आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

विश्वमा एकैदिन थपिए तीन लाख ८ हजार ९ सय ५९ जना नयाँ संक्रमित

विश्वमा एकैदिन थपिए तीन लाख ८ हजार ९ सय ५९ जना नयाँ संक्रमित

अन्तराष्ट्रिय
असोज ९ काठमाडौं। विश्वमा एकैदिन तीन लाख बढीमा संक्रमण देखिएको छ ।वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन तीन लाख ७ हजार ९ सय ५९ जनामा संक्रमण देखिएको छ । यसरी विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड २३ लाख ९४ हजार ८ सय २७ पुगेको छ ।त्यस्तै विश्वमा कोरोना संक्रमणबाट एकैदिन ५ हजार ७ सय ८२ जना संक्रमितको मृत्यु भएको छ । यसरी विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख ८७ हजार ६६ जना पुगेको छ ।संक्रमित दुई करोड ३९ लाख ४ हजार ६ सय ८७ जना संक्रमित उपचारपछि निकाे भएका छन् । ...
बायर्न म्युनिखले उचाल्यो सुपर कपको उपाधि

बायर्न म्युनिखले उचाल्यो सुपर कपको उपाधि

अन्तराष्ट्रिय, खेलकुद
असोज ९ काठमाडौं। जर्मन क्लब बायर्न म्युनिखले यूईएफए सुपर कपको उपाधि जितेको छ । बिहीबार राति स्पेनिस क्लब सेभियालाई २–१ ले हराउँदै बायर्नले सुपर कपको उपाधि हात पारेको हो । कोरोना महामारीपछि पहिलोपटक मुख्य प्रतियोगितामा दर्शकलाई मैदान प्रवेशको अनुमति दिइएको थियो । मैदानमा झण्डै २० हजार दर्शकको उपस्थिति थियो । खेलमा सेभियाले १३ औं मिनेटमा अग्रता लिँदै लुकास ओकम्पोसको पेनाल्टी गोल लिएको थियो । डभिड अल्बाले इभान राकिटिचलाई डिबक्स भित्र लडाएपछि सेभियाले पेनाल्टीको अवसर पाएको थियो ।बायर्नका लियोन गोरेत्र्जकाले ३४ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।बायर्नका लियोन गोरेत्र्जकाले ३४ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । त्यस...
ललितपुरमा तीनजना कोरोना संक्रमितको मृत्यु

ललितपुरमा तीनजना कोरोना संक्रमितको मृत्यु

समाचार
असोज ९ काठमाडौं।ललितपुरमा थप तीन जना कोरोना स्रंक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन्।दुईजनाको मेघा अस्पताल र एकजनाको बयोधा अस्पतालमा मृत्यु भएको हाे। मेघा अस्पतालमा असोज ६ गते भर्ना भएकी ७० वर्षीय ललितपुरकी महिलाको बिहीबार उपचारका क्रममा मृत्यु भएको स्वास्थय कार्यालयले जानकारी दिएको छ ।सोही अस्पतालमै उपचारत असोज ५ गते भर्ना भएका भक्तपुरका ७३ वर्षीय पुरुषको पनि बिहीबार नै मृत्यु भएको हो । यस्तै बयोधा अस्पतालमा ललितपुरका ७२ वर्षीय कोरोना संक्रमित पुरषको बुधबार मृत्यु भएको कार्यालयले जानकारी दिएको छ। ...
एकै परिवारका ९ जनाको सामूहिक दाहसंस्कार

एकै परिवारका ९ जनाको सामूहिक दाहसंस्कार

समाचार
असोज ९ वालिङ । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ ।स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो। नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो । ६ महिनाका बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको नेपाल दलित सङ्घ स्याङ्जाका अध्यक्ष लिलबहादुर रनपालले बताए।सबैजना एकैघरका भएकाले दागबत्ती दिने परिवारभित्रैको कोही पनि नभएपछि आफन्तमध्येका जीबलाल परियारले सबै जनालाई दागबत्ती दिए। ‘पहिरोमा पुरिएर ज्यान गुमाएका सबैको शवलाई प्राथमिक अस्पताल वालिङमा पोष्टमार्टम गरेर रामनदीधामस्थित कालीगण्डकी नदीमा अन्तिम दाहसंस्कार गरेका छौँ’, अध्यक्ष रनपालले भने।एकै परिवारका नौ जनाको एकैपटक दाहसंस्कार गरिएको यो हृदयविदारक घटना नौलो भएको अध्यक्ष रनपालले बताए। ...
आज पनि दिनभर  पानी परिरहने मौसम विदको अनुमान

आज पनि दिनभर पानी परिरहने मौसम विदको अनुमान

माैसम
असोज ९ काठमाडौं। विगत केही दिनदेखि परिरहेको झरी शुक्रबार पनि कायमै रहने भएको छ।देशभर शुक्रबार दिउँसोको मौसममा सामान्य देखि अधिकांश बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक दुर्इ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । शुक्रबार राति पनि देशभर सामान्य देखि अधिकांश बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थान भारी वर्षाको समेत सम्भावना रहेको छ। अहिले बिहान देशभर सामान्य बदली रही प्रदेश नम्बर १ प्रदेश नम्बर २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ ...
विश्वका पाँच करोडभन्दा बढी मानिस जलवायु परिवर्तनको प्रकोपबाट प्रभावित

विश्वका पाँच करोडभन्दा बढी मानिस जलवायु परिवर्तनको प्रकोपबाट प्रभावित

अन्तराष्ट्रिय
असोज ९ न्युयोर्क । विश्वका पाँच करोड १६ लाख व्यक्ति जलवायु परिवर्तन सम्बन्धी प्रकोपबाट प्रभावित भएका बताइएको छ। जलवायु परिवर्तनसम्बन्धी प्रकोपहरु जस्तै बाढीपहिरो, खडेरी आँधीबेहरीजस्ता प्रकोपबाट उनीहरु प्रभावित हुन पुगेका बुधबार प्रकाशित एक प्रतिवेदनमा जनाइएको छ। इन्टरनेसनल फेडरेसन अफ रेडक्रस र रेड क्रिसेन्ट सोसाइटी आईएफआरसीको क्लाइमेट सेन्टरले बुधबार प्रकाशन गरेको त्यस अनुसन्धान प्रतिवेदनमा जानकारी दिइएको छ। कोभिड १९ ले पनि प्रत्यक्ष रूपमा मौसम सम्बन्धित प्रकोपबाट प्रभावित व्यक्तिहरुलाई असर पार्दै दुःख बढाइरहेको अध्ययनले प्रकाशन गरेको प्रतिवेदनममा जनाइएको छ। जलवायु सम्बन्धी आपतकाल र महामारीको संयुक्त प्रभावको विशाल रुपमा प्रदर्शन हुदै आएको सो प्रतिवेदनमा जनाइएको छ। उक्त प्रतिवेदनमा उल्लेख गरिए अनुसार विश्वका कैयौँ मानव समुदायहरुमा एकपछि अर्को गर्दै जोखिमको मात्रा बढाइदिएको ...
चाबहिल–साँखु सडकको दुःख : पहिले स्थानीयवासीले जग्गा दिएनन्, अहिले ठेकेदारले काम गरेनन्

चाबहिल–साँखु सडकको दुःख : पहिले स्थानीयवासीले जग्गा दिएनन्, अहिले ठेकेदारले काम गरेनन्

समाचार
असोज ९ काठमाडौं। ठेकेदारको लापरवाही र सडक मापदण्डको झमेलाका कारण काठमाडौंको चाबहिल–जोरपाटी–साँखु सडक विस्तार अवरुद्ध छ । १२ किलोमिटर लम्बाइको सडक विस्तार र कालोपत्रे नहुँदा त्यस क्षेत्रका बासिन्दाले पाँच वर्षदेखि निरन्तर दुःख खेप्दै आएका छन् । काठमाडौंका उत्तरपूर्वी गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिकालाई जोड्ने लाइफलाइन सडक हो, यो । बाक्लो सवारी चाप हुने साँघुरो सडकमा घन्टौं जाम हुन्छ । घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य रहन्छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले असोज ०७२ मा सडकलाई २२ मिटर फराकिलो बनाएर कालोपत्रे गर्ने ठेक्का लगायो । तर, अहिलेसम्म सडक विस्तार नै भएको छैन, कालोपत्रे त टाढाको कुरा । सडक विस्तार र कालोपत्रेको ठेक्का लिएका निर्माण कम्पनीहरूले सम्झौता अवधि सकिएर तीन वर्षदेखि निरन्तर म्याद थप गराएका छन्, तर काम गरेका छैनन् । ठाउँ–ठाउँमा सडक भत्क...
पञ्जावको सहज जित, बैंग्लोर ९७ रनले पराजित ;आईपीएल

पञ्जावको सहज जित, बैंग्लोर ९७ रनले पराजित ;आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
असोज ९ काठमाडौं।किङ्स इलाभेन पन्जाबले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग–आईपीएल) टी(ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । गएराति खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराजित गर्दै पन्जाबले पहिलो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा पन्जाबले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको बैंगलोर १७ ओभरमा अलआउट हुँदै १ सय ९ रनमा समेटियो । बैंगलोरका लागि वासिङ्गटन सुन्दरले सर्वाधिक ३० रन जोडे । यस्तै एबी डी भिलियर्सले २८ तथा आरोन फिन्चले २० रन बनाए शिवम डुबे १२ रनमा आउट भए । बैंगलोरलाई सस्तैमा समेट्न पन्जाबका रबि बिश्नोई र मुरुगान आश्विनले ३/३ विकेट लिए । सेलड्रोन कोट्रेलको नाममा २ विकेट रह्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो । पन्जाबका लागि कप्तान केएल राहुलले अविजित रहदै १ सय ३२ रनको शतकीय इनिङ्स खेले ...
जाल्टन इब्रामोभिचलाई कोरोना संक्रमण

जाल्टन इब्रामोभिचलाई कोरोना संक्रमण

अन्तराष्ट्रिय
 असोज ९ काठमाडौं। इटालियन जाल्टन इब्रामोभिचलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एसी मिलानले उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको छ ।एसी मिलानका अनुभवी स्टाकर इब्रामोभिचलाई बिहीबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वीडिस खेलाडी इब्रामोभिच एसी मिलानमा कोरोना देखिएकामध्ये दोस्रो खेलाडी हुन् । गएको सोमबार मिलानले बोलोग्नाविरुद्ध २–० गोलको जीत निकाल्दा दुई गोल गरेका थिए । यसअघि मंगलबार एसी मिलानका डिफेन्डर लिओ डुआर्टेलाई समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । ...
आज असोज ९ गते शुक्रबार राशिफल

आज असोज ९ गते शुक्रबार राशिफल

राशिफल
आज २०७७ असोज ९ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ : मेष – कार्य क्षेत्रमा सफलता मिल्नेछ । आरोग्यता बढ्ला । बौद्धिक, रचनात्मक, कलात्मक, साहित्य, संगीत आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । असल भावनाले युक्त कार्य शुभ र सफलतादायक रहनेछ । इष्टमित्र र सन्तानको सुख बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । धनसम्पत्ति बढ्नेछ । सुख शान्ति बढ्ला । साझेदारीको काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । प्रसिद्धि र ख्याति फैलिनेछ । हांसविलासमा आकर्षण बढ्नेछ । सार्वजनिक क्षेत्रमा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । बृष – सुखशान्ति बढ्नेछ । यात्रा होला । धन समृद्धि बढ्नेछ । आरोग्यता बढ्ला । विजय...