शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

Author: News Reporter

‘मिस एण्ड मिसेस जनजाती’का प्रतियोगीले देखाए उत्कृष्ट प्रतिभा ,फिनाले आउदो २० गते

‘मिस एण्ड मिसेस जनजाती’का प्रतियोगीले देखाए उत्कृष्ट प्रतिभा ,फिनाले आउदो २० गते

मनोरन्जन, समाचार
राजधानीको दरवारमार्गस्थित माला आर्टस एकेडेमीमा मिसेस एण्ड मिस जनजातीको टैलेन्ट राउण्ड सम्पन्न भएको छ । नेपालमा पहिलो पटक विभिन्न जनजाती समुदायका बिवाहित तथा अबिवाहित महिलाहरुका लागी आयोजना गरिएको वृहत यस कार्यक्रमको पछिल्लो तथा महत्वपुर्ण राउण्ड अन्तर्गत प्रतियोगीहरुले आफनो  प्रतिभा पर्दशन गरेका थिए । चर्चित नायक सरोज खनालको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, मौलीक तथा आफना पहिचान लगायतका प्रतिभा प्रर्दशन गरेका थिए । कोरियोगाफर केशव थापा, महिला स्पा व्यबसायी सुशिला थापा, कोरियोगाफर राधा ठाकुर तमु ह्योलाका उपाध्यक्षा हरि माया गुरुगं, मिसेस गुरुगं सुमना गुरुगं तथा गीतकार अशोक कुमार तामागंले निर्णायकको भूुमिका निर्वाह गरेका थिए ‘मिसेस तामाङ’ तथा ‘मिसेस गुरुङ’ जस्ता धेरै सौन्दर्य प्रतियोगिताहरु सफलतपूर्वक सम्पन्न गरे पश्चात एस के ईन्टरटेनमेन्टले “मिसेस ज...
योगेश र योङ्ग मिनिस्टरको ‘जन आक्रोश’ सार्वजनिक (भिडियो सहित)

योगेश र योङ्ग मिनिस्टरको ‘जन आक्रोश’ सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
योगेश काजी र योङ्ग मिनिस्टरको स्वरमा रहेको हिपहप शैलिको गीत ‘जन आक्रोश’ सार्वजनिक भएको छ । योङ्ग मिनिस्टरको शब्द, योगशको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विक्रम आदित्य शाहको निर्देशन रहेको गीतको भिडियोमा योगेश र योङ्ग मिनिस्टरकै अभिनय रहेको छ । वीरेन्द्र भाट विपिनले छायाँकन गरेको भिडियोलाई विक्रम आदित्य शाहले सम्पादन गरेका छन् । गीतमा राजनीतिक वङ्ग्यलाई प्रस्तुत गरिएको छ । योगेशको पछिल्लो समय सार्वजनिक भएको गीत ‘एसेलुको पात…’ले चर्चा पाइरहेको बेला उनले नयाँ गीत ‘आक्रोश’ स्रोता÷दर्शकमाझ ल्याएका हुन् ।  आफ्ना अन्य गीत जस्तै ‘जन आक्रोश’ले पनि स्रोता÷दर्शकको माया पाउनेमा आफू आशावादी रहेको उनले बताए । ‘हामीले वर्तमान देशको अवस्थालाई हिपहप शैलिको गीत मार्फत प्रस्तुत गर्न खोजेका हौ, देशमा बढदै गएको विकृति विसङ्गतीलाई उजागर गर्ने प्रयास हो’, योगेशले भने । भिडियो : https:...
गीतकार अशोक कुमारको शव्दमा अन्जु पन्तको ‘हजार गल्ति’ सार्वजनिक (भिडियो सहित)

गीतकार अशोक कुमारको शव्दमा अन्जु पन्तको ‘हजार गल्ति’ सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
चर्चित गायिका अञ्जु पन्तको स्वरमा रहेको गीत ‘हजार गल्ती’ सार्वजनिक भएको छ । गीतकार अशोक कुमार तामाङको शब्द रचना रहेको गीत सूर्य दयालुको सङ्गीत, रिकेश गुरुङको सङ्गीत संयोजन र प्रकाश केसीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । जीवन शाहीले निर्देशन गरेको गीतको भिडियोमा समिर तामाङ, शुसिला थापा र डिम्पी ठकुरीलाई फिचरिङ गरिएको छ । बुद्ध थापाले छायाँकन गरेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् । भिडियो हेर्नुहोस : https://youtu.be/wkgBmD5nGGM...
पुष्पा भट्राई र सन्देश क्षेत्रीले जिते मिस्टर एन्ड मिस एसइइ आईकन पूर्वान्चलको उपाधि

पुष्पा भट्राई र सन्देश क्षेत्रीले जिते मिस्टर एन्ड मिस एसइइ आईकन पूर्वान्चलको उपाधि

मनोरन्जन, समाचार
पूर्वान्चलको दमक स्थित चित्र हलमा प्लानेट मल्टिमिडियाको आयोजना भएको ‘मिस्टर एन्ड मिस एसइइ आईकन पूर्वान्चल दोश्रो संस्करण को उपाधि पुष्पा भट्राई र सन्देश क्षेत्रीले जित्न सफल भएका छन् । यस्तै, प्रतियोगीतामा फस्ट रनरअपको उपाधी दिया राई र प्रबिन धिमालले हात पारे भने, सेकेण्ड रनर अपको उपाधी सैंजु लिम्बु र रोहन पुरीले जित्न सफल भए । उपाधी विजेताले उपाधीको साथै पेन्टागन ईन्टरनेशनल कलेज तथा जेसिआर टेक्निकल एण्ड हस्पिलिटी म्यानेजमेन्टले शत प्रतिशत छात्रवृत्ति प्रदान गरेको थियो । सोनु श्रेष्ठ र निरुमा थापाको कोरियोग्राफीमा सम्पन्न उक्त प्रतियोगीतामा सन्देश राई, तपीना पौडेल, रचना सुब्वा, सूर्यमणी निरौला, रोजन परियारले निणार्यक मण्डलको भूमिका निर्वाह गरेका थिए । प्रतियोगीतामा रहेका प्रतियोगीहरुको मेकअ मोर्डन व्युटि पार्लरले गरेको थियो भने ड्रेस डिजाईन भूमिका बुटिक तथा फोटोग्राफी ड्रिम्स विडिगं स्ट...
ललितपुरमा एडभान्स मखमली जुत्ता बनाउने तालिम सम्पन्न

ललितपुरमा एडभान्स मखमली जुत्ता बनाउने तालिम सम्पन्न

आर्थिक, समाचार
ललितपुर, २९ ज्येस्ठ- ललितपुरमा एडभान्स मखमली जुत्ता बनाउने तथा एब्रोईडरी तालिम सम्पन्न भएको छ । ललितपुर महानगरपालिका ५ नम्बर वडाको आयोजना र श्रीजनसिल महिला सीप बिकाश केन्द्रको सह आयोजनामा संचालित उक्त तालिम एक महिनासम्म संचालनमा आएको थियो । तालिम सम्पन्न भएसँगै ज्येस्ठ २८ गते मंगलवार समापन कार्यक्रम राखिएको थियो । सोही कार्यक्रम माझ ललितपुर महानगरपालिका, समाज कल्याण समितिका संयोजक दिनेश कार्कीले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए । ततपस्चात कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक कार्कीले ललितपुर महानगरपालिका क्षेत्र भित्र स्वरोजगारमुलक कार्यक्रमले प्राथमिकता पाउदै आएको बताउदै प्राप्त सिपलाई सदुपयोग गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे । त्यसैगरी ललितपुर महानगरपालिका ०५ वडाका अध्यक्ष विकास मान श्रेष्ठले महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउने उदेश्यका साथ निशुल्क तालिमको ब्यवस्था गर...
अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२० हुदै

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२० हुदै

मनोरन्जन, समाज
अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२० मा सहभागीताको लागि चलचित्रकर्मीहरुलाई आव्हान गरिएको छ । नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी यहि २०२० फेब्रुअरी १३ देखि १७ सम्म काठमाडौंमा महोत्सवको आयोजना हुने बताउँदै चलचित्रकर्मीहरुलाई सहभागीताको लागि आव्हान गरेको हो । चलचित्र महोत्सवमा सहभागिता जनाउन इच्छुक फिल्मकर्मीहरुले २०१९ जुन १५ देखि अक्टोबर ३० सम्ममा आवेदन दिन सकिने प्रतिष्ठानले जनाएको छ । ‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरु भएको फेस्टिभलको तेश्रो संस्करण आयोजना हुन लागेको हो । यो वर्ष महोत्सवमा एनिमेसन र बृत्तचित्रको विधा पनि थपिएको छ । यस वर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय फिचर र डकुमेन्ट्री फिल्मसँगै एनिमेटेड र डकुमेन्ट्री फिल्मलाई पनि समावेश गरिएको हो । महोत्सवमा उत्कृष्ट हुन...
१८ वर्षीया आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उपसचिव पक्राउ

१८ वर्षीया आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उपसचिव पक्राउ

अपराध, समाचार
ललितपुर । प्रहरीले सोमबार १८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक बाबुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादव रहेका छन् । महोत्तरी सोनमा गाविस–५ घर भई हाल ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय यादवले १८ वर्षीया (नाम परिवर्तन) आरलाई बारम्बार जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । आफ्नै घरको तेस्रो तल्लाको कोठामा यादवले विदेशतिर छोरीलाई करणी गर्छन नेपालमा पनि गर्दा केही हुँदैन भन्दै छोरीलाई करणी गर्दै आएको अनुसन्धानको क्रममा देखिन आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए । घरमा कोही नभएको मौकामा यादवले छोरीलाई आमा अहिले आउँदिन भन्दै जबरजस्ती करणी गर्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विगत ३/४ वर्षदेखि यादवले छोरीलाई डरधम्की देख...
दुबै हात गुमाएकी मेघालाई नारी फाउन्डेसनले उपचारका लागि अमेरिका लैजाने

दुबै हात गुमाएकी मेघालाई नारी फाउन्डेसनले उपचारका लागि अमेरिका लैजाने

समाचार, समाज
काठमाडौं, २६ ज्येष्ठ , संयुक्त राज्य अमेरिका स्थित वाशिङ्टन डि सिमा स्थापना भएको नारायण रिना मेमोरियल फाउण्डेसन - नारीले दुर्घटना परि दुबै हात गुमाएकी मेघा घिमिरेलाई उपचारका लागि अमेरिका लैजाने भएको छ । नारी फाउन्डेसनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि सो जानकारी दिएको हो । पत्रकार सम्मेलन माझ नारीले मेघा घिमिरे स्माईलका साथै श्री एनिमल रेस्कु, टिका बिद्या आश्रम र बाजुराको बिद्यालयलाई पनि सहयोग गर्ने कार्यक्रम रहेको जानकारी गराईएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष रिमा कटुवालले नारी फाऊण्डेसन आफ्ना स्वर्गिय पिता नारायण केसी र स्वर्गिय बहिनी रिना केसीको स्‍मृतिमा खुलासा गर्दै हरेकको दुस्खमा साथ दिन संस्था कृयाशिल रहेको बताएकी थिईन । उनले किशोरावास्थामा दुबै हात गुमाएकी मेघा घिमिरेको हातको उपचारका लागि आवश्यक तयारी पुरा भैसकेको जानकारी गराएकी थिईन । साथै संस्थाले जनावरको ऊद्धार...
महिला चेम्बरद्धारा बिद्यार्थी लक्षित मनोपरामर्श कार्यक्रमको आयोजना

महिला चेम्बरद्धारा बिद्यार्थी लक्षित मनोपरामर्श कार्यक्रमको आयोजना

आर्थिक, समाचार
ललितपुर, २४ ज्येष्ठ – नेपाल महिला चेम्बरले पूल्चोक स्थित मदन स्मारक उमाविका बिद्यार्थीलाई लक्षित गरि आत्म रक्षा तालिम योग तथा मनो परामर्श कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रम ज्येष्ठ२५ गतेबाट शुरु हुदैछ । यसै माझ ज्येष्ठ २४ गते शुक्रवार कार्यक्रमको उदघाटन गरिएको छ । मदन स्मारक बिद्यालय प्राङ्णमा आयोजित एक कार्यक्रम माझ पूर्व मन्त्री तथा सांसद पम्फा भुसालले सो कार्यक्रमको उद्घाटन गरिन । ततपस्चात कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्व मन्त्री भुसालले बिकाससँगसगै सामाजिक सुरक्षामा चुनौती थपिदै गएको औंल्याउदै अपराध र हिँसालाई न्यूनिकरण गर्न आत्म सुरक्षा, योग र मनो परामर्श कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यस्ता जीवन उपयोगी कार्यक्रम मार्फत समाजमा शान्तिसुरक्षा कायम राख्न सरोकारवालाहरु एकजुट हुनुपर्ने बताईन । पूर्व मन्त्री सुशिला नेपालले आत्म सुरक्षा, योग र मनो पर...
चर्चित गायिका सिन्धु मल्ल तथा अमित बरालको ‘पिरतीको जालमा’ पल शाह र वर्षा (भिडियो सहित)

चर्चित गायिका सिन्धु मल्ल तथा अमित बरालको ‘पिरतीको जालमा’ पल शाह र वर्षा (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं – नेपाली साँगितिक क्षेत्रका चर्चित एवं लोकप्रिय गायिका सिन्धु मल्ल र नेपाल आईडलका गायक अमित बरालको आवाजमा रहेको गीत 'चैर मुसी चैर 'बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । एटके एभरेष्ट मोसन पिक्चर्सको युट्यूब च्यानलबाट सार्वजनिक भएको गीतको भिडियो राष्ट्रिय नाचघरमा सम्पन्न मिस्टर एण्ड मिस एसईई आइकन सिजन ६ को ग्राण्ड फिनालेबाट समेत सार्वजनिक गरिएको थियो । https://www.youtube.com/watch?v=IIJXF9d9xrM&feature=youtu.be थुपै्र तिज गीत, लोकगीत तथा आधुनिक गीत गाएर निकै चर्चा कमाएकी गायिका सिन्धु मल्लको पछिल्लो गीतमा शब्द सुदाम थापा र नरेन्द्र राज रेग्मि तथा संगीत सुदाम थापाको रहेको छ। भने संगीत संयोजन केशब प्रकाशको रहेको छ । गीतको भिडियोलाई शिब बिकेले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । भिडियोमा चर्चित नायक पल शाह र नायिका बर्षा सिबाकोटीको अभिनय रहेको छ ।...