“विविधायन सौन्दर्यम्”: प्रकृति, सिर्जनशीलता र समकालीन डिजाइनको भव्य संगम
नमुना कलेज अफ फेशन टेक्नोलोजी (एनसीएफटी) को २०औँ ग्राजुएसन फेशन शो “विविधायन सौन्दर्यम्” सिर्जनशीलता, कल्पनाशक्ति र कलात्मक अभिव्यक्तिको भव्य उत्सवका रूपमा सम्पन्न भएको छ । द प्लाजा नेपाल, मा आयोजित उक्त कार्यक्रमले रनवेलाई जीवित क्यानभासमा रूपान्तरण गर्दै फेशन, प्रकृति र कथात्मक अभिव्यक्तिको अद्भुत संगम प्रस्तुत ग¥यो । फेसन डिजाइनिङमा स्नातक हुँदै गरेका ६२ जना विधार्थी फेशन डिजाइनरहरूको सिर्जनात्मक यात्रालाई समेट्दै कार्यक्रमले छ वटा अवधारणामा आधारित संग्रहहरू प्रस्तुत ग¥यो, जसले नेपालको प्राकृतिक भू–दृश्य तथा जैविक विविधताको समृद्धतालाई प्रभावशाली रूपमा उजागर गरेको पाइयो ।“विविधायन सौन्दर्यम्” अर्थात् विविधताबाट उत्पन्न हुने सौन्दर्य भन्ने मूल अवधारणाले सम्पूर्ण कार्यक्रमको वैचारिक आधार निर्माण गरेको थियो । नेपालका वन, सिमसार क्षेत्र, हिमाल, वन्यजन्तु तथा पुष्पीय विविधताबाट प्रेरणा लिए...









