आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: News Reporter

मोर्डन पेन्टाथलन फेडेरेसनको दोस्रो साधारणसभा सप्पन्न,अन्तर्राष्ट्रिय स्तरको वोल्ड लेजर रन सिटि टुरको आयोजना हुने

मोर्डन पेन्टाथलन फेडेरेसनको दोस्रो साधारणसभा सप्पन्न,अन्तर्राष्ट्रिय स्तरको वोल्ड लेजर रन सिटि टुरको आयोजना हुने

खेलकुद, समाचार
काठमाडौँ — कार्तिक २४। मर्डन पेन्टाथलन फेडेरेसन नेपालको दोस्रो साधारणसभा सप्पन्न भएको छ । राजेन्द्र श्रेष्ठको अध्यक्षतामा र राखेप का उपाध्यक्ष पिताम्बर तिमिल्सिना प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बार्षिक कार्ययोजना पारित गर्दै महासचिव यादव बस्नेतले प्रस्तुत गरेको संगठनात्मक प्रतिबेदन र लेखपरिक्षण प्रतिबेदन केही संसोधन सहित पारित भएको छ । कार्यक्रममा फाल्गुन महिनामा सुनसरीको इटहरीमा राष्ट्रिय लेजर रन प्रतियोगिता र काठमाडौमा अन्तर्राष्ट्रिय स्तरको वोल्ड लेजर रन सिटि टुर प्रतियोगिता २०२० मा आयोजना गर्ने निर्णय गर्नुको साथै २०२० मा हुने लेजर रन प्रतियोगिता सम्पन्न गर्नका लागि बरिष्ठ उपाध्यक्ष मोहन डागिको संयोजकत्वमा ९ सदस्सिय उपसमिति गठन भएको छ । कार्यक्रमका प्रमुख अतिथि पिताम्बर तिमिल्सिनाले मर्डन पेन्टाथलन नेपाल छोटो समयमा निकै धेरै उपलब्धी प्राप्तगरि अन्तर्राष्ट्रिय स्...
पैसाको लागी मान्छेले के के सम्म गर्छ ?….. भन्दै आए गायक दिनेश गौतम फेरी (भिडियो सहित)

पैसाको लागी मान्छेले के के सम्म गर्छ ?….. भन्दै आए गायक दिनेश गौतम फेरी (भिडियो सहित)

मनोरन्जन, समाचार
लोकप्रिय गायक दिनेश गौतम संगीत पारखीका लागि नौलो नाम होइन । 'पैसा कसले बनायो' गीतबाट उनले सबैको मन जितेका छन् । उनै गायक गौतम फेरी पैसाकै लागि बाँच्छ मान्छे।।। बोलको गीतका साथमा श्रोता तथा दर्शकमाझ आएका छन् । यो गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गीतकार एवं संचारकर्मी पुरुषोत्तम बस्नेतको शब्द तथा पुस्तक प्रसादको संगीत छ । गीत बस्नेतको चौंथो एल्बम कयामुदामा समावेश छ । यो भन्दा अघि उनले प्रजुशा, प्रभाव र रासुम एल्बम बजारमा ल्याइसकेका छन् । गीतले पैसाले मान्छेलाई के के गराउँछ भन्ने भाव छ । प्रज्ञा साउन्ड स्टुडियोमा रेकर्डिङ भएको यो गीतको संयोजन दिनेश सुनामले गरेका हुन् । भिडियोलाई कलाकार निरु खड्काले निर्देशन गरेकी छन् । यसमा माग्नेबुढा अर्थात् केदार घिमिरेकी श्रीमती सितादेवी घिमिरे, निरु खड्का, कृष्ण रसाईली, सुष्मा, प्रकाश,शेर खान र स्तुती गौतमको अभिनय छ । भिडियोमा सागर ग...
दमकमा वेडिङ्ग एण्ड फेस्टिभ फेशन परेड सम्पन्न

दमकमा वेडिङ्ग एण्ड फेस्टिभ फेशन परेड सम्पन्न

मनोरन्जन, समाचार
प्लानेट मल्टिमेडिया इन्टेरनेशनल प्रा लि को आयोजनामा तिहार र आऊ्दै गरेको बिवाहको शिजनलाई मध्यनजर गर्दै दमकको कश्मिक पार्टि प्यालेसमा भब्य फेसन शो वेडिङ्ग एण्ड फेस्टिभ फेशन परेड २०१९ सफलताका साथ सम्पन्न भयेको छ। पुर्वान्चलका ४० भन्दा बढि मोड्लहरु सहभागि रहेको उक्त्त शो मा चर्चित मोडल तथा अभिनेता प्रशान्त ताम्राकार शो स्ट्पर रहेका थिय भने उक्त शो का लागि ४ भिन्न डिजाईनरले ४० मोडेलहरुका लागि आ-आफ्नो डिजाईन तयार गरेका थिए जस्मा उर्लाबारि नगरपालिका, मंग्लबारेमा रहेको नमस्ते बुटिक एण्ड फेशन वेरका डिजाईनर सबिना धिमालले ब्राईडल वेर र पार्टि वेर गरि १० मोडेलका लागि डिजाईन तयार गरेका थिए, त्यसै गरि दमकमा रहेको खुशि टेलर्स एण्ड केसान्ग कलेक्शनका डिजाईनर कल्पना राईले पार्टि वेर अनि क्याजुएल वेर गरि ९ मोडेलहरुलाई आफ्नो डिजाईनले आकर्षक बनाई मन्चमा उतारेका थिए र अर्का निशांग्मांग बुटिक एण्ड मेल्खि हाऊस...
“मिसेस व्यूटी क्वीन नेपाल २०१९” आवेदन फारम खुल्ला

“मिसेस व्यूटी क्वीन नेपाल २०१९” आवेदन फारम खुल्ला

मनोरन्जन, समाचार
काठमाडौं, कार्तिक २०, सिजन मिडिया प्रा.लि.द्धारा आयोजीत विवाहीत महिलाहरुमा केन्द्रित “मिसेस व्यूटी क्वीन नेपाल २०१९” तेस्रो संकरणको आयोजना गर्ने भएको छ । उपत्यका लगायत मोफसलका शहरहरुमा वढीमात्रामा अविवाहीत युवतीहरुलाइ मात्र ध्यानमा राखेर कार्यक्रमहरु हुदै आएको मा विवाहित महिलाहरुको पनि सहभागीता लाइ ध्यानमा राखि सिजन मिडियाले यो निरन्तरता दिदै तेस्रो चरणको लागि कार्यक्रम आयोजना गर्न लागेको वताउछन सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्त । महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई विस्तार गरिन लागिएको हो । विगत एघार वर्ष देखि काठमान्डौमा रहेर राष्ट्रिय तथा अ...
राजस्थानमा नितु अन्तर्राष्ट्रिय फेसबुक फ्रेण्डशिप अवार्डबाट  सम्मानित

राजस्थानमा नितु अन्तर्राष्ट्रिय फेसबुक फ्रेण्डशिप अवार्डबाट सम्मानित

मनोरन्जन, समाचार
टाइम्स इण्डियाले भारतको राजस्थानमा आयोजना गरेको अन्तरास्ट्रिय फेसबुक फ्रेण्डसिप अवार्ड तथा सम्मेलन कार्यक्रममा नेपालको तर्फबाट नितु कोइराला लाई अन्तर्राष्ट्रिय फेसबुक फ्रेण्डशिप अवार्डबाट सम्मान गरियको हो । उहाँ एक दशकदेखि कला छेत्रमा सकृय हुनुहुन्छ । उहाँको साथमा महिला चलचित्र सङ्गीतकार रेखा पौडेल पनि सम्मानित हुनु भएको छ । कार्यक्रममा भारतलगायत लण्डन, अस्ट्रेलिया, जापान, अमेरिकालगायत धेरै देशमा रहि फरक फरक छेत्रमा काम गर्ने ब्यक्तिहरुलाइ सम्मान गरियको कार्यक्रम संयोजक डा. शौखिन वर्माले जनकारी दिनुभयो। ...
गायक योगेश काजी तथा गायिका सारिका घिमिरेको ‘हेल्लो’ सार्वजनिक (भिडियो सहित)

गायक योगेश काजी तथा गायिका सारिका घिमिरेको ‘हेल्लो’ सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
गायक योगेश काजी तथा गायिका सारिका घिमिरेको स्वरमा रहेको गीत ‘हेल्लो’ सार्वजनिक भएको छ । एकनारायण भण्डारीको शब्द, आशिष अबिरलको सङ्गीत तथा एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गम्भीर विष्टले कोरियोग्राफी र निर्देशन गरेको गीतको भिडियोमा कार्टुन क्रुजका आष्मा विश्वकर्मा र सरोज अधिकारीसहित उनको समूहले अभिनय गरेको छ । भिडियोमा अर्जुन तिवारीको डिओपी, बुद्ध थापाको छायांकन, नविन निरौलाको सम्पादन र कलर ग्रेडिङ, सुरेन बसेलको प्रोडक्सन, सुबोल थापाको सहायक निर्देशन छ । भिडियोलाई कार्टुन क्रुजको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । पछिल्लो पुस्तालाई लक्षित गरिएको गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । नायिका तथा मोडल सारिका घिमिरे यतिवेला गीत मार्फत पनि स्रोतारदर्शकको मन जित्न सफल भएकी छन् भने योगेशकाजीका गीत पनि एक पछि अर्को स्रोता तथा दर्शकको रोजाइमा रहेका छन् ।ht...
घन्काइदेउ मादलु सार्वजनिक (भिडियो सहित)

घन्काइदेउ मादलु सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
कार्तिक ८, सुर्खेत । चलचित्र एकादेशको कथा मा समावेश गरिएको चर्चित गीत घन्काइदेउ मादलु शुक्रबार सार्वजनिक गरिएको छ । ओ.एस.आर. म्युजिक मार्फत सुर्खेतमा छायांकन गरिएको चलचित्रको यो गीत रिलिज गरिएको हो । नेपालकै चर्चित लोक दोहोरी गायिका टीका पुन र शिव संगीतको स्वरमा रहेको यो गीतमा नायक धिरेन शाक्य, मोडेल तथा कलाकार शंकर वि.सी., गौरभ पहाडी, दिपाशा बिसि, सीता भण्डारी, यामनाराण आचार्य लगायतले अभिनय गरेका छन् । नेपालकै लोकपृय कलाकार प्रेमदेव गिरी र चलचित्र निर्देशक निर्मल प्याकुरेलको रचना तथा नृत्य निर्देशक कुलमान नेपालीको संगीत रहेको यो गीत फाष्ट विट तथा झ्याउरे भाकामा रहेको छ । चलचित्रका निर्माता भरत चन्द र यामनारायण आचार्य रहेका छन् । https://youtu.be/0A8eF1MwBHY ...
तिहार र मेकअप टीप्स  : वरिष्ठ सौन्दर्यविद सुष्मा महरा

तिहार र मेकअप टीप्स : वरिष्ठ सौन्दर्यविद सुष्मा महरा

शिक्षा, समाज
तिहार र मेकअप टीप्स (वरिष्ठ सौन्दर्यविद सुष्मा महरा) तिहार नेपालीहरुको दशैं पछिको सबैभन्दा ठूलो चाड हो । यो पर्व काग तिहार देखि शुरु भएर भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो । यही दिन भगवान धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतरेस पनि भनिन्छ । यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ । त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पुजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरिन्छ । नेवारहरुको म्ह पुजा र...
८औं संस्करणः म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

८औं संस्करणः म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

मनोरन्जन, समाचार
काठमाडौं । विगत ८ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको ८ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । ‘सांस्कृतिक पर्यटन– कलासंस्कृतिको प्रबद्र्धन’ भन्ने मूल उद्देश्यका साथ आन्तरिक रुपमा सांस्कृतिक पर्यटन बढाउन यो अवार्डले विशेष भूमिका खेल्ने आयोजक पक्षले लक्ष्य लिएको छ । शुभकामना मिडिया सोलुशनको आयोजनामा हुन लागेको यो अवार्डलाई योभन्दा पहिला म्यूजिक खबर डटकमले आयोजना गर्दै आएको थियो । यस वर्षबाट शुभकामना मिडिया सोलुशन (एसके मिडिया) ले सम्पूर्ण व्यवस्थापनसहित आयोजना गर्ने भएको छ । विभिन्न ४० विधामा आयोजना हुने यस अवार्ड गीतसंगीत क्षेत्रमा विशेष चासोको विषय बन्ने गरेको छ । यस अवार्डमा राष्ट्रिय भावको गीत, चलचित्र, आधुनिक, लोक दोहोरी, लोकगीत, पप, गजल, कल्चरल गीतहरु समावेश गरिने छ । अवार्डमा गायक गायिका, रचनाकार, संगीतकार, एरेन्जर, ध्वनि सम्पादक,...
किहु अरुणोदय समाज काठमाडौंद्वारा सिग्देल र थापा सम्मानित

किहु अरुणोदय समाज काठमाडौंद्वारा सिग्देल र थापा सम्मानित

समाचार, समाज
काठमाडौं, ०६ कार्तिक - तनहुँ स्थित भिमाद नगरपालिकाको किहु र अरुणोदय क्षेत्र थातथलो भई काठमाडौंलाई कर्मथलो बनाउदै आएका तनहुँवासीको साझा मंच किहु अरुणोदय समाज काठमाडौंले क्रमश अस्ट्रेलिया र चेक रिपब्लिकलाई कर्माथलो बनाउदै आएका सुरेन्द्र सिग्देल र लोकबहादुर थापालाई सम्मान गरेको छ । किहु अरुणोदय क्षेत्र पैत्रिक थलो भएका सिग्देल र थापाले विदेशी भुमीमा रहेर आफ्नो थातथलोको बिकास र उन्नयनका निम्ती गर्दै आएको प्रयासको कदर गर्दै सम्मान अर्पण गरेको हो । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रम माझ उनीहरुलाई संस्थाका अध्यक्ष निर्मल कुमार 'लाटो मगर' र उपाध्यक्ष महेन्द्र सिग्देलले सम्मान गरेका थिए । सम्मानित भए लगत्तै कार्यक्रमलाई सम्बोधन गर्दै उनिहरुले मानिस जहाँसुकै गए पनि र जस्तो सुकै अवस्थामा भए पनि आफ्नो पुर्ख्यौली थलोलाई बिर्सन नसक्ने कुरा राख्नुका साथै सम्मान कार्यक्रमले आफ्नो गाउठाउको बिकासमा ला...