साल्ट ट्रेडिङ्गले गर्यो कर्मचारीलाई कोरोना बीमा
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले कर्पोरेशनमा कार्यरत आफ्ना कर्मचारीहरुको कोरोना बीमा गरेको छ । देशमा संकटको विषम अवस्थामा निरन्तर जनता माझ सर्वसुलभ तवरले सहुलियत दरमा गुणस्तरीय खाद्यान्नहरु आपूर्ति गर्दै आम उपभोक्ताको सेवामा निरन्तर सदैव तत्पर रहने कर्पोरेसनले आफ्ना कर्मचारीहरुको कोरोना बिमा गरेको हो ।विषम परिस्थिति भएको हुनाले सबै कर्मचारीहरुले निरन्तर रुपमा पीपीई र सुरक्षा उपकरण प्रयोग गर्दै लकडाउन भएदेखी नै निरन्तर खटिरहेका छन् । त्यसका लागी कर्पोरेशनका कर्मचारी विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको नियमहरु पालना गरि आफ्नो जिम्मेवारी पुरा गरिरहेका छन ।
यस्तो विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको उच्च मूल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान गर्नका लागि यस्तो बीमा गरिएको कर्पोरेशनले जनाएको छ ।
कर्पोरेश...








