आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
गीतकार ध्रुव  प्रसाद  अंमगाई समानुपातिकमा सिफारिस

गीतकार ध्रुव प्रसाद अंमगाई समानुपातिकमा सिफारिस

मनोरन्जन, राजनीति, समाचार
पछिल्लो समय गीत सङ्गीतको क्षेत्रमा गीतकारको रुपमा चर्चाको शिखरमा पुग्न सफल भएका गीतकार ध्रुव प्रसाद अंम्गाईको २०७९ मा हुन गईरहेको आमनिर्वाचनमा गोरखा जिल्लाबाट ने क पा एमालेको तर्फ बाट समानुपातिक सांसद पदका लागि सिफारिसमा पर्नु भएको खबर हामीलाई प्राप्त भएको छ ।१८ वर्षको कलिलो उमेर देखि गोरखा बाट अनेरास्ववियु पाचौबाट औपचारिक रुपमा राजनीति यात्रा सुरुवात गरेका अंम्गाई एक साहासी खरो स्वभाव भएका कुशल वक्ता समाजसेवी एवम मेहनती व्यक्तित्व भएको कुरा जानकारहरु बताउछ्न। २०४९ सालमा अनेरास्ववियु पांच औं जिल्ला कमिटी सदस्य र २०६२ काठमाडौ गोरखा सम्पर्क मञ्च को सद्स्य हुँदै हाल प्रवासी मन्च मकाउ को सल्लाहकार छ्न ।गोरखा हाल गण्डकीगाउँपालिका फुजेल जन्मथलो भएका अंम्गाईले आफ्नो गाउँ ठाउँमा विकासनिर्माण लगायत उच्च मा वि स्थापना देखि मठ मन्दिर निर्माण सामुदायिक वन पालन सिंचाइ का लागि नगर निर्माण जस्ता थुप्रैक...
बिरही कार्कीको ‘मायाको ढोका खोलिदेउ’(भिडियो)

बिरही कार्कीको ‘मायाको ढोका खोलिदेउ’(भिडियो)

मनोरन्जन, समाचार
लोकप्रिय गायक बिरही कार्कीको पछिल्लो सांगीतिक कोशेली ‘मायाको ढोका खोलिदेउ’ एक भव्य समारोहका बीच लोकार्पण गरियो । म्यूजिक खबरको आयोजनामा नयाँबानेश्वरस्थित एभरेष्ट लाउन्जको सभाहलमा आयोजित कार्यक्रममा संगीतका शिखर पुरुष बरिष्ठ गायक, संगीतकार एवं निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरि विशेष अतिथीको रुपमा उपस्थित बरिष्ठ गीतकार डा. राजुबाबु श्रेष्ठ गायक, गीतकार संघका उपाध्यक्ष बसन्त वित्यासी थापा, सञ्चारकर्मी एवं सामाजिक अभियन्ता कृष्ण कँडेल, एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइराला, स्मार्ट फोरके टेलिभिजनका समाचार प्रमुख सरोज कोइराला, गायिका अन्जु पन्त, अभिनेत्री शिल्पा पोखरेल, मोडल सागर लम्साल बले लगायत कार्यक्रममा विशिष्ट कलाकारहरु, पत्रकारहरु र संगीतअनुरागीहरुको बाक्लो उपस्थिति रहेको थियो ।सञ्चारकर्मी सुमन बैरागी पण्डितले उपस्थित अतिथिहरुलाई स्वागत गरेका...
राजनीतिक अस्तित्वको रक्षा गर्न गठबन्धनको सहारा

राजनीतिक अस्तित्वको रक्षा गर्न गठबन्धनको सहारा

राजनीति, समाचार
डा.डिआर उपाध्याय, काठमाडौं । आज भोली चुनावकै चर्चा हुन थालेको छ । राजनीतिक दलहरु चुनावी एजेण्डालाई लिएर छलफलमा जुटीरहेका छन । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको परिणाम कस्तो आउने हो अहिले नै यसै भन्न सकिने अबस्था भने छैन । निर्वाचनको परिणाम दिने भनेको जनताले हो । अहिले जनताले के सोचिरहेका छन बुझन सकिएको छैन । आफ्नो पक्षमा निर्वाचनको परिणाम ल्याउन सबै दलहरु लागेकै छन । स्वतन्त्र उम्मेदवारहरुले जित्ने हुन की भनेर राजनीतिक दलका नेताहरुमा अत्यधिक छटपटाहट पनि देखिएको छ । दलका नेताहरु चुनाव जित्न जुनसुकै हथकन्डाको अवलम्बन गर्न तयार छन । सत्ता गठबन्धनले चुनावमा दुईतिहाई बहुमत ल्याउने दाबी गरिरहेको छ । तर गठबन्धनको राजनीतिक अभ्यासले लोकतन्त्र कमजोर हुने हो की भन्ने चिन्ता पनि छ । लोकतन्त्रमा हरेक पार्टी अलक अलक चुनावी प्रतिष्प्रर्धा गर्नु पर्ने हो तर नेपाली काँग्रेस, माओवादी केन्...
प्रदेश ‘ख’ मा दुई उम्मेद्वार शंकर प्रसाद दुलाल र राम प्रसाद खनाल

प्रदेश ‘ख’ मा दुई उम्मेद्वार शंकर प्रसाद दुलाल र राम प्रसाद खनाल

राजनीति, समाचार
काठमाण्डौ, भाद्र १४ आउदो मंसिर ४ को निर्वाचन मा काठमाडौ क्षेत्र नं २ मा उम्मेद्वार को को हुने भन्ने होडबाजि र दौड धुप चलेको छ । गठबन्धन कस्तो हुने भन्ने छलफल चलिरहेको छ । गठबन्धनको तर्फबाट संघ र प्रदेश गरि तीन जनाले उम्मेदवारी हुने छ । गठबन्धनको केन्द्रिय निर्णय अनुसार संघमा माधब कुमार नेपालले पाउने प्राय निश्चित देखिन्छ । समाजवादिले संघ पाउँदा दुई प्रदेश मध्य एक प्रदेश माओबादिले र एक प्रदेश काङ्ग्रेसले पाउने आधार बनेको देखिन्छ । गठबनधनको आधार अनुसार आकांक्षीहरु पनि धेरै देखिएका छन । त्यसैगरी प्रदेश क मा नेपाली काङ्ग्रेसको तर्फबाट मनिष कोइरालाको चर्चा चलेको देखिन्छ भने प्रदेश ख मा माओबादीको तर्फबाट राम प्रसाद खनाल र शंकर प्रसाद दुलालको चर्चा चलेको देखिन्छ । संघको बारेमा टुङ्गो नलागी सकेको माधब नेपाल आफै या अर्को उम्मेदवार भन्ने चाहिँ छलफल भैरहेको श्रोतले जनाएको छ भने प्रदेश ख मा चाहिँ ...
नेपाल सरकार र सद्गुरूविच  ‘माटो जोगाऔँ’ अभियानको सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर हुँदै

नेपाल सरकार र सद्गुरूविच ‘माटो जोगाऔँ’ अभियानको सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर हुँदै

समाचार, समाज
काठमाडौं – विश्वप्रसिद्ध सदगुरु, जग्गी वासुदेवको ‘माटो जोगाऔँ’ (Save Soil) अभियान अन्तर्गत नेपाल सरकारसँग यहि भदौ १७ गते अर्थात सेप्टेम्बर २, मा सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर हुने भएको छ । नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र माटो जोगाऔँ (Conscious Planet) बिच ललितपुरस्थित गोदावरी सनराइज सम्मेलन केन्द्रमा हस्ताक्षर हुने निश्चित भएको हो । माटो जोगाऔँ अभियान माटोको विनाशलाई सम्बोधन गर्नको लागि ईशा फाउण्डेशन नामको लाभ रहित मानव सेवी संस्थानका संस्थापक सद्गुरुद्वारा पहल गरिएको विश्वव्यापी अभियान हो । माटोलाई स्वस्थ राखिरहनको लागि विश्वभरिका मानिसहरूलाई एकजुट गर्ने साथै उब्जाउयोग्य माटोमा जैविक पदार्थको मात्रा वृद्धि गर्नको लागि हरेक राष्ट्रमा राष्ट्रिय नीति निर्माण र कार्यान्वयन गर्न सबै राष्ट्रका नेतृत्वकर्ताहरूलाई सहयोग गर्ने अभियानको उद्देश्य रहेको छ । माटोको विना...
बाकुमा सम्पन्न ‘ग्लोबल टुरिजम कन्फ्रेरन्स’मा नेपालीलाई सम्मान

बाकुमा सम्पन्न ‘ग्लोबल टुरिजम कन्फ्रेरन्स’मा नेपालीलाई सम्मान

आर्थिक, समाचार
अजरबैजानको राजधानी बाकुमा ग्लोबल टुरिजम कन्फ्रेरन्स भव्य रुपमा सम्पन्न भएको छ । कोरोना कहरका कारण विश्वभर पर्यटन व्यबसायमा मन्दि भए संगै परेको असरको बारेमा विभिन्न देशका पर्यटन व्यबसायीहरुको सहभागिता रहेको उक्त सम्मेलनमा पर्यटन व्यबसायी वीच पर्यटन व्यबसायमा परेको असर र त्यसका समाधानका उपाय विषयक अन्तरक्रिया समेत गरिएको थियो ।  उक्त सम्मेलनले मुख्यत अजरबैजान पर्यटनको मुख्य गन्तव्य बन्दै गईरहेको सन्दर्भमा नेपालमा पनि अजरबैजानी पर्यटन भित्र्याउन पहलका विषयमा विशेष छलफल चलेको थियो ।अजरबैजानको लोकप्रिय संस्था टेम्पो ट्रिप्सले आयोजना गरेको उक्त सम्मेलनमा नेपाल, अजरबैजान लगायत विभिन्न देशकका पर्यटन व्यबसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।सम्मेलनमा बोल्दै आयोजक संस्थाकी प्रमुख सदागत तहमाजोभाले यस सम्मेलनले नेपाल अजरबैजानको पर्यटन प्रवद्र्धनमा विकास र टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको ...
कान्तिपुर मलमा सामान खरिद गर्दा छुट पनि,उपहार पनि

कान्तिपुर मलमा सामान खरिद गर्दा छुट पनि,उपहार पनि

आर्थिक, समाचार
काठमाडौं । अघिल्ला वर्षहरुमा झै कान्तिपुर मलले दसैं, तिहार र छ्ठ पर्वलाई लक्षित गरी विशेष प्याकेज ल्याएको छ । मलले पर्वको अवसरमा सामान खरिदमा छुटदेखि उपहार योजना पनि ल्याएको छ। मलमा सामान किनमेल गर्ने हरेक ग्राहकले एक हजार रुपैयाँभन्दा माथिको सामान खरिदमा एक वटा उपहार कुपन प्राप्त गर्नेछन् । उपहार योजनाअन्तर्गत मङ्सिर १ गते ग्राहकको उपस्थितिमा पुरस्कार घोषणा हुने मलका महाप्रबन्धक अमर निरौलाले जानकारी दिनुभयो। उपहार योजनामा प्रथम पुरस्कार १५० सिसिको यमहा बाईक, दोश्रो पुरस्कार १२५ सिसिको यमहा स्कुटर, तेश्रो पुरस्कार ४३ इन्चको एमआई कम्पनीको एलईडि ,चौथो पुरस्कार सान्सुई कम्पनीको २०० लिटरको फ्रीज र अन्य मेमाको घडी,आईरन लगायतका सान्त्वना पुरस्कार पनि राखिएका छ्न् । कान्तिपुर मलमा आउने ग्राहकले सुपथ मूल्यमा गुणस्तरीय सामान प्राप्त गर्ने व्यापारी जित बहादुर कटुवाल बताउनुहुन्छ । मलमा वित्तीय सं...
पोर्चुगलमा तीज गीत प्रतियोगिता एवम् साँस्कृतिक कार्यक्रम सम्पन्न

पोर्चुगलमा तीज गीत प्रतियोगिता एवम् साँस्कृतिक कार्यक्रम सम्पन्न

मनोरन्जन, समाचार, समाज
स्वदेशसँगै प्रवासमा पनि हिन्दू महिलाको प्रमुख चाड तीजको रौनक सुरु भएको छ । रोजगारी, अध्ययन, व्यवसाय तथा अन्य विभिन्न कामका लागि प्रवासमा बस्दै आएका महिला दिदी बहिनीहरूसँग संस्थाहरूले तीज मनाउने गरेका छन् । तीज नजिकिएसँगै युरोपियन मुलुक पोर्चुगलमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । ‘परम्परा बचाउ, बिकृती हटाउ’ भन्ने मूल नारासहित चितवन समाज पोर्चुगलमा गायक भगवान भण्डारी, गायिका देबिका के.सी, जेबी ओलीको साथमा तीज गीत प्रतियोगिता एवम् साँस्कृतिक कार्यकम ओक मुन्दो रेष्टुरेन्ट लिस्वोनमा सम्पन्न भएको छ । प्रमुख अतिथि महा बाणिज्य दुत मकर हमालले पानसमा बत्ती बालेर सुरु भएको कार्यक्रमा पोर्चुगलमा भएका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । प्रतियोगितामा स्याङ्जा समाज पोर्तुगल पहिलो, बागलुङ समाज पोर्चुगल दोस्रो र एनआएलपी सिलाई समूहले तेस्रो भएका थिए । कोरोना कहरले गर्दा ...
एलिना चौहान र नन्दु गुरुङको स्वरमा‘मनको कुरा’ सार्वजनिक(भिडियो)

एलिना चौहान र नन्दु गुरुङको स्वरमा‘मनको कुरा’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं,भदौ १३ । एलिना चौहान र नन्दु गुरुङको स्वरमा रहेको गीत ‘मनको कुरा’ सार्वजनिक भएको छ । राजन मावोको शब्द, देव गुरुङको क्पोज र अशोक थापाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/3x-wTN-v_8c पदम तामाङको निर्देशन रहेको गीतको भिडियोमा राजन निरौला र मेनुका माझीलाई फिचरिङ गरिएको छ । नाजिन धिमालको छायाँकन रहेको भिडियोमा पदमकै सम्पादन तथा कलरिङ रहेको छ । गीतको भिडियो डिआर म्युजिक क्रियशनको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । ...
‘द नेशनल डिजाईनर रनवे, २०२२’ उपाधी विजेता बने शमुएल

‘द नेशनल डिजाईनर रनवे, २०२२’ उपाधी विजेता बने शमुएल

मनोरन्जन, समाचार
काठमाडौँ —  शनिवार साँझ राजधानीको थापाथलीस्थित पार्टियार्ड रिसिप्सनमा सम्पन्न राष्ट्रिय स्तरको फेशन डिजाईनर तथा मोडल लक्षित ‘द नेशनल डिजाईनर रनवे, २०२२’ को शिर्ष उपाधी शमुएल एकोन्थन्शले जितेका छन । सौन्दर्य प्रतियोगिता तथा ईभेन्ट मेनेजमेन्टको क्षेत्रमा आफ्नो उत्कृष्ट छवि बनाएको मोडल सङ्ग्स नेपालले नेपालकै अग्रणी डिजिटल अनलाईन भोटिङ सेवा प्रदायक ग्लोवल अनलाईन पेसंगको सहकार्यमा आयोजना गरेको ‘द नेशनल डिजाईनर रनवे’मा छनौट प्रक्रियाबाट उत्कृष्ट ठहरिएका कुल ६० मोडलले प्रतिस्पर्धामा सहभागी फेसन डिजाईनर, फेसन डिजाईनिङ हाउस तथा बुटिकसम्बद्द फेसन डिजाईनरले तयार पारेका उत्कृष्ट पहिरनमा सजिएर र्याम्पमा प्रस्तुती दिए। आफूले सिकेको सीपलाई कलाको माध्यमबाट प्रस्तुत गरि फेसन डिजाईनिङ क्षेत्रमा आफूलाई अब्बल सावित गर्दै शमुएल एकोन्थन्शले बेस्ट फेसन डिजाईनरको उपाधी हात परेका छन। एकोन्थन्शले ‘द नेशनल ...