आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

चिनियाँ खोप लिनका लागि नेपाल वायुसेवा निगमको विमान बेइजिङ जाँदै

चिनियाँ खोप लिनका लागि नेपाल वायुसेवा निगमको विमान बेइजिङ जाँदैछ ।

सोमबार नेपाल वायुसेवाको चार्टर विमान बेइजिङ जाने भएको हो ।

गत बुधबार चिनियाँ राष्ट्रपतिले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए । सोही घोषणा अनुसारको खोप लिन विमान बेइजिङ जान लागेको जनाइएको छ ।

१० लाख डोजमध्ये ८ लाख डोज खोप ल्याइने नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *