आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

छैटौँ सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदै

छैटौँ सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदै

शिक्षा
असोज १० काठमाडौं । ‘सुरक्षित गर्भपतन सेवाप्रतिको हाम्रो प्रतिबद्धता, कोभिड–१९ को महामारीमा पनि सेवाको सुनिश्चितता’ भन्ने नाराका साथ असोज १० गते छैटौँ सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदै छ । परिवार स्वास्थ्य कल्याण महाशाखाले जुम प्रविधिबाट आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशक डा भीमसिंह तिंकरीले प्रत्येक वर्ष १० लाख ४८ हजार महिला गर्भवती हुने गरेको उल्लेख गर्दै अनिच्छित गर्भधारण गर्नेमध्ये ५८ प्रतिशतले मात्र सरकारले मान्यता दिएको स्वास्थ्य संस्थामा गई गर्भपतन गराउने गरेको बताए । महाशाखाले गरेको अनुसन्धानअनुसार वार्षिक ४३ प्रतिशत दम्पतीले मात्र सुरक्षितरुपमा आधुनिक परिवार नियोजनका साधन प्रयोग गर्ने गरेका छन् । हालसम्म एक लाख ३० हजार महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत वर्ष चैत ११ गतेदेखि बन्दाबन्दी लागू गरिएपछि फोनबाट सुरक्षित गर्भपतन, प्रजनन...
आज देखि सफा हुँदै जाँने

आज देखि सफा हुँदै जाँने

माैसम
असोज १० काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज एक बुलेटिन निकालेर भारतको बिहारमा बनेको न्यूनचापीय क्षेत्र उत्तरपूर्व सर्ने क्रममा रहेकाले आज बेलुकादेखि मौसम सफा हुँदै जाने जनाएको छ । हाल देशको कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश नं ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज राति प्रदेश नं १, प्रदेश नं २, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानमा तथा प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार...
बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

आर्थिक, समाचार
काठमाडौँ– सुनको मूल्य शुक्रबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाला सुनको मूल्य तोलाको ९३ हजार एक सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य पनि तोलामा ८ सय रुपैयाँले बढेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजाबी सुनको मूल्य तोलाको ९२ हजार ६ सय रुपैयाँ थियो। यस्तै चाँदी मूल्य तोलामा ४० रुपैयाँले बढेर ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। ...
दक्षिण कोरियाले ईपीएस नियममा परिवर्तन गर्ने

दक्षिण कोरियाले ईपीएस नियममा परिवर्तन गर्ने

अन्तराष्ट्रिय, आर्थिक, समाचार
दक्षिण कोरियाले ईपीएस कानुनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसद्मा पेश गरेको छ ।परिवर्तन हुने नियमानुसार कार्यस्थल परिवर्तन गरेको श्रमिक पनि ‘कमिटेड’ भई कोरियामा सहज तरिकाले पुनः रोजगारी प्राप्त गर्न सक्नेछन् । यसका लागि आफूले पहिला छाडेको कामकै क्षेत्रमा नयाँ काममा लाग्नु पर्ने, भाषा र कामको दक्षता आदि पूरा गरी उक्त श्रमिकले अर्को कम्पनीमा कम्तीमा पनि एक वर्ष काम गरेको हुनुपर्नेछ । हालसम्म कोरियामा कम्पनीको कारणबाहेक कार्यस्थल परिवर्तन गरेमा चार वर्ष १० महिना भिसा सकिएर स्वदेश फर्किएपछि पुनः ‘कमिटेड’ श्रमिकका रूपमा आउन नपाउने नियम छ । त्यस्तै कम्पनीमा यौन दुर्व्यवहारमा परी कार्यस्थल परिवर्तन गरेका श्रमिकले अर्को कम्पनीमा एक वर्ष नपुगे पनि सम्बन्धित निकायको सिफारिसमा पुनः ‘कमिटेड’ श्रमिकका रूपमा आउन पाउने कानुनसमेत संशोधनको ...
आज आईपीएलमा सन्दीपले दोस्रो खेल खेल्दै

आज आईपीएलमा सन्दीपले दोस्रो खेल खेल्दै

खेलकुद, समाचार
सन्दीप लामिछाने सम्मिलित दिल्लीले आईपीएलमा आज दोस्रो खेल खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७.४५ मा सुरु हुनेछ । पहिलो खेलको सुपर ओभरमा किंग्स एलेभन पञ्जावलाई पराजित गरेको दिल्ली आज उच्च मनोबलका साथ मैदानमा उत्रिनेछ । दिल्लीले आजको खेल पूर्व भारतीय कप्तान महेन्द्र सिंह धोनी सम्मिलित चेन्नई सुपर किंग्स बिरुद्व खेलदैछ । आईपीएलको यस अघिको सिजनमा चेन्नई बिरुद्व कजोर सावित भएको दिल्लीले जारी सिजनमा चेन्नई बिरुद्व पहिलो खेल खेल्न लागेको हो । यसअघिका खेलहरुमा चेन्नई बिरुद्व दिल्ली कमजोर देखिएपनि यसपटकको सिजनमा दिल्ली टोली बलियो देखिन्छ । दिल्ली र चेन्नईबीच भएको पछिल्लो ५ खेलमा दिल्लीले चारमा हार ब्योहोरेको छ । आईपीएलको पछिल्लो सिजनमा दुबै टोलीबीच भएको तीन खेलमा दिल्लीले दुईमा पराजय भोगेको छ । आजको खेलमा दिल्लीका मुख्य ब्याटसम्यान शिखर धवन र ऋषभ पन्तले केही किर्तिमानहरु बनाउने आशा गरिएको ...
मन्त्रिपरिषद पुनर्गठनकाे तयारी

मन्त्रिपरिषद पुनर्गठनकाे तयारी

राजनीति, समाचार
काठमाडौं। संवैधानिक निकायमा नियुक्ती, पार्टी एकताका बाँकी कामलाई पूर्णता दिने र मन्त्रिपरिषद पुनर्गठनलगायतका विषयमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा संवैधानिक निकायमा पदाधिकारी नियुक्ती र मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल भएको हो। बिहीबार पनि दुई अध्यक्षबीच झण्डै तीन घण्टा छलफल भएको थियो। मंगलबार बसेको सविचलाय बैठकले संवैधानिक निकायमा पदाधिकारी नियुक्ती तथा पार्टी एकताको काम चाँडो सक्ने गरी काम गर्न आग्रह गरेको थियो। नेकपा अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले दुई अध्यक्षबीच बालुवाटारमा भेटवार्ता भएको जनाए। प्रधानमन्त्री ओली निकट स्रोतका अनुसार दशैं अगाडि नै मन्त्रिपरिषद पुनर्गठन गर्ने गरी दुई अध्यक्षबीचको छलफल केन्द्रित छ। मन्त्रिपरिषद पुनर्गठनका विषयमा दुई अध्यक्ष ठोस निर्णयमा पुग्न...
चाडपर्व लक्षित सुपथ मुल्य पसल असोज १५ बाट सञ्चालनमा आउने

चाडपर्व लक्षित सुपथ मुल्य पसल असोज १५ बाट सञ्चालनमा आउने

आर्थिक, समाचार
काठमाडौं ८ असोज । वितगका वर्ष झै यो वर्षपनि यही असोज १५ बाट देशभर चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालनमा आउने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा नायायण प्रसाद रेग्मीले आउँदो असोज १५ बाट सरकारले सुपथ मुल्य पसल सञ्चालन गर्न लागेको जानकारी गराएका हुन् । हरेका वर्ष दशैं आउनुभन्दा १५ दिन अगाडी सञ्चालनमा आउने यो सुपथ मुल्य पसल यसपाली भने कोभिड १९ कोरोना भाइरसले गर्दा कुन कुन स्थानमा राखिने बारे छलफल भइरहेको पनि प्रवक्ता रेग्मीले जानकारी दिएका छन् । ...
नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्याे

नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्याे

समाचार
असोज ९ कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्दा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस भिरबाट खस्दा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिका–१० बस्ने २५ वर्षीय हरिषचन्द्र केसीको मृत्यु भएको हो । बस भिरबाट खस्दा गम्भीर घाइते भएका केसीको गए राति उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए । बिहीबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ना५ख ७९४० नंको बस माथिबाट खसेको पहिरोका कारण सडकबाट करिब ३० फिट तल खसेको थियो । पहिरोेका कारण बस खस्दा अन्य छ जना घाइते भएका छन् । घाइते सबैको पुरानो मेडिकल कलेज भरपुरमा उपचार भइरहेको छ । बसमा १८ जना सवार थ...
कुकुरले सुँघेर कोभिड-१९ पत्ता लगाउने

कुकुरले सुँघेर कोभिड-१९ पत्ता लगाउने

अन्तराष्ट्रिय
एजेन्सी- कुकुरले सुँघेर बिस्फोटक पदार्थ र ड्रग्स पत्ता लगाउने विषय नौलो होइन । विश्वका धेरै विमानस्थलमा यस्ता कुकुर परिचालन गरिएका हुन्छन् । तर, फिनल्यान्डको हेलसिन्की विमानस्थलमा परिचालित १० वटा कुकुर साँच्चै अनौठा छन् । विमानस्थल सञ्चालक फिनाभियाकाअनुसार मंगलबारबाट सुँघेर कोरोना भाइरस पत्ता लगाउने कुकुरहरुको समूह यहाँ परिचालन गरिएको छ । युरोपमा कोरोना भाइरसविरुद्धको लडाँइमा कुकुर प्रयोग गरिएको यो पहिलो अवसर हो । विश्वमा भने यस्तो प्रयोग दोस्रो हो । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक कोरोना पहिचानका लागि कुकुर प्रयोग गरिएको थियो । ‘कोभिड–१९ जित्नका लागि यो एक अतिरिक्त कदम हुनसक्छ,’ हेलसिन्की विमानस्थलका निर्देशक उल्ला लेट्टीजेफले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । फिनाभियाकाअनुसार तालिमप्राप्त कुकुरहरुले १०० मोलेक्लुस वा त्यसभन्दा पनि कम कण पत्ता लगाउन सक्छन् । जो पिसिआ...
आजदेखि खुल्यो मौसम

आजदेखि खुल्यो मौसम

माैसम
असोज ९ काठमाडौं। काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा आज बिहानैदेखि मौसम खुलेको छ ।आजदेखि पानी कम पर्दै जाने पनि मौसमविद्ले बताएका छन् । हिजो र अस्ति देशभरि नै झरी पारेको प्रणाली कमजोर हुँदै गएकाले आजदेखि पानी कम पर्दै जाने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए । केही स्थानमा भने ठूलो पानी पर्ने सम्भवना रहेको उनले बताए । मौसमविद पौडेलका अनुसार प्रदेश १ र २ का थोरै तथा वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक/दुई ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ । अरु ठाउँमा पनि हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । तर हिजो अस्तिको जस्तो लगातार झरीको सम्भावना नरहेको उनको भनाई छ । महाशाखाका अनुसार सुदूरपश्चिमबाट मौसम खुल्दै गएको छ । तर देशभरिकै मौसम पूर्णरुपमा खुल्न भने समय लाग्नेछ । आज दिउँसो एकैछिन घाम लागे पनि फेरि बादल लाग्न सक्छ । भोलिदेखि भने मौसम खुल्दै जानेछ । ...