आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: News Reporter

बूढानीलकण्ठ नगरपालिका-१२ स्थित तेञ्जिङ चोक सिल

बूढानीलकण्ठ नगरपालिका-१२ स्थित तेञ्जिङ चोक सिल

समाचार, समाज, स्वास्थ्य
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको तेञ्जिङ चोक सिल गरिएको छ । बूढानीलकण्ठ नगरपालिका-१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उक्त क्षेत्र बन्द गरिएको हो । तेञ्जिङ चोक बसोबास गर्दै आएकी युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि युवती बसोबास गर्ने क्षेत्रदेखि २५० मिटर वरपर सिल गरिएको नगरप्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए । संक्रमित युवती सर्लाही रामनगरकी हुन् । उनलाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेसनमा राखिएको छ । युवतीको सम्पर्कमा आएका १५ जनाको पनि पीसीआर परीक्षण गरिएको छ । युवतीको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि थप सतर्कता अपनाउनका लागि वडा सिल गरिएको नगर प्रमुख खरेलले जानकारी दिए । उक्त क्षेत्रमा आगामी तीन दिन एक टोलबाट अर्को टोलमा हुने आवतजावत रोकिने बताइएको छ । आवतजावत रोक्नका लागि प्रहरी र स्वयंसेवक परिच...
प्रधानमन्त्रीको निर्देशन : अत्यावश्यक सेवामा खटिएकामाथि दुर्व्यवहार गर्नेलाई तत्काल कारबाही गर्नू

प्रधानमन्त्रीको निर्देशन : अत्यावश्यक सेवामा खटिएकामाथि दुर्व्यवहार गर्नेलाई तत्काल कारबाही गर्नू

राजनीति, समाचार, समाज
लकडाउनको वेला अत्यावश्यक सेवामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीको कामकारबाहीमा बाधा–अवरोध गर्ने र दुर्व्यवहार गर्नेमाथि तत्काल कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । आइतबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले विभिन्न ठाउँमा अत्यावश्यक सेवामा खटिएकामाथि दुर्व्यवहार भएको भन्दै त्यस्तो गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न निर्देशन दिएको एक मन्त्रीले बताए । स्वयंसेवकका नाममा सडकमा उत्रेकाले काठमाडौंको नागढुंगामा बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्की सवार गाडी खानतलासी गर्दै उनीमाथि दुर्व्यवहार गरेका थिए । यसको अभियोगमा स्थानीय उत्तम कार्कीलाई शनिबार नै प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले अधिकार नै नभएको काम गरेको र सवारी रोक्ने तथा खानतलासी लिने गरेको अभियोगम...
कोरोनाले मृत्यु भएकी महिलाको शिशुसहित परिवारका ५ सदस्यको रिपोर्ट नेगेटिभ

कोरोनाले मृत्यु भएकी महिलाको शिशुसहित परिवारका ५ सदस्यको रिपोर्ट नेगेटिभ

समाचार, स्वास्थ्य
काभ्रे — कोरोना संक्रमणका कारण मृत्यु भएकी २९ वर्षीया सुत्केरी महिलाको १३ दिने शिशु र परिवारका अन्य सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मृतक सिन्धुपाल्चोक–९ की २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीको पनि नमुना संकलन भएको थियो । सामान्यता ४ घण्टा आउने परीक्षणको नतिजा आउन ढिलाइ हुँदा आइसोलेसनमा रहेका उनीहरु ४८ घण्टादेखि तनावमा थिए । रिपोर्ट ढिला हुँदा कुनै उपचारसमेत सुरु नगरिएको मृतकको बहिनीले टेलिफोनमा जानकारी दिइन् । शिशुलाई ल्याक्टोजिन खुवाएर राखिएको छ ।नतिजा नेगेटिभ आएपछि १४ दिन क्वारेन्टाइनमा राख्ने गरी सिन्धुपाल्चोकको प्रशासन र स्वास्थ्य कार्यलयको समन्वयमा पठाउन लागिएको जिल्ला कमाण्ड पोस्टका सदस्यसमेत रहेका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिए । श्वासप्रस्वासमा समस्या आएपछि धुलिखेल अस्पताल ल्...
बाराका पनि पत्रकार कोरोना संक्रमित

बाराका पनि पत्रकार कोरोना संक्रमित

समाचार, समाज, स्वास्थ्य
बाराको करैयामाई निवासी उनी पत्रकार रहेको स्रोतले बतायो । उनी बारा जिल्लाका पाँचौं संक्रमित हुन् । यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कुल कोरोना संक्रमित पत्रकारको संख्या ५ पुगेको छ । संक्रमित पत्रकारहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सोमबार रौतहटका ८ र बाराका १ जना कोरोना संक्रमित थपिएपछि नेपालभर कोराना संक्रमण पुष्टि भएका व्यक्तिहरुको संख्या ३ सय ४ पुगेको छ । ...
चेकिङका नाममा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्ने तयारी

चेकिङका नाममा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्ने तयारी

समाचार, समाज, स्वास्थ्य
प्रहरीले नागढुंगामा चेकिङका नाममा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने एक जनालाई कारबाही गर्ने तयारी थालेको छ। शुक्रबार उक्त नाकाबाट काठमाडौं उपत्यका प्रवेश गर्न खोजेका प्रदेश-३ का जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीको गाडीलाई रोकेर केही व्यक्तिले सोधपुछ गरेका थिए। आफ्नो परिचयपत्र देखाए पनि चन्द्रगिरिका उत्तम कार्कीलगायतले निर्देशक कार्कीको झोलासमेत खानतलासी गरेका थिए। उनले खिचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो भने विरोधसमेत भएको थियो। 'आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर जाने जोकोहीलाई पनि कानुनी कारबाही हुन्छ,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले भने,'त्यस्ता हर्कतलाई नियन्त्रण गर्नु राज्यको कर्तव्य हुन्छ। त्यसमा कसैलाई पनि कुनै प्रकारको छुट हुँदैन।' दुर्व्यवहार गर्ने उत्तम कार्कीको कुनै पनि परिचय पत्र नरहेको समेत खुलेको...
भारतीय अभिनेता मनमीत ग्रेवालले आत्महत्या गरे, लकडाउनमा डिप्रेसनको शिकार

भारतीय अभिनेता मनमीत ग्रेवालले आत्महत्या गरे, लकडाउनमा डिप्रेसनको शिकार

अन्तराष्ट्रिय, मनोरन्जन, समाचार
सब टिभीको शो ‘आदत से मजबुर’ मा देखिएका अभिनेता मनमीत ग्रेवालले शुक्रबार आत्महत्या गरेका छन् । ३२ वर्षका मनमीतले शुक्रबार राती पासो लगाएर आत्महत्या गरेका हुन् । उनी आफ्नी श्रीमतीसँगै मुम्बईमा बस्दै आएका थिए । भारतीय मिडियामा प्रकाशित जानकारीका अनुसार मनमीत लकडाउनका कारण निकै चिन्तित थिए । लकडाउनका कारण उनको कमाई रोकिएको थियो र यसैले उनी डिप्रेशनको शिकार भएका थिए । स्रोतका अनुसार मनमीतले पहिले देखि नै आर्थिक समस्या झेलिरहेका थिए । यस्तोमा लकडाउनको क्रममा उनको समस्या झनै बढ्यो । उनी आफ्नो भाडा तिर्नसमेत असमर्थ भएका थिए । एबीपी न्यूजसँग उनका नजिकका साथी मनजीत सिंह राजपुतले लकडाउनले मनमीतको जीवनमा निकै समस्या ल्याएको बताए । मनजीतले भने, ‘मनमीत पछिल्लो थुप्रै समस्यादेखि आर्थिक समस्यासँग जुधिरहेका थिए । उनले व्यक्तिगत र व्यावसायिक कामका लागि लाखौं रुपैयाँ उधारो लिइसकेका थिए । लकडाउनका क...
भारतबाट नेपाललाई ३० हजार कोभिड–१९ पीसीआर टेस्ट कीट सहयोग

भारतबाट नेपाललाई ३० हजार कोभिड–१९ पीसीआर टेस्ट कीट सहयोग

समाचार, स्वास्थ्य
काठमाडौं–भारतले नेपाललाई ३० हजार व्यक्तिको जाँच क्षमताको कोभिड–१९ पीसीआर टेस्ट कीट सहयोग गरेको छ । भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई आइतवार कोभिड–१९ पीसीआर किट हस्तान्तरण गरेका हुन् । पुनाका माइल्याबले उत्पादन गरेको प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट कीटहरु हस्तान्तर गरिएको दूतावासले जनाएको छ । सो टेस्ट कीटको सहयोगले नेपालका स्वास्थ्यकर्मीहरुले तीस हजार व्यक्तिको पीसीआर परीक्षण गर्न सक्ने दूतावासले विश्वास व्यक्त गरेको छ । यसैगरि, गत वैशाख १० गते राजदूत क्वात्राले नेपाल सरकारलाई २३ टन औषधि हस्तान्तरण गरेका थिए । ...
भारतमा प्रतिदिन कोरोना संक्रमणमा नयाँ रेकर्ड

भारतमा प्रतिदिन कोरोना संक्रमणमा नयाँ रेकर्ड

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
भारतले प्रतिदिन कोरोना संक्रमणमा नयाँ रेकर्ड कायम गरेको छ। एकैदिन कोरोनाका ४ हजार ८ सय ८५ जना नयाँ संक्रमित थपिएपछि नयाँ रेकर्ड बनेको हो। यसक्रममा गुजरात राज्यमा एकैदिन १ हजार बढी संक्रमित फेला पर्ने दोश्रो राज्य बनेको छ। यीमध्ये ७ सय ९ जना संक्रमित साता लामो परीक्षणपछि फेला परेका हुन्। उनीहरू सबै व्यापारी र विक्रेता भएको टाइम्स अफ इण्डियाले जनाएको छ। यसैगरी कोरोनाको संक्रमणबाट भारतमा सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा संक्रमितको अझै बढिरहेको छ। त्यहाँ एकैदिन १६ सय ६ जना नयाँ संक्रमित फेला परेका छन् भने ६७ जनाको ज्यान गएको छ। त्यहाँ एकैदिन यतिधेरै मानिसको ज्यान गएको पहिलोपटक हो। हालसम्म भारतमा ९० हजार ६ सय ७४ जना कोरोना संक्रमित फेला परेका छन्। पछिल्लो तथ्यांक अनुसार दुई दिनको अवधिमा भारतमा १० हजार संक्रमित थपिएको टाइम्स अफ इण्डियाको समाचारमा उल्लेख छ। श...
लिपुलेकमा खनिएको सडक भारतीय भूमि भित्रै पर्ने भारतको दावी

लिपुलेकमा खनिएको सडक भारतीय भूमि भित्रै पर्ने भारतको दावी

अन्तराष्ट्रिय, राजनीति, समाचार
भारतले लिपुलेकमा खनिएको सडक भारतीय भूमि भित्रै पर्ने दावी गरेको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले मिडियाले उठाएका प्रश्नको जवाफ दिँदै सडक उत्ताराखण्डको पिथौरागढ जिल्लाभित्र पर्ने र उक्त सडक भारतीय भूमि भित्रै रहेको बताएका हुन्। भारतीय रक्षा मन्त्री राजनाथ सिंहले शुक्रबार चीनको मानसरोवर जोड्ने गरी नेपाली भूभाग हुँदै जाने बाटोको उद्घाटन गरेका थिए। उक्त बाटो नेपालको कालापानी र लिपुलेक क्षेत्र हुँदै निर्माण गरिएको छ। बाटोको उद्घाटन भएको समाचार आए लगत्तै शनिबार नेपाल सरकारले उक्त कदमलाई खेदजनक भनेको छ। सीमा विवाद हल गर्न परराष्ट्र सचिव स्तरीय संयन्त्रमा कुराकानी गर्न नेपालले दुई पटक गरेको प्रस्तावमा भारतले वेवास्ता गरेको थियो। तर भारतीय विदेश मन्त्रालयका प्रवक्ताले सचिव स्तरीय वार्ता हुन सक्ने उल्लेख गरेका छन्। उनले भारत कुटनैतिक वार्ताबाटै सीमा विवाद हल ग...
चिनको मिडियाले भन्यो, सगरमाथा चिनको भूभागमा पर्छ

चिनको मिडियाले भन्यो, सगरमाथा चिनको भूभागमा पर्छ

अन्तराष्ट्रिय, समाचार
काठमाडौं । चीनको एक सन्चार माध्यमले सर्वोच्च शिखर सगरमाथालाई चीनमा पर्ने उल्लेख गरेको छ । चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ले ट्वीटरमा सगरमाथा चीनमा पर्ने उल्लेख गरेको हो । सगरमाथा क्षेत्रका केही तस्वीरसमेत राखेर सीजीटीएनको आधिकारिक ट्वीटर ह्याण्डलमा सगरमाथालाई चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको सर्वोच्च शिखर भनेर उल्लेख गरिएको छ । सीजीटीएनले गलत सूचना सम्प्रेषण गरेको भन्दै सामाजिक सन्जालमा विरोध भइरहेको छ । उनीहरुले ऐतिहासिक तथ्य हेर्न र सच्याउन सुझाव दिइरहेका छन् । सगरमाथाको उत्तरी मोहडा मात्र चीनतर्फ पर्दछ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार उत्तरी मोहडाबाट चीनले सगरमाथाको उचाइ नाप्न सुरु गरेको छ । ...