आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: News Reporter

भारत कोरोना भाइरसबाट सर्वाधिक प्रभावित १० औं मुलुक

भारत कोरोना भाइरसबाट सर्वाधिक प्रभावित १० औं मुलुक

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
भारत कोरोना भाइरसबाट सर्वाधिक प्रभावित १० औं मुलुक बनेको छ। आइतबार इरानलाई पछाडी पार्दै संक्रमित संख्याको आधारमा भारत विश्वको १० औं सर्वाधिक कोरोना संक्रमित भएको मुलुक बनेको हो। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार भारतमा संक्रमित संख्या १ लाख ३८ हजार ५ सय ३६ पुगेको छ भने सोका कारण ज्यान गुमाउनेको संख्या ४ हजार २४ पुगेको छ। पछिल्लो १३ दिनको अवधिमा मात्र संक्रमित संख्या दोब्बर भएको छ। आइतबार मात्र त्यहाँ ६ हजार ६ सय ३४ नयाँ संक्रमित फेला परेका छन्। पछिल्ला १० हजार संक्रमित दुई दिनको अवधि थपिएका हुन्। भारतमा पहिलो १० हजार संक्रमित ४३ दिनको अवधिमा भेटिएका थिए। भारतमा पछिल्लो ५ दिनमा औसतमा ६ हजार १ सय २ का दरमा संक्रमित थपिदैं आएका छन्। आइतबार मात्रै राजधानी दिल्लीमा थप ५ सय ८ नयाँ संक्रमित पुष्टि भए। योसँगै राजधानी दिल्लीमा कुल संक्रमित संख्या १३ हजार ...
आज थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ६ सय ७५ पुग्यो

आज थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ६ सय ७५ पुग्यो

समाचार, स्वास्थ्य
काठमाडौं । आज थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
फोटो पत्रकारलाई प्रेस ज्याकेट सहयोग

फोटो पत्रकारलाई प्रेस ज्याकेट सहयोग

आर्थिक, समाज
काठमाडौँ, १० जेठ (रासस) : विपद्को समयमा अग्रपङ्क्तिमा रहेर समाचार सङ्कलनमा खट्ने फोटो पत्रकारलाई एकपछि अर्को गर्दै सहयोग प्राप्त हुनेक्रम बढेको छ । न्यू मुनलाइट सर्टिङ सुटिङका सञ्चालक जाकिर हुसेनले आज राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाललाई कूल १०० थान प्रेस ज्याकेट हस्तान्तरण गर्नुभयो । आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले कोरोनाको जोखिमसँग लडेर आम नागरिकलाई सूचना प्रवाहमा खटिने पत्रकारलाई सहजरुपमा काम गर्ने वातावरण बनोस् भन्ने लक्ष्यका साथ प्रेस ज्याकेट उपलब्ध गराएको बताउनुभयो । व्यवसायी हुसेनले अग्रपङ्क्तिमा खटिरहेका फोटो पत्रकारको एकरुपताका लागि आफ्नै गार्मेन्टमा सिलाएर प्रेस ज्याकेट उपलब्ध गराएको जानकारी दिँदै सङ्कटमा काम गर्नेको अवस्थालाई आफूले नजिकबाट देखेकाले सहयोग गरेको जानकारी दिनुभयो । उहाँले विपद्को समयमा जोखिमपूर्ण काम गर्ने पत्रकारलाई सानो सहयोग गर्न पाउँदा खुशी ला...
प्रहरी सहायक निरीक्षकद्वारा टाउकोमा गोली प्रहार गरी आत्महत्या

प्रहरी सहायक निरीक्षकद्वारा टाउकोमा गोली प्रहार गरी आत्महत्या

अपराध, समाचार, समाज
काठमाडौं । महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत एक प्रहरी सहायक निरीक्षक (असई) ले आफैंले आफैंलाई टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेका छन् । आइतबार बिहान डिउटी सकेर फर्केपछि कोठाको ढोका थुनेर असई महेश कार्कीले आफ्नै टाउकोमा गोली प्रहार गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए ।  डीआईजी पोखरेलका अनुसार उनको टाउकोमा गोली लागेको छ । उनले के कारणले आत्महत्या गरे भन्ने खुलिसकेको छैन । ...
कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना संक्रमण पुष्टि पछि ,नयाँबानेश्वरका तीन घर सिल

कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना संक्रमण पुष्टि पछि ,नयाँबानेश्वरका तीन घर सिल

समाचार, स्वास्थ्य
काठमाडौं । कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौं महानगरपालिका–१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ । प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको वडा सदस्य नरोज अर्यालले राससलाई जानकारी दिए । ट्रेसिङ गरिएकाको एक हप्तापछि मात्र स्वाब सङ्कलन गरिने भएको छ । ट्रेसिङ गर्न, स्वाब संकलन गरी परीक्षणपछि प्रतिवेदन आउन हप्तौँ लाग्ने भएपछि वडावासीले लामो समय त्रासमा बिताउनुपरेको उनले बताए । संक्रमितको सम्पर्कमा आएका मानिसमा कम्तीमा सात दिनपछि मात्र लक्षण देखिने भएकाले समय लिएर स्वाब संकलन गर्ने गरिएको जनाइएको छ । कोरोनाको संक्रमणबाट बच्न जारी बन्दाबन्दीका बेला वडाले अत्यावश्यक सेवाका ढल, खानेपानी लगायत समस्या समाधानलाई निरन्तरता दिएको वडा कार्यालयले जनाएको छ । ...
कपिलवस्तुका दुई पत्रकार सहित कोरोना संक्रमण संक्रमितको संख्या ६९ जना पुग्यो

कपिलवस्तुका दुई पत्रकार सहित कोरोना संक्रमण संक्रमितको संख्या ६९ जना पुग्यो

समाचार, समाज, स्वास्थ्य
बुटवल । कपिलवस्तुमा शुक्रबार संक्रमण पुष्टि भएका ९ जनामध्ये दुई जना पत्रकार रहेको खुलेको छ । दुईजना मध्ये एकजना कपिलबस्तु नगरपालिका वडा नं. ३ तौलिहवाका २९ वर्षका र अर्का वाणगंगा नगरपालिका वडा नं. ८ का २४ वर्षका पुरुष हुन् । एकजना पत्रकार महासंघ कपिलवस्तुका कार्यसमिति सदस्य समेत हुन् । उनले स्थानीयस्तरबाट एक अनलाइन सञ्चार माध्यम सञ्चालन गर्दै आएका थिए । एकजना बाणगंगा नगरपालिका चार नम्बरस्थित बुद्ध आवाज टेलिभिजनका सञ्चारकर्मी हुन् । दुबै पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरु उनीहरुको सम्पर्कमा पुगिसकेका छ । यो संगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ६९ जना पुगेको छ । ...
थप ३० जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ४ सय ८७

थप ३० जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ४ सय ८७

समाचार, स्वास्थ्य
काठमाडौं । शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सर्लाही जिल्लामा १५, कपिलवस्तुमा ९, चितवनमा २, नवलपरासीका ३, नवपरासी पूर्वका १ जनामा कोरोना संक्रमण देखिएको हो । सर्लाहीको गौडेता नगरपालिका र रामनगर बहुअर्वा नगरपालिकामा कोरोना संक्रमण देखिएको हो । त्यहाँका २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८ र ३९ वर्षका पुरुष र १८ वर्षकी महिलामा कोरोना संक्रमण भएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षका पुरुष र ८ वर्षकी बालिकामा कोरोना संक्रमण देखिएको हो । नवलपरासीको सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिकाका ३३ र ३५ वर्षका पुरुष र १५ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको छ । चितवनको भरतपुर महान...
सरकारी निकाय र निजी क्षेत्रसंग ९१ हजार ५०४ मेट्रिक टन चामल मौज्दात

सरकारी निकाय र निजी क्षेत्रसंग ९१ हजार ५०४ मेट्रिक टन चामल मौज्दात

आर्थिक, समाचार
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी ९१ हजार ५०४ मेट्रिक टन चामल मौज्दात छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकानुसार कम्पनीसँग १६ हजार ५०४ र निजी क्षेत्रका उद्योगसँग ७५ हजार मेट्रिक टन गरी दुई निकायसँग ९१ हजार ५०४ मेट्रिक टन चामल मौज्दात छ भने कम्पनीसँग दुर्गमका २३ जिल्लामा दुई हजार ८४३ मेट्रिक टन चामल, ६६४ क्विन्टल फापर, ५२४ क्विन्टल सिमी, ५५७ मेट्रिक टन गहुँ र १८ मेट्रिक टन दाल तथा गेडागुडी मौज्दात छ । त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग दुर्गमका जिल्लामा दुई हजार ८२५ मेट्रिक टन नून गरी एक लाख ३७ हजार ९६६ मेट्रिक टन मौज्दात छ ।मन्त्रालयको तथ्यांकानुसार साल्ट ट्रेडिङसँग दुई हजार २६३ चिनी र निजी क्षेत्रसँग ६३ हजार २०७ गरी ६५ हजार ४७४ चिनी मौज्दात छ । यसैगरी निजी क्षेत्रका व्यापारीसँग दाल तथा गेडागुडी १६ हजार ८१ मेट...
गुल्मीका कोरोना संक्रमितको अवस्था स्थिर :क्रिमसन अस्पताल

गुल्मीका कोरोना संक्रमितको अवस्था स्थिर :क्रिमसन अस्पताल

समाचार, स्वास्थ्य
गुल्मीका कोरोना संक्रमितको अवस्था स्थिर रहेको उनी उपचाररत अस्पतालले स्पष्ट पारेको छ । रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले बिरामीको अवस्था स्थिर रहेको र अहिले आईसीयू कक्षमा भेन्टिलेटर सपोर्टमा उपचार भइरहेको रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘बिरामीको मृत्यु भएको भन्ने हल्लामात्रै हो । उहाँको आईसीयू कक्षमा भेन्टिलेटर सपोर्टमा उपचार भइरहेको छ ।’ अस्पतालले मृृत्यु भएको भनेर पुष्टि नगरेको भन्दै उनले आफूहरुले यसबारे स्पष्ट पार्न विज्ञप्ति जारी गर्न लागेको पनि बताए । बिरामीमा कोरोना संक्रमण पुष्टि भएसँगै अस्पताल व्यवस्थापनले संक्रमितलाई कोरोना विशेष अस्पतालमा लैजान समेत सुझाएको तर सरकारी निकायबाटै यहीँ उपचार गर्ने भनेपनि आफूहरुले उपचार गरिरहेको उनको भनाइ छ ।गम्भीर अवस्थामा रहेका बिरामीलाई आफ्नो अस्पतालले निको पार्न हरतरह प्रयास जारी रहेको...
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ सय नाघ्यो

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ सय नाघ्यो

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौं । भारतमा कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या तीन हजार तीन सय नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म तीन हजार तीन सय ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा १४० जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि एक लाख ६ हजार सात सय ५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा भारतमा पाँच हजार ६ सय ११ नयाँ संक्रमित भेटिएका छन् । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३७ हजारएक सय ३६ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार ३२५ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै तमिलनाडुमा अहिलेसम्म १२ हजार चार सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा ८४ जनाको मृत्यु भएको छ । गुजरातमा अहिलेसम्म १२ हजार १४...