प्लस साइज युवतीहरुको सौन्दर्य प्रतियोगिता ‘सुपर प्लस साइज मोडल नेपाल’को तेश्रो संस्करणको अडिसन कार्तिक ३० मा हुने
काठमाडौँ — कार्तिक ५। धेरै युवतीहरु शरिरको मोटोपना बढ्दा चिन्तित हुन्छन् । उनीहरुलाई यो खबरले खुशी तुल्याउनेछ । मोटोपना भएका युवतीहरुको सौन्दर्य प्रतियोगिता ‘सुपर प्लस साइज मोडल नेपाल’को तेश्रो सिजन आयोजना हुँदैछ । मोडल सङ्स नेपालले ओमानियाको प्रस्तुतीमा ‘सुपर प्लस साइज मोडल नेपाल,२०२०’ सिजन—३ आयोजना गर्न लागेको हो । प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित महिलाहरुले भाग लिन सक्नेछन् । ५५ केजीभन्दा माथिको तौल भई स्प्ष्ट रुपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान तोकिएको छ । आयोजक संस्था मोडल सङ्स नेपालका प्रमुख डेबिल सिंह राजपुतका अनुसार काठमाडौँको बानेश्वरस्थित रोयल एलिनाज रेस्टुरेन्टमा कार्तिक ३० गत्ते हुने अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीहरुलाई करिव एक महिना लामो विशेष प्रशिक्षण प्रदान गरिने छ । जसमा प्रतिस्पर्धिहरुलाई नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफर...









