असाेज २ काठमाडाैं । नेपालमा शुक्रबार थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३९० पुगेको छ ।
त्यस्तै यसअघि विहीबार ९हिजो० कोरोनाका कारण नेपालमा ४ जनाको मृत्यु भएको थियो । त्यसअघि बुधबार कोरोनाका कारण ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो । यसैबिच नेपालमा आज ८ सय ७१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
यो सहित देशभर कोरोनालाई जित्नेको संख्या ४३ हजार ८ सय २० पुगेको छ । यसैबिच नेपालमा पछिल्लो २४ घण्टामा ११४५८ जनाको पिसिआर परिक्षण गरिएको छ ।
जसमध्ये २ हजार २० जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा आज सक्रिय संक्रमितको संख्या १७३८३ रहेको छ । मन्त्रालयका अनुसार आजसम्म संस्थागत आइसोलेसनमा रहनेको संख्या ९२९५ रहेका छन् । होम आइसोलेसनमा ८०८८ जना रहेका छन् ।Comment
