डान्स र जुम्बा प्रशिक्षणको उत्कृष्ट थलो: ‘निरी एकडेमी’ सबैको रोजाइमा
काठमाडौँ – काठमाडौँ को बालकुमारी–कोटेश्वर क्षेत्रमा सञ्चालनमा रहेको निरी डान्स एण्ड जुम्बा फिटनेस एकडेमी अहिले नृत्य र फिटनेस प्रशिक्षणका लागि सबैको रोजाइमा पर्न सफल भएको छ। अन्तर्राष्ट्रिय अनुभव हासिल गरेका प्रतिष्ठित तथा दक्ष नृत्य प्रशिक्षकहरूको मार्गदर्शनमा यहाँ विभिन्न शैलीका नृत्य प्रशिक्षण गरिँदै आएको छ।
अनुभवी प्रशिक्षक तथा कोरियोग्राफरहरूको सक्रिय नेतृत्वमा सञ्चालित एकडेमीले हिप–हप, कन्टेम्पोररी, बलिउड, फोक–फ्युजन लगायतका विविध नृत्य विधामा प्रारम्भिकदेखि उन्नत तहसम्म कक्षाहरू सञ्चालन गर्दै आएको छ। उमेर समूहअनुसार छुट्टाछुट्टै ब्याच व्यवस्थापन गरिएकाले बालबालिका, किशोर–किशोरी तथा युवाहरूले सहज रूपमा प्रशिक्षण लिन सक्ने वातावरण तयार गरिएको छ।
जुम्बा प्रशिक्षणको विशेष व्यवस्था
नृत्यसँगै स्वास्थ्य र फिटनेसलाई जोड दिँदै एकडेमीमा प्रोफेसनल प्रशिक्षकद्वारा जुम्बा प्रशिक्षण समे...








