नेशनल किड्स अफ द ईयर बने सिनियर तर्फ अर्नब र सायरा, जुनियर तर्फ लक्ष्य र साम्राज्ञी
काठमाडौं । ‘चौथो नेशनल किड्स अफ द ईयर २०२२’ को उपाधि सिनियर तर्फ अर्नब श्रेष्ठ र सायरा भट्टले जितेका छन् । काठमाडौंमा सम्पन्न यो प्रतियोगितामा उनीहरुले उपाधि सहित जनही २५ हजार रुपैयाँ र सिँगापुरमा सम्पन्न हुने इन्टरन्यासनल किड्स अफ द ईयरमा नेपालबाट भागलिने अबसर पनि हाँसिल गरेको आयोजक धिरज तण्डुकारले जानकारी गराए ।
यसै गरी जुनियर तर्फ लक्ष्य जैन र साम्राज्ञी बुढाथोकीले ‘चौथो नेशनल किड्स अफ द ईयर २०२२’ उपाधि जितेका छन् । यी दुई पनि उपाधिसँगै जनही २५ हजार रुपैयाँ र अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अबसर हाँसिल गरेका छन् ।इभेन्ट बेटर ग्यालेक्सीद्धारा आयोजित यो प्रतियोगितामा सिनियर तर्फबाट फस्ट रनर अपको उपाधि दिब्य रत्न डँगोल र निभिका दुवालले तथा सेकेन्ड रनर अपको उपाधि सुभान पुन र आश्रय भट्टराईले जितेका छन् । सोही कार्यक्रममा जुनियर तर्फ फस्ट रनरअपको उपाधि हिमाँसु क्षत्...









