आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

काठमाडौ उपत्यकामा निषेधाज्ञालाई  थप एक हप्ता अझै कडाई गर्ने

काठमाडौ उपत्यकामा निषेधाज्ञालाई थप एक हप्ता अझै कडाई गर्ने

समाचार, समाज
 कोभिड १९ संकट व्यवस्थापन अध्यादेश जारी भएपछि त्यसमा भएका प्रावधान कार्यान्वयन गर्न आज काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ। निषेधाज्ञालाई थप कडाई गर्ने र उल्लंघन गरे जरिवान समेत गर्ने गरी जारी गरिएको अध्यादेशको प्राब्धानलाई कार्यान्वनको विषयमा छलफल गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार सरकारले केही दिन अघि जारी गरेको अध्यादेशको बारेमा छलफल हुनेछ। निषेधाज्ञामा सरकारले जारी गरेको कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमा गरिएका व्यवस्थालाई प्रभावकारी रुपमा बुधबारबाट लागू गर्ने तयारी गरेको पनि जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ। काठमाडौ उपत्यकामा पहिलाको भन्दा संक्रमणदर कम हुदै गएको अवस्थामा एक हप्ता अझै कडाई गर्ने हो भने थप कम हुने बुझाई उपत्याकाका...
‘हामीलाई गरिएको कारबाहीको कुनै अर्थ छैन । हामी नयाँ पार्टी खोल्छौं:झलनाथ खनाल

‘हामीलाई गरिएको कारबाहीको कुनै अर्थ छैन । हामी नयाँ पार्टी खोल्छौं:झलनाथ खनाल

राजनीति, समाचार
पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका नेता झलनाथ खनालले अध्यक्ष ओली कम्युनिस्ट आन्दोलनको ‘गद्दार’ रहेको टिप्पणी गरे । आफूहरूले पार्टीलाई जोगाएर यहाँसम्म ल्याएको बताउँदै उनले कारबाहीको कुनै अर्थ नरहेको बताए । ‘हामीलाई गरिएको कारबाहीको कुनै अर्थ छैन । हामी नयाँ पार्टी खोल्छौं । प्रतिनिधिसभा विघटन गर्ने ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमको हामी समर्थन गर्न सक्दैनौं,’ खनालले भने । यसैगरी, नेता रावलले आफूहरूलाई गरिएको कारबाही हास्यास्पद भएको टिप्पणी गरेका छन् । समाजिक सञ्जाल ट्वीटरमा नेता रावलले राष्ट्रघाती काम गर्ने ओलीले साधारण सदस्यबाट हटाइयो भन्नु फुटवादको निरन्तरता भएको उनले जनाएका छन् ।-राजधानी दैनिक ...
सरकारले ल्याएको नागरिकता  अध्यादेश खारेज गर्न माग गर्दै सर्बोच्चमा रिट पेश

सरकारले ल्याएको नागरिकता अध्यादेश खारेज गर्न माग गर्दै सर्बोच्चमा रिट पेश

समाचार, समाज
 प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको नागरिकता सम्बन्धी अध्यादेश खारेज गर्न माग गर्दै सर्बोच्च अदालतमा रिट पेश भएको छ। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्कीले आज रिट पेश गरेको छन। रिटमा अध्यादेश संविधानसँग बाझिएको भन्दै उत्प्रेषणको आदेशद्वारा अमान्य र बदर गर्न माग गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृहमन्त्रालयलाई विपक्षीय बनाइएको रिटमा अध्यादेशमार्फत थपिएका सबै दफा तथा उपदफा बदर गर्न माग गरिएको छ। नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न संसदमा छलफल समेत सकिएर पारित हुन बाँकी रहेको विधेयक रहेको भन्दै अध्यादेश ल्याउन उचित नुहने उनीहरुको तर्क छ । यस्तै सत्तासँग नागरिकता जस्तो विषयमा सम्झौता गरेको समेत आरोप लगाइएको छ। ...
आज जेठ ११ गते मंगलबारको  राशिफल

आज जेठ ११ गते मंगलबारको राशिफल

राशिफल, समाचार
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जीवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । नयाँ कार्य थालनिको सम्भाबना रहेकोछ । सभासम्मेलन जन्य कार्यमा सामान्य मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । प्रतिश्पर्दा जन्यकार्यमा बिशेष सजग रहनु होला । सामान्य आर्थीक अभावको सम्भाबना रहेकोछ । परिवारका सदस्यह? बाट टाढा भएको महसुस हुनेछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ । मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतह? फेला पर्नेछन ।...
(नेप्से)मा आज नयाँ रेकर्ड कायम

(नेप्से)मा आज नयाँ रेकर्ड कायम

आर्थिक, समाचार
 नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज नयाँ रेकर्ड कायम भएको छ। नेप्सेमा आज एकैदिन १३ अर्बमाथिको कारोबार भएको छ। यो हालसम्मकै धेरै हो। यसदिन नेप्से परिसूचक पनि हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ। आज बजार ३ अंकले बढेर २८२३.०७ को बिन्दुमा पुगेर बन्द भएको छ। ‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.३१ अंकले बढेर ५०८.५० को बिन्दुमा पुगेको छ। ...
नेपालमा पछिल्लो २४ घण्टामा ७,२२० जना नयाँ कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ७,२२० जना नयाँ कोरोना संक्रमित थपिए

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा ७,२२० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। १९ हजार ८ सय ४६ जनाको पीसीआर रिपोर्ट परीक्षण गरिएकोमा सो संख्यामा नयाँ संक्रमित फेला परेका हुन। सोही अवधिमा ७,१३५ जनाले कोरोनालाई परास्त गरेका छन्। यस्तै, पछिल्लो २४ घण्टामा १८५ जना संक्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रिमतको संख्या १ लाख १५ हजार ४ सय ४७ जना रहेका छन्। आज थपिएका कोरोना संक्रमित मध्ये काठमाडौं उपत्यकामा धेरै छन्। उपत्यकामा एकैदिन दुई हजार ७ सय ९३ जनामा संक्रमण पुष्टि भएको हो। जस मध्ये काठमाडौंका एक हजार ८ सय ६ रहेका छन्। यस्तै, भक्तपुरमा २ सय ९८ र ललितपुरमा ६ सय ८१ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ...
इङलिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सिजनको आफ्नो अन्तिम खेलमा जित हासिल

इङलिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सिजनको आफ्नो अन्तिम खेलमा जित हासिल

अन्तराष्ट्रिय, खेलकुद, समाचार
 इङलिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सिजनको आफ्नो अन्तिम खेलमा जित हासिल गरेको छ । टोटेनहमलाई जित दिलाउन अन्तिम खेलमा एक गोल गरेका ह्यारी केनले प्रिमियर लिग गोल्डेन बुट पाएका छन् । उनले यो सिजन टोटेनहमका लागि २३ गोल गरे । उनीपछि लिभरपुलका मोहम्मद सलाहले २२ गोल गरे । सिजनको अन्तिम खेलमा टोटेनहमले लेस्टर सिटीलाई ४–२ ले पराजित गरेको हो । टोटेनहलाई जित दिलाउन ग्यारेथ बेलले दुई गोल गरे । ह्यारी केनले एक गोल गरे । एक गोल टोटेनहमले आत्मघाती उपहार पाएको थियो । लेस्टरका लागि जिम्मी भार्डीले पेनाल्टीमार्फत दुई गोल गरे । लेस्टर टोटेनहमसँग पराजित हुँदा अर्काे सिजन च्याम्पियन्स लिगका लागि छनोट हुन सकेन । लेस्टर पराजित हुँदा चेल्सीले च्याम्पियन्स लिगमा स्थान बनायो । ...
विपक्षी दलहरुले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध आज सर्वोच्चमा रिट दायर गर्ने

विपक्षी दलहरुले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध आज सर्वोच्चमा रिट दायर गर्ने

राजनीति, समाचार
विपक्षी दलहरुले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध आज रिट दायर गर्ने भएका छन् । गठबन्धनले बिहान १० बजे १४९ मध्ये मुख्य नेताहरू भाैतिक रूपमा उपस्थित भएर रिट दायर गर्न लागेकाे हाे । यसका लागि हिजाे सबै सांसदहरूकाे हस्ताक्षर संकलन भइसकेकाे बताइएकाे छ । आइतबार नै अदालत जाने भनिए पनि कानुनी ढाँचाअनुसार कागजातसहितको विवरण र मस्यौदा तयार पार्न ढिलाइ भएपछि सोमबार मात्रै रिट पेस गर्ने तयारी गरिएको हो । विपक्षी गठबन्धनले दायर गर्न लागेको रिटमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएकोले सो सम्बन्धी निर्णय बदर गर्न माग गरिएकाे छ । रिटले संविधानको धारा ७६ (५) अनुसार बहुमत सांसदहरुको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवाले गरेको दावी सदर गर्दै प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग समेत गरेको छ । यस्तै, रिटमा नेपालको संविधान र सर्वोच्च अदालतले विगतमा स्थापित गरेका नजीर र सिद्धान्त व...
राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मसिद्धका सन्तानले नागरिकता पाउने अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मसिद्धका सन्तानले नागरिकता पाउने अध्यादेश जारी

समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मसिद्धका सन्तानले नागरिकता पाउने अध्यादेश जारी गरेकी छन्। सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले आइतबार सो अध्यादेश जारी गरेकी हुन। संविधानको धारा ११ को उपधारा (३)मा संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ। राष्ट्रपतिले सो प्रावधानलाई संसोधन गरिएको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन । प्रधानमन्त्री ओलीले जनता समाजवादी दल (जसपा) का अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महतोको माग पूरा गर्न यो अध्यादेश ल्याएको बताइएको छ। 443Shares ...
आज जेठ १० गते साेमबारको राशिफल

आज जेठ १० गते साेमबारको राशिफल

राशिफल, समाचार
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्य थालनिको सम्भाबना रहेकोछ । सभासम्मेलन जन्य कार्यमा सामान्य मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रतिश्पर्दा जन्यकार्यमा बिशेष सजग रहनु होला । सामान्य आर्थीक अभावको सम्भाबना रहेकोछ । परिवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ । मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन...