बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्ववल बहादुर थापाको निधन

 विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्ववल बहादुर थापाको ४४ बर्षको उमेरमा निधन भएको छ।

कोरोना संक्रमणका कारण गम्भीर बिरामी भई मेडिसिटी अस्पतालमा उपचाररत रहेका नेता थापाको आज दिउसो ४ बजेर १५ मिनेटमा निधन भएको परिवारले पुष्टि गरेको छ।

उनलाई कोरोना र निमोनिया देखिएकोमा सोमबार कोरोना नेगेटिभ आएको थियो।

थापालाई यसअघि ग्राण्डी र ह्याम्स अस्पतालमा पनि उपचार गरिएको थियो।

थापा २०७६ असोज अघिसम्म विवेकशील नेपाली दलको अध्यक्ष थिए। आठ वर्ष उनले अध्यक्ष पदमा रहेर काम गरेका थिए।

उनको उपचारमा खर्चको अभाव भएपछि चन्दा उठाएर उपचार गर्ने क्रममा उनको निधन भएको हो। उनको उपचारका लागि सर्वधारणले सद्भाव देखाएका थिए।

विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्ज्वल थापाको निधनमा अस्पतालको विज्ञप्ति:

473Shares

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
pinterest sharing button
wechat sharing button
print sharing button
sharethis sharing button

Leave a Reply

Your email address will not be published. Required fields are marked *