आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

आज जेष्ठ १९ ,राजदरबार हत्याकाण्ड भएको २० वर्ष पूरा

आज जेष्ठ १९ ,राजदरबार हत्याकाण्ड भएको २० वर्ष पूरा

समाचार, समाज
आज जेष्ठ १९ गते । राजा वीरेन्द्र शाहको वंशनाश हुने गरि दरबार हत्याकाण्ड भएको २० वर्ष पूरा भएको छ । तत्कालीन राजा वीरेन्द्र शाह र उनको परिवारको हत्या भएको थियो । उक्त काण्डमा तत्कालिन राजा वीरेन्द्रसहित रानी ऐश्वर्या, छोराहरु युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी अधिराजकुमारी श्रुती, भाइ अधिराजकुमार धिरेन्द्र, दिदीहरु शोभा सिंह र शारदा शाहका अलावा ज्वाईं कुमार खड्ग विक्रम शाहसमेत गरि १० जनाको हत्या भएको थियो । सरकारद्वारा गठित छानविन समितिहरुले युवाराज दीपेन्द्रले घटना घटाएको दाबीसहित प्रतिवेदन पेश गरे पनि दरबारर हत्याकाण्डलाई आजसम्म पनि रहस्यमयी रुपमा लिइएको छ । विरेन्द्रको वंशनाश भएपछि राजगद्दी सम्हाल्ेका भाई ज्ञानेन्द्रले समेत घटनाको सत्यतथ्य छानविनतर्फ चासो नदेखाएपछि घटनाको रहस्योद्घाटन भएन । दरबार हत्याकाण्ड भएको चार वर्षमै देशमा गणतन्त्रको ढोका खुलि संविधानसभाको चुना...
विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्ववल बहादुर थापाको निधन

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्ववल बहादुर थापाको निधन

समाचार, समाज
 विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्ववल बहादुर थापाको ४४ बर्षको उमेरमा निधन भएको छ। कोरोना संक्रमणका कारण गम्भीर बिरामी भई मेडिसिटी अस्पतालमा उपचाररत रहेका नेता थापाको आज दिउसो ४ बजेर १५ मिनेटमा निधन भएको परिवारले पुष्टि गरेको छ। उनलाई कोरोना र निमोनिया देखिएकोमा सोमबार कोरोना नेगेटिभ आएको थियो। थापालाई यसअघि ग्राण्डी र ह्याम्स अस्पतालमा पनि उपचार गरिएको थियो। थापा २०७६ असोज अघिसम्म विवेकशील नेपाली दलको अध्यक्ष थिए। आठ वर्ष उनले अध्यक्ष पदमा रहेर काम गरेका थिए। उनको उपचारमा खर्चको अभाव भएपछि चन्दा उठाएर उपचार गर्ने क्रममा उनको निधन भएको हो। उनको उपचारका लागि सर्वधारणले सद्भाव देखाएका थिए। विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्ज्वल थापाको निधनमा अस्पतालको विज्ञप्ति: 473Shares ...
नेप्से ओरालो लागेर ४९८.८६ मा

नेप्से ओरालो लागेर ४९८.८६ मा

आर्थिक, समाचार
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि र त्यसभन्दा केही दिन पहिले समेत हरेक दिन नयाँ नयाँ रेकर्ड बनाएको नेप्से पछिल्ला दिनमा भने सुस्ताएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ११.६८ अङ्कले घटेर दुई हजाार ७७१.१५ मा ओर्लेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६८ ले ओरालो लागेर ४९८.८६ मा पुगेको छ। कूल २१६ कम्पनीको एक करोड ९७ लाख ८३ हजार ३५४ कित्ता शेयर रु आठ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ मूल्यमा खरिद बिक्री भए। आजको कारोवारपछि बजार पूँजीकरण रु ३८ खर्ब ४५ अर्ब ७० करोड २५ लाख ४५ हजार ९५१ बराबर पुगेको छ। कारोवार भएका कूल १३ उपसमूह मध्ये आज तीन उपसमूहको मात्रै शेयर मूल्यमा सुधार आएको छ भने १० उपसमूहको शेयर भने ओरालो लागेको छ। विकास बैंक २१.४१, वित्त १.८८ र अन्य १४.७१ अङ्कल...
पछिल्लो २४ घण्टामा ६,०८५ जना कोभिड बिरामी थपिए,६,८९८ जनाले कोरोनालाई जिते

पछिल्लो २४ घण्टामा ६,०८५ जना कोभिड बिरामी थपिए,६,८९८ जनाले कोरोनालाई जिते

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा ६,०८५ जना कोभिड बिरामी थपिएका छन्। त्यस्तै सोही अवधिमा थप ६८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार जनाएको छ। कुल २०,१६५ नमुना परीक्षण गर्दा सो सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो। तीमध्ये ३,०१८ एन्टिजन परीक्षण हो जसबाट ८०० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ। सो अवधिमा परीक्षण गरिएकामध्ये ३० प्रतिशतमा सङ्क्रमण देखिएको छ। आज थप ६,८९८ जनाले कोरोनालाई जितेको मन्त्रालयले जनाएको छ। ...
३२ वर्षे इतिहास बोकेको शुभतारा विद्यालय सधैँका लागि बन्द हुने,विद्यार्थी र अभिभावक चिन्तामा

३२ वर्षे इतिहास बोकेको शुभतारा विद्यालय सधैँका लागि बन्द हुने,विद्यार्थी र अभिभावक चिन्तामा

शिक्षा, समाचार
भक्तपुर । जङ्गलको नजिकै शान्त, पारिवारिक वातावरण, सिङ्गो गाउँजस्तै आकर्षक भवन, गुणस्तरीय पढाइ र स्वस्थवर्धक खानाको उत्कृष्ट पहिचान बनाउन सफल ३२ वर्षे इतिहास बोकेको शुभतारा विद्यालय सधैँका लागि बन्द हुने भएको छ। अभिभावकसँग कुनै समन्वय नै नगरी ललितपुरको महालक्ष्मी नगरपालिका लामाटारमा सञ्चालित यस विद्यालय व्यवस्थापनले अचानक बन्द गर्ने निर्णय पठाएपछि यतिखेर यहाँ पढ्ने विद्यार्थी र अभिभावक निकै चिन्तामा परेका छन्। स्कूलका संस्थापक निर्देशक रानी गुरुङ कक्षपतिले बिहीबार मध्यराति अभिभावकहरुलाई इमेल पठाएर आगामी शैक्षिक सत्रदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी पठाएपछि रातभरि सुत्न नसकेको अभिभावक बताउँछन्। अभिभावक रुपेश महर्जन अभिभावकहरुसँग कुनै समन्वय नै नगरी अचानक राति १२ बजे इमेल आएपछि रातभरि बच्चा र आफू चिन्तामा परेको बताउँछन्। उनले भने, “बिहीबार साँझ केही अभिभावकसँग भर्चुअल बैठक ...
विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने काेराेना अपडेटका अनुसार संक्रमण दर घट्दाे दरमा

विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने काेराेना अपडेटका अनुसार संक्रमण दर घट्दाे दरमा

अन्तराष्ट्रिय, समाचार
 विश्वभर काेराेना संक्रमणकाे दर घटिरहेका छ भने निकाे हुनेकाे संख्या बढिरहेकाे छ । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने काेराेना अपडेटका अनुसार संक्रमण दर घट्दाे दरमा देखाएकाे हाे । त्यस्तै, निकाे हुनेकाे संख्या पनि बढिरहेकाे पाइएकाे छ । नेपालमा पनि केही दिन यतादेखि काेराेना संक्रमितकाे संख्यामा कमी देखिएकाे छ । विश्व स्वास्थ्य संगठनले जारी गरेकाे गत २५ घण्टाकाे अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ७ हजार सात सय २० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ७ हजार ७२० को मृत्यु भएको हो । हिजाे विश्वभर ८ हजारभन्दा बढीकाे मृत्यु भएकाे थियाे । त्यस्तै, विगत २४ घण्टामा विश्वभर ३ लाख ५३ हजार ६१ मा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । केही दिनदेखि विश्वभर काेराेना संक्रमण क्रमिक रूपमा घटिरहेकाे विश्व स्...
चीनबाट कोरोना विरुद्धको ९ लाख खोप नेपाल आउँदै

चीनबाट कोरोना विरुद्धको ९ लाख खोप नेपाल आउँदै

समाचार, स्वास्थ्य
आज चीनबाट कोरोना विरुद्धको ९ लाख खोप आउँदैछ। चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये ८ लाख चीनको राजधानी बेइजिङबाट र १ लाख खोप स्वायत्त क्षेत्र तिब्बतबाट आउँदै छ । ८ लाख खोप लिएर नेपाल एयरलाइन्सको चार्टर विमान २ बजेसम्म काठमाडौं आउनेछ । खोप लिन सोमबार राति ११ बजे बेइजिङका लागि विमान उडेको थियो । त्यस्तै तिब्बतले प्रदान गर्ने २ लाखमध्ये १ लाख डोज खोप हिमालयन एयरलाइन्सको विमानमार्फत आजै ल्याइने छ । खोप अभियान ७७ वटै जिल्लामा सञ्चालन गरिने छ । अहिलेसम्म एक पटक पनि नलाएका नागरिकलाई पहिलो चरणमा लगाइने बताइएको छ । स्वास्थ्य मन्त्रालयका अनसार चीनबाट अनुदानमा प्राप्त उक्त भेरोसेल खोप एक पटक पनि खोप नलगाएका नागरिकलाई दिइनेछ । तर कुन उमेर समूहलाई खोप दिने भन्ने बारे निर्णय भएको छैन । ...
(एसईई)परीक्षा यो वर्ष पनि आन्तरिक मूल्याङ्कनबाट हुने

(एसईई)परीक्षा यो वर्ष पनि आन्तरिक मूल्याङ्कनबाट हुने

शिक्षा, समाचार
यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्याङ्कनबाट हुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गतवर्ष झैँ यसपटक पनि परीक्षा आन्तरिक मूल्याङ्कनबाटै गर्ने निर्णय गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्याङ्कनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने छ । उक्त विवरण शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ । सोही विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारेर सार्वजनिक गर्नेछ । यसअघि शिक्षा मन्त्रालयको बैठकले गएको वर्ष जस्तै आन्तरिक मूल्याङ्कन विधिअनुसार एसईई सम्पन्न गराउने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो । कोरोना महामारीका कारण यो वर्ष पनि परीक्षा सञ्चालन गर्न नसकिने अवस्था भएपछि सरकारले गएको वर्षकै विधि अपनाउने निर्णय गरेको हो । ...
चिनियाँ खोप लिनका लागि नेपाल वायुसेवा निगमको विमान बेइजिङ जाँदै

चिनियाँ खोप लिनका लागि नेपाल वायुसेवा निगमको विमान बेइजिङ जाँदै

समाचार, समाज
चिनियाँ खोप लिनका लागि नेपाल वायुसेवा निगमको विमान बेइजिङ जाँदैछ । सोमबार नेपाल वायुसेवाको चार्टर विमान बेइजिङ जाने भएको हो । गत बुधबार चिनियाँ राष्ट्रपतिले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए । सोही घोषणा अनुसारको खोप लिन विमान बेइजिङ जान लागेको जनाइएको छ । १० लाख डोजमध्ये ८ लाख डोज खोप ल्याइने नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए । ...
कांग्रेसको क्रियाशील सदस्यताको विवरण केन्द्रीय समितिलाई बुझाउने म्याद पुनः थप

कांग्रेसको क्रियाशील सदस्यताको विवरण केन्द्रीय समितिलाई बुझाउने म्याद पुनः थप

राजनीति, समाचार
कांग्रेसले क्रियाशील सदस्यताको विवरण केन्द्रीय समितिलाई बुझाउने म्याद पुनः थप गरेको छ । देशभरबाट क्रियाशील सदस्यताको नामावली सफ्टवेयरमा इन्ट्री भइरहेका दुई सय सात स्थानमध्ये क्रियाशीलको विवरण इन्ट्री गर्न बाँकी रहेका एक सय ६ स्थानका लागि पुनः म्याद थपिएको हो । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले २५ जेठको राति १२ बजेसम्म क्रियाशीलको विवरण अपडेट गरिसक्न र कुनै त्रुटि भएको भए सच्याउन निर्देशन गरेको समितिका सचिव केशव रिजालले जानकारी दिए । पटक–पटक सूचित गर्दा पनि क्रियाशीलको विवरण प्राप्त नभएको भन्दै काँग्रेसले १५ वैशाखको रातिदेखि क्रियाशील सदस्यताको विवरण इन्ट्री गर्ने सफ्टवेयर बन्द गरेको थियो । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले सो अवधिमा पूरा विवरण इन्ट्री गरिसकेका एक सय एक स्थानको नामावली वेबसाइटमा सार्वजनिक गरिसकेको छ । जसमध्ये ४५ जिल्लाका ८० स्थानको विवरण ३०...