ । विभागका निर्देशक एवम् सूचना अधिकारी रविन्द्र आचार्यले तरकारी, पानी तथा खाद्यान्नका पसललाई आज कारबाही गरिएको जानकारी दिए। बजारमा पछिल्लो समय प्याजको मूूल्यमा वृद्धि भएको छ । विभागले व्यावसायिले बढी मूल्यमा प्याज बिक्री गर्न थालेपछि तरकारी बजारलाई लक्षित गरी बजार अनुगमनलाई तीब्रता दिएको जनाएको छ । बिहीबार मात्र ६ वटा आलु प्याज व्यापारीलाई कारबाही गरिएको छ । उनले काठमाडौँ महानगरपालिकाको वडा नं ३२ स्थित तीनकुनेमा रहेको हरित कृषि तरकारी बजारमा रहेको उलक सब्जि भण्डार, दुलाल आलु भण्डार र व्यापारी विजेश गौतमलाई ५५÷५५ हजार जरिवाना गरिएको बताए। यसैगरी काठमाडौँ म...
आजका लागि बोलाइएको नेकपाको सचिवालय बैठक पछि सर्‍यो

आजका लागि बोलाइएको नेकपाको सचिवालय बैठक पछि सर्‍यो

राजनीति
असाेज २ काठमाडाैं । आजका लागि बोलाइएको नेकपाको सचिवालय बैठक दुई दिनपछि सरेको छ।आज बस्ने तय भएको बैठक असोज ४ गते आइतबार बस्ने गरी सारिएको नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए। ‘आज बस्ने भनिएको बैठक आइतबार बिहान ११ बजे पेरिसडाँडामै बस्नेगरी सारिएको छ,’ उनले भने। तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेपछि पहिलो पटक तत्कालीन माओवादीको पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बस्ने निर्णय भएको थियो। यसअघि अधिकांश बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएका थिए। ...
गण्डकी प्रदेशमा थप ३० जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा थप ३० जना कोरोना संक्रमित थपिए

समाचार
असाेज २ काठमाडाैं । गण्डकी प्रदेशमा थप ३० जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् ।  क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गण्डकीमा ३० नयाँ संक्रमित थपिएका हुन् ।  संक्रमितमा नवलपरासी पूर्वका २६, तनहुँ र कास्कीका दुई/दुई जना रहेका छन् । संक्रमित ९ देखि ७० वर्ष उमेर समूहका छन् । योसँगै गण्डकीमा संक्रमितको संख्या ३ हजार ३ सय २१ पुगेको छ ।    ...
बंगलादेशबाट ५० मेट्रिकटन युरिया मल पैँचोमा ल्याउने

बंगलादेशबाट ५० मेट्रिकटन युरिया मल पैँचोमा ल्याउने

आर्थिक
असाेज २ काठमाडाैं । सरकारले बंगलादेशबाट ५० मेट्रिकटन युरिया मल पैँचोमा ल्याउने औपचारिक निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बंगलादेशबाट मल ल्याउन कृषि मन्त्रालयलाई सहमति दिएको मन्त्रालय स्रोतले जनाएको छ । ‘मल ल्याउने विषयमा अनौपचारिक सहमति बने पनि औपचारिक प्रकृयाका लागि सरकारले बिहीबार निर्णय गरेको हो,’ मन्त्रालय स्रातले भन्यो ।सरकारको निर्णयपछि दुई महिनाभित्र मल नेपाल ल्याइसक्ने प्रक्रिया थालिएको मन्त्रालयले जनाएको छ । बंगलादेशले ब्लकमा (खुल्ला) उपलब्ध गराउने र त्यसलाई प्याकेजिङ गरेर ल्याउनकालागि फाष्ट ट्र्याक टेण्डर प्रक्रिया अवलम्बन गरिने मन्त्रालयले जनाएको छ ।खुल्ला प्रतिस्पर्धाबाटै मल ल्याउने निधो भए पनि ढुवानीको माध्यम भने यकिन भइनसकेको मन्त्रालयको भनाइ छ । बंगलादेशसँग पैँचोमा मागिएको मल नेपालले ग्लोबल टेण्डर गरेर ८ महिनाभित्र बंगलादेशनै लगिदिनु पर्ने सहमति ब...
खाली ग्यास सिलिण्डरको मूल्य २१ सय रुपैयाँ

खाली ग्यास सिलिण्डरको मूल्य २१ सय रुपैयाँ

शिक्षा
असाेज २ काठमाडाैं । नेपाल एलपी ग्यास उद्योग संघले बागमती प्रदेशमा एलपी ग्यासको खाली सिलिण्डरको धरौटी रकम २१ सय रुपैयाँ तोकेको छ । बजारमा कम्पनीअनुसार सिलिण्डरको धरौटी रकममा मनपरी मूल्य लिइएपछि एक रुपता ल्याउन यस्तो निर्णय गरिएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए । बागमती प्रदेशमा शुक्रबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार अब जुनसुकै कम्पनीको सिलिन्डरसहित किन्दा ३४ सय ७५ रुपैयाँ भन्दा बढी तिर्नुपर्ने छैननिगमले तोकेको ग्यासको प्रतिसिलिण्डर मूल्य १३ सय ७५ र सिलिण्डरको धरौटी २१ सय गरेर भरी सिलिण्डर ग्याससहित नयाँ सिलिण्डरको मूल्य निर्धारण गरिएको अध्यक्ष भण्डरीले बताए । ‘यसअघि नयाँ सिलिण्डरसहितको ग्यास खरिद गर्दा उपभोक्ताले ४ हजार ५ सय रुपैयाँसम्म तिरेको गुनासो आएको थियो अब उपभोक्ता ठगिन पाउँदैन,’ अध्यक्ष भण्डारीले भने ।सिलिण्डरको फ्याक्ट्री लागत १९ सय ५० रुपैयाँ, ढुवानी ५० रुपै...