नवीकरणिय उर्जा प्रवर्द्धनका लागि संयुक्त राज्य दुतावास युवा परिषद-गियर समुहको कार्यशाला
सरोज ओझाकाठमाडौं, ०८मङ्सिर – संयुक्त राज्य दुतावास युवा परिषद अन्तर्गतको गियर समुहले नवीकरणिय उर्जामा बदलावको चुनौती र अवसर बिषयक कार्यशाला कार्यक्रमको आयोजना गरेको छ । काठमाण्डौमा आयोजित सो कार्यक्रम पूर्व वातावरण मन्त्री गणेश साहको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा प्रायोगिक बिज्ञान तथा प्रविधीका लागि अनुसन्धान केन्द्रका प्रा। डा। कृष्ण राज श्रेष्ठ र अमेरिकी दुतावासका सुलभ भट्टले प्रमुख वक्ताका रुपमा मन्तब्य ब्यक्त गर्दै यस्ता कार्यक्रम युवाहरुलाई आपसमा जोड्ने र उत्प्रेरणा दिने समाधानका रुपमा रहनुपर्नेमा जोड दिदै कार्यक्रमको सफलताको कामना गरे ।
कार्यक्रममा डा। श्रेष्ठद्वारा प्रस्तुत बुदाँमा वनमारा, सल्लाको सुइरो, सालको पात, आरो पस्चात निक्लने धुलो लगायतका बनस्पतिय अपशिष्टको प्रयोग गरि बायो उर्जा उत्पादन गर्न सकिने र मुख्य ईन्धनको स्रोत प्रयोगमा नआएका ग्रामिण बस्तीमा बायो उर्ज...









