बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
तबलाबाट समाजसेवासम्मः पं. डा. निशिको च्यारिटी म्यूजिक कन्सर्ट

तबलाबाट समाजसेवासम्मः पं. डा. निशिको च्यारिटी म्यूजिक कन्सर्ट

मनोरन्जन, समाचार
काठमाडौं, विश्वप्रसिद्ध तबला वादक पं. डा. निशिकान्त सोनवलकरको अगुवाईमा आयोजित ‘च्यारिटी म्यूजिक कन्सर्ट शो’ कार्यक्रम काठमाडौंको होटल टिबेट कन्फरेन्स रूममा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा सन्तुरमा युवा कलाकार युवान तोडी, सितारमा इश्वरि खड्का, र तानपुरामा दिनेश खड्काले समागम गरिरहेका थिए। कार्यक्रममा करिब ७५ भन्दा बढी सहभागीहरू उपस्थित थिए। दर्शकहरूले पं. सोनवलकरद्वारा प्रस्तुत उत्तर भारतीय शास्त्रीय तबला एकल प्रस्तुतिको सजीव अनुभव लिएका थिए। उनी द्वारा प्रस्तुत १६ ताल टीन्तालमा आधारित तबला प्रस्तुतिले संगीतको माधुर्य प्रस्तुत गर्नुका साथै शास्त्रीय लय, ताल संरचना र रचनात्मकताका जटिल पक्षहरूलाई व्याख्या गर्दै व्याख्यान प्रस्तुति शैलीमा दर्शक सामु प्रस्ट पारेको थियो। तबलाको प्रस्तुति पश्चात्, जुगलबन्दी  कार्यक्रम भएको थियो, जहाँ युवान तोडीले सन्तुर प्रस्तुत गरे, उ...
‘मिस्टर एण्ड मिस लभिस’ को फाइनल भव्य रुपमा सम्पन्न

‘मिस्टर एण्ड मिस लभिस’ को फाइनल भव्य रुपमा सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौँ — फेसन, प्रतिभा र व्यक्तित्वको संगमका रूपमा आयोजना गरिएको ‘मिस्टर एण्ड मिस लभिस फाइनल’ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न उमेर समूहका प्रतिस्पर्धीहरूले उत्कृष्ट प्रस्तुति दिँदै आ–आफ्नो विधामा उपाधि हासिल गरेका छन्। प्रतियोगिताअन्तर्गत टिन गर्ल्स विधामा बेला महर्जन विजेता घोषित हुनुभएको छ। त्यसैगरी जुनियर गर्ल्स विधामा विक्टोरिया शाही ले प्रथम स्थान हासिल गर्न सफल हुनुभयो। बोयस विधातर्फ सन्दीप भण्डारी ले उत्कृष्ट प्रदर्शन गर्दै विजेताको उपाधि हात पार्नुभएको छ। यसैगरी, सिनियर गर्ल्स विधामा नाओमी कुमाल ले प्रथम उपविजेता (First Runner-up) को उपाधि प्राप्त गर्नुभएको छ भने जुनियर गर्ल्स विधामा प्राप्ति बास्तोला प्रथम उपविजेता घोषित हुनुभयो। त्यस्तै, सिनियर गर्ल्स विधामा सैना बराल दोस्रो उपविजेता (Second Runner-up) बन्न सफल हुनुभयो भने जुनियर गर्ल्स वि...
चेतन राईको ‘मेरो देश नेपाल’ गीत सार्वजनिक(भिडियो)

चेतन राईको ‘मेरो देश नेपाल’ गीत सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौँ — नेपाली मौलिक संगीत, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘मेरो देश नेपाल’ गीत तथा भिडियो सार्वजनिक गरिएको छ। विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा संगीतप्रेमी, साहित्यकार तथा कलाकारहरूको बाक्लो सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि पूर्व उपसचिव तथा भाषा आयोगका  सदस्य एवम् साहित्यकार उषा हमाल रहनुभएको थियो। त्यसैगरी, किर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ कार्यक्रमका विशिष्ट अतिथि का रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा नेपाल संगीत कल्याण कोषका अध्यक्ष, गायक तथा संगीतकार रमेश पाठक, राप्ति समाजकाअध्यक्ष, गायक तथा संगीतकार गोविन्द मधुर आचार्यको विशेष उपस्थिति रहेको थियो। साथै, निर्देशक तथा कोरियोग्राफर कृष्ण रसालको पनि सहभागिता रहेको थियो। सार्वजनिक गरिएको गीतमा चेतन राई को स्वर तथा संगीत रहेको छ। गीतका शब्द राजाराम पौडे...
एनसिसि एलुमनाई एसोसिएशन नेपालको आठौँ वार्षिकोत्सव सम्पन्न

एनसिसि एलुमनाई एसोसिएशन नेपालको आठौँ वार्षिकोत्सव सम्पन्न

समाचार, समाज
काठमाडौं । राष्ट्रिय सेवा दल, नेपालबाट प्रशिक्षित पूर्व विद्यार्थीहरूको संस्था एन.सि.सि. एलुमनाई एसोसिएशन नेपालको आठौँ वार्षिकोत्सव प्रधान सेनापति महारथी  अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा  २०८२ पौष १३ गते विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति सिग्देलले राष्ट्रप्रति समर्पित, अनुशासित, नैतिकवान्, इमानदार तथा कर्तव्यनिष्ठ नागरिक उत्पादनमा राष्ट्रिय सेवा दल, नेपालको उल्लेखनीय भूमिकाको प्रशंसा गर्नुभयो। साथै, एन.सि.सि. एलुमनाई एसोसिएशन नेपालसँग आबद्ध सबै पदाधिकारी तथा सदस्यहरूले राष्ट्र र समाजका लागि पुर्‍याउँदै आएको योगदानको कदर गर्दै वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा एन.सि.सि. एलुमनाई एसोसिएशन नेपालका केन्द्रीय निर्देशक  पवन कोइरालाले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने राष्ट्रिय ...
केदार सङ्केतको कथासङ्ग्रह ‘अन्तिम साँझ’ लोकार्पण

केदार सङ्केतको कथासङ्ग्रह ‘अन्तिम साँझ’ लोकार्पण

मनोरन्जन, समाचार
बेलायतमा बसोबास गर्दै युद्ध साहित्यमार्फत आफ्नो पहिचान बनाउनुभएका स्रष्टा केदार सङ्केतको नवीनतम कथासङ्ग्रह ‘अन्तिम साँझ’ लोकार्पण गरिएको छ । मिलाप पब्लिकेशनको आयोजनामा तथा अनेसास दर्पणको संयोजनमा आइतबार ललितपुरको कुमारीपाटीस्थित ऐला लाउन्जमा आयोजित विशेष कार्यक्रममा महाकाव्यकार खेमनाथ दाहालको सभापतित्वमा उक्त कृतिको लोकार्पण गरिएको थियो। कार्यक्रममा अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण मिलाप मासिक कार्यकारी सम्पादक गीता अधिकारीले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल स्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले हल्लाखल्लाका आधारमा चर्चित बनेका कतिपय साहित्यकारहरूको अस्तित्व दीर्घकालीन नहुने उल्लेख गर्दै काव्यिक स्वधर्म र सिर्जनशील चिन्तनमा निरन्तर लागिरहने स्रष्टाहरूको सुदूर गन्तव्य सुनिश्चित ...
विश्व हिन्दु युवा कलाकार संघको नयाँ यात्रा सुरु, नेतृत्वमा शिवन पोखरेल

विश्व हिन्दु युवा कलाकार संघको नयाँ यात्रा सुरु, नेतृत्वमा शिवन पोखरेल

समाचार, समाज
विश्व हिन्दु युवा कलाकार संघ-नेपाल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिको कार्य समिति गठन तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । कलाकार तथा निर्देशक शिवन पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलाकार एवं चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का प्रमुख अतिथि रहनुभएको थियो। साथै विश्व हिन्दु युवा संघ-राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ऋषीकेशजंग शाहको विशेष आतिथ्यता थियो । उक्त अवसरमा शिवन पोखरेलको अध्यक्षतामा विश्व हिन्दु युवा कलाकार संघ-नेपाल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिको नयाँ कार्य समिति गठन गरिएको छ । नवगठित समितिको उपाध्यक्षमा गोपाल ढकाल (छन्दे), महिला उपाध्यक्षमा पुजन काफ्ले, महासचिवमा पवन केसी, सचिवमा पवित्रा आचार्य चयन हुनुभएको छ । सह-कोषाध्यक्षमा पुष्कर धनुके, प्रवक्तामा देबेन्द्र शाही तथा प्रेस संयोजकमा पत्रकार प्रकाश बराइली ‘अभिव्यक्ति’ चयन हु...
क्षेत्र र जिल्लाको निर्णय उल्टाउँदै प्रदेशले गर्‍यो राकेश यादवको सिफारिस

क्षेत्र र जिल्लाको निर्णय उल्टाउँदै प्रदेशले गर्‍यो राकेश यादवको सिफारिस

राजनीति, समाचार
पर्सा  । नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिले पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा अन्ततः युवा नेता राकेश यादवको नाम सिफारिस गरेको छ। प्रदेश कार्यसमितिको सिफारिस पत्र केन्द्रीय कार्यसमितिमा पुगेर दर्तासमेत भइसकेको यादवले जानकारी दिएका छन्। यसअघि क्षेत्रीय तथा जिल्ला कार्यसमितिले यादवको नाम हटाउँदै पूर्वमन्त्री अजयकुमार चौरसिया, संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्य र मदन यादव गरी तीन जनाको नाम मात्र सिफारिस गरेका थिए। त्यसपछि युवा नेता यादवले पुस ८ गते मधेस प्रदेश सभापति तथा मुख्यमन्त्री कृष्ण यादवलाई भेट गरी उम्मेदवारी सिफारिसका लागि लिखित निवेदन दिएका थिए। विधानअनुसार प्रदेशबाट सिफारिस यही निवेदनका आधारमा प्रदेश सभापति यादवले पार्टी विधानअनुसार पर्सा–२ को प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा राकेश यादवको नाम केन्द्रीय कार्यसमि...
‘माया गर्दैन’ सार्वजनिक (भिडियो)

‘माया गर्दैन’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
एभरेष्ट ग्यालरीको निर्माणमा बनेको सामाजिक गीतको भिडियो ‘माया गर्दैन’ सार्वजनिक गरिएको छ । गीतकार सागर बास्तोलाको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा कलाकार सनम कठायत र कविता न्यौपानेलगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ । https://www.youtube.com/watch?v=gnZ4byJ832o सनम कठायतले पछिल्लो सार्वजनिक म्युजिक भिडियो ‘माया गर्दैन’ आफूका लागि विशेष महत्व बोकेको बताउनुभएको छ । मोडल कठायतको जन्मस्थान साविकको डोटी जिल्ला शिखर नगरपालिका–३ सालगाउँमा छायांकन गरिएको यस गीतको भिडियोमा मोडल स्वयं कठायतसँगै उहाँका बुवा नवराज कठायत, आमा लिलादेवी कठायत, अंकल गणेश कठायत, आन्टी नन्दादेवी कठायत तथा भाइ कैलाश कठायतको समेत अभिनय छ । निर्देशक जनक सिंहको परिकल्पनामा निर्माण भएको उक्त गीतको भिडियोमा दीपक गिरी र गणेश साउदको छायांकन तथा प्रविधि संयोजन, अमृत चापागाईंको सम्पादन र क...
एक समयको महामारी, आज इतिहास: गलगाँड निवारणमा साल्ट ट्रेडिङ्गको उपलब्धि

एक समयको महामारी, आज इतिहास: गलगाँड निवारणमा साल्ट ट्रेडिङ्गको उपलब्धि

आर्थिक, समाचार
काठमाडौं ।  नेपालले पछिल्ला दशकमा गलगाँड (इन्डेमिक गोइटर) निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ। विगतमा आयोडिनयुक्त नुनको अभावका कारण पहाडी तथा हिमाली भू–भागका नागरिक गलगाँडको चरम समस्याबाट पीडित थिए। घाँटीमा गलगाँड हुनु सामान्य ठानिन्थ्यो । तर सरकारको दीर्घकालीन नीति र प्रभावकारी कार्यान्वयनले यो अवस्था पूर्ण रूपमा परिवर्तन भएको छ। सरकारले कण्ठरोग निवारण कार्यक्रमअन्तर्गत आयोडिनयुक्त नुनको देशव्यापी वितरण अभियान सञ्चालन गरेपछि पछिल्लो दशकमा गलगाँडको समस्या लगभग शून्यमा झरेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनअनुसार आयोडिनयुक्त नुनको पहुँच झण्डै शत प्रतिशत पुगेपछि आयोडिनको कमीबाट हुने गलगाँड नियन्त्रणमा आएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राथमिकतामा रहेको यस कार्यक्रमलाई साल्ट ट्रेडिङ कर्पोरेशनले प्रभावकारी रूपमा कार्...
‘नृत्य नेपाली पारा’को दोस्रो संस्करणको घोषणा

‘नृत्य नेपाली पारा’को दोस्रो संस्करणको घोषणा

मनोरन्जन, समाचार
काठमाडौं । ‘नृत्य नेपाली पारा’को दोस्रो संस्करणको घोषणा गरिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन कार्यक्रम गर्दै प्रतियोगिताको औपचारिक घोषणा गरिएको हो । नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठको प्रमुख आतिथ्यता र एभरेट नेपाल कल्चर ग्रुपका अध्यक्ष आरसी कोइरालाको विशेष आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा निर्देशक शम्भु शाही, सुनिल गिरी, कृष्ण रसाल, रमेश बुढाथोकी, अजय विष्ट, सरोज श्रेष्ठ, रिषिकेश श्रेष्ठ, रमेश पाठक, शिला गजुरेललगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । यस्तै बुद्ध लामा, सन्देश लामा, अभि लामालगायतको सक्रिय उपस्थिति रहेको थियो । आयोजक संस्था नेपाल लोक नृत्य सेन्टरका अध्यक्ष केशव कोइरालाले प्रतियोगिताको विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो । कोइरालाका अनुसार प्रतियोगिता दुई तहमा सञ्चालन हुनेछ ...