आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
लोकप्रिय गायक सीताराम पोखरेलको ‘पहाडको थुम्को’सार्वजनिक (भिडियो)

लोकप्रिय गायक सीताराम पोखरेलको ‘पहाडको थुम्को’सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा तीन दशकको यात्रा तय गरिसकेका गायक सीताराम पोखरेलको नयाँ गीत ‘पहाडको थुम्को’ सार्वजनिक भएको छ । दसैंका अवसर पारेर सार्वजनिक गरिएको यो म्यूजिक भिडियो पोखरेलको २७ औं म्यूजिक भिडियो हो ।भिडियोमा गायक पोखरेलले अभिनेत्री अनु शाहसँग रोमान्स गरेका छन् । सीताराम र अनुको रोमान्टिक प्रेमकथा भिडियोले देखाउन खोजेको छ । https://youtu.be/mAj21F_0Wnk समन अधिकारीको निर्देशन रहेको भिडियो मुस्ताङ जिल्लाको अति रमणीय स्थलहरु जोमसोम, मार्फा, उपल्लो मुस्ताङ, छुसाङ लगायतका क्षेत्रहरुमा छायांकन भएको हो । अनिल कटवालले भिडियोका छायांकन तथा सम्पादन गरेका हुन् । रुपक बनवासीको शब्द र राज सागरको संगीत रहेको गीत आजरेस्क्यू क्रियसनको युवट्वयु च्यानलमार्फत सार्वजानिक गरिएको हो । आफ्ना गीतको म्यूजिक भिडियो गुणस्तरीय बनाउने पोखरेलले श्रोता दर्शकले यो गीत पनि मन पराउने विश्वास ...
सन्तोश थापाको ‘सपना को शहर’ मा सुधिर र आसुको प्रेमालाप(भिडियो)

सन्तोश थापाको ‘सपना को शहर’ मा सुधिर र आसुको प्रेमालाप(भिडियो)

मनोरन्जन, समाचार
नव गायक सन्तोश थापाले आफ्नै स्वर र रचनामा एउटा मेलोडियस गित ‘सपना को शहर’ को म्युजिक भिडियो बजार मा ल्याएका छन । , गायनमा सन्तोस लाइ नेपाल आइडल ३ कि प्रतिस्पर्धी ममता गुरुङले साथ दिएकी छिन । कल्याण सिंहको संगित रहेको यस गितलाई चर्चित संगित संयोजक उदय राज पौडेल ले संगित संयोजन गरेका छ्न । https://youtu.be/FWtBJVOHS1A म्युजिक भिडियोमा कलाकार सुधिर श्रेष्ठ र आसु न्यौपानेको रमाइलो लव केमिस्ट्री लाई चित्रण गरिएको छ । गोदावरीको सिलौटा रेसोर्टमा खिचिएको  भिडियोका छांयाकार अमृत सुनुवार , सम्पादन माधब बेल्बासे हुन भने भिडियोलाई मोहन राज अधिकारीले निर्देशन गरेका हुन । ...
गीतकार हरि उप्रेतीको नयाँ गीत ‘पिरहरूले’ सार्वजनिक(भिडियो)

गीतकार हरि उप्रेतीको नयाँ गीत ‘पिरहरूले’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गीतकार हरि उप्रेतीको नयाँ गीत ‘पिरहरूले’ सार्वजनिक भएको छ । रोशा फूँयालको स्वर, तृप्ती खड्का गुरुङको संगीत र दीपकराज विश्वकर्माको एरेञ्ज रहेको गीतको स्टुडियो भर्सन भिडियो सार्वजनिक भएको हो । https://youtu.be/n9tkapVp1uk रोशा सारेगम लिटल च्याम्स कि उत्कृष्ट प्रतिस्पर्धी हुनुहुन्छ । यस गीतलाई राधिका उप्रेतीले निर्माण गर्नुभएको हो । गीतको भिडियो लाई गीतकार उप्रेतीको आफ्नै यूट्युव च्यानल हरि उप्रेती अफिसियलमा सार्वजनिक गरिएको छ । हरि उप्रेती नेपाली साहित्य तथा गीत, संगीतको क्षेत्रमा समर्पित र स्थापित हुनुहुन्छ । उहाँका ‘करुण’ गीति एल्बम, अडियो बुक ‘मनका तरेलीहरू’ र ‘करुण–२’ गीति एल्बम श्रोता÷दर्शकमाझ आएका छन् । उहाँका धेरै गीत लोकप्रिय रहेका छन् भने गीतसंगीतबाट थुप्रै अवार्ड पनि चुम्न सफल हुनुभएको छ । यस्तै उहाँको हालै गजलसंग्र्रह ‘गुनासो’ पाठकमाझ आएको छ । ...
विश्वकीर्तिमानी गीतकार डा. डिआरको ‘श्लेषा’ एल्वम इन्द्रसरोबरमा विमोचन

विश्वकीर्तिमानी गीतकार डा. डिआरको ‘श्लेषा’ एल्वम इन्द्रसरोबरमा विमोचन

मनोरन्जन, समाचार
 शनिबार विहान कुलेखानी स्थित मनोरम ताल इन्द्रसरोबरमा सधैको भन्दा फरक दृश्य देखियो । पाँच वटा डुङ्गामा पच्चिस तीस जना मानिसहरू व्यानर लगाएर कार्यक्रम गरिरहेका थिए । यसभन्दा पहिला यो ठाउँमा यस्तो दृश्य नदेखिएकोले यसलाई कौतुहल्तापूर्ण रुपमा हेरिएको थियो । सन्दर्भ थियो विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको एल्वम ‘श्लेषा’ विमोचन । गीतकार संघका निर्वतमान अध्यक्ष चुण्डामणी देवकोटाको प्रमुख आतिथ्यतामा मनोरम इन्द्रसरोवरको कञ्चन जलमाथि डा. उपाध्यायको एल्वम विमोचन गरिएको छ । एकै सांगीतिक स्केल एफ मेजरमा रहेका गीतहरूको संग्रह ‘श्लेषा’लाई कीर्तिमानी संगीतकार तथा उपन्यसकार सन्तोष श्रेष्ठ, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’, निर्देशक माइकल चन्द, पत्रकार तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारी, सुनिता खनाल, डा. सुभेच्छा थापा, सुरेन्द्र थापा, यमबहादुर, उद्धव खड्का, मिलन भण्डारी, दिनेश शर...
किरण केसीको दशै गीत’दशैंको जमरा’ सार्वजनिक(भिडियो)

किरण केसीको दशै गीत’दशैंको जमरा’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । हिन्दुहरुको महान चाड दशैंको शुभकामना सहित लोकप्रिय कलाकार किरण केसी ‘रातामकै’ले दर्शक श्रोताका लागि कोशेली स्वरुप दशै गीत ‘दशैंको जमरा’ सार्वजनिक गरेका छन । उनकै स्वरमा रहेको दशैं गीतमा गायिका गंगा विष्टको पनि स्वर रहेको छ भने बावुल गिरीको शव्द तथा संगीत रहेको छ । https://www.youtube.com/watch?v=NQQp4tQiP0c गायक केसीको आफ्नै युट्युब च्यानल किरण केसी रातामकैबाट सार्वजनिक भिडियोमा उनले अभिनय तथा नृत्य समेत गरेका छन भने उनलाई लोकप्रिय अभिनेत्री दिपाश्री निरौलाले अभिनयमा साथ दिएकी छिन ।मुकेश हुमागाईको छायांकन रहेको भिडियोलाई कल्पेश विश्वकर्माले सम्पादन र संगीत सागर बुर्जाले निर्देशन गरेका हुन । आरव प्रडक्सनले निर्माण गरेको भिडियोको प्रडक्सन म्यानेजर बिजय रसाईली हुन । ...
‘राष्ट्रिय साधना म्यूजिक अवार्ड ‘रिवार्ड’,जीतेन राईलाई ‘लाइफ टाइम अचिभमेन्ट

‘राष्ट्रिय साधना म्यूजिक अवार्ड ‘रिवार्ड’,जीतेन राईलाई ‘लाइफ टाइम अचिभमेन्ट

मनोरन्जन, समाचार
काठमाडौं । राष्ट्रिय साधना म्यूजिक अवार्डको तेस्रो संस्करण ‘राष्ट्रिय साधना म्यूजिक अवार्ड ‘रिवार्ड’ –२०७९’ भव्यरुपमा सम्पन्न भएको छ । महाराजगन्जस्थित रोयल दरबार रेष्ट्रोको सभाहलमा असार ५ गते सम्पन्न कार्यक्रममा २६ विधाका कलाकारहरुले अवार्ड ‘रिवार्ड’ पाए । कार्यक्रममा पूर्वेली लोक संगीतका शिखर व्यक्तित्व वरिष्ठ गायक तथा संगीतकार जीतेन राईलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरियो । उनले आफ्ना गीत संगीतमा बिनायो, मुर्चुङ्गा, टुङ तथा यलम्बर बाजा लगायतका मौलिक लोकबाजाहरूको संरक्षण अभियान र प्रयोग एवं संयोजन गर्दै आएका छन् । त्यस्तै बरिष्ठ साहित्यकार नवराज लम्साललाई दिर्घ साहित्य सम्मान अर्पण गरियो भने बरिष्ठ गायिका देबिका बन्दनालाई ‘संगीत रत्न सम्मान’ बाट सम्मानित गरियो । त्यस्तै पत्रकार ध्रुबहरी अधिकारी र किरण अधिकारीलाई पत्रकारिता सम्मान अर्पण गरिएको थियो ।विगतका वर्षमा उत्क...
चलचित्रकर्मी तथा समाजसेवी मदन दवाडीलाई ‘राष्ट्रिय व्यक्तित्व सम्मान’

चलचित्रकर्मी तथा समाजसेवी मदन दवाडीलाई ‘राष्ट्रिय व्यक्तित्व सम्मान’

मनोरन्जन, समाचार
विगत १६ वर्षदेखि निरन्तर चलचित्र निर्माण, व्यवसाय साथै समाजसेवाको क्षेत्रमा लागिपर्नुभएका  मदन दवाडी एभरग्रीन वल्र्डवाईड इन्टरटेन्मेन्टले दशौँ बर्षको प्रवेशको अवसरमा गरेको राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०७९ मा सम्मानित हुनुभएको छ ।मनोरन्जनको हरेक विधाका कार्यक्रमहरु, म्युजिक, भिडियो, सांस्कृतिक कार्यक्रम, चलचित्र निर्माण साथै कला साहित्य, भाषा लगायत विभिन्न विधाको प्रर्वद्धन र विकासका लागि काम गर्दै आएको एभरग्रीन वल्र्डवाइड ईन्टरटेनमेन्टको दशौं वर्ष प्रवेशको अवसरमा आयोजित संस्थाको वार्षिकोत्सव पारेर ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०७९’ भव्य रुपमा सम्पन्न भएको हो । चलचित्र विकास बोर्डको हलमा सम्पन्न आयोजित कार्यक्रममा कार्यक्रमका अध्यक्ष एवं सभापति हास्यकलाकार गोपाल ढकाल (छन्दे) प्राज्ञ तथा विशिष्ठ चलचित्रकर्मी निर शाह प्रमु...
‘नियाँलेर हेरुँ’ भन्दै नायक धिरेन शाक्य र सुमुना राई(भिडियो)

‘नियाँलेर हेरुँ’ भन्दै नायक धिरेन शाक्य र सुमुना राई(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । सदाबहार ह्याण्डसम नायक धिरेन शाक्य र सुमुना राई अभिनित रोमान्टिक आधुनिक गीत ‘नियालेर हेरुँ’को म्यूजिक भिडियो चलचित्र विकास वोर्डमा गत भदौ ३१ गते शुक्रबारको दिन भव्य रुपमा सार्वजनिक गरिएको छ । पोखराको सेरोफेरो अनि रमणीय स्थानहरुमा छायांकन गरिएको उक्त भिडियोका गीतकार कमल क्षेत्री, संगीतकार उत्तम जंग लिम्बु, एरेन्जर संजिव लिम्बु, गायक सत्यराज आचार्य र गायीका अनु चौधरी हुन् भने भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । उत्तम हुमागाँईको छायांकन, सुरेन्द्र शाहीको मेकअप, राजेन्द्र मोक्तानको कलर करेक्सन रहेको गीतलाई बन्दे प्रसादले सम्पादन गरेका हुन् । सत्यस्वरुप ईन्टरटेन्मेन्ट युट्युव च्यानलबाट प्रशारण गरिएको उक्त गीतको निर्माण तथा प्रस्तुतकर्ता जस्मिन फिल्मस् रहेको छ । छोटो समयमै उक्त गीत धेरै दर्शकहरुको रोजाईमा परेको छ । https://www.youtube.com/watch?v=3lvb7As3uy0 म...
नेपाल भाषाको चलचित्र ‘इन्दिरा घिमे मैँचा’को  कमलविनायकमा शुभमुहूर्त

नेपाल भाषाको चलचित्र ‘इन्दिरा घिमे मैँचा’को कमलविनायकमा शुभमुहूर्त

मनोरन्जन, समाचार
नेपाल भाषाको चलचित्र ‘इन्दिरा घिमे मैँचा’ को भक्तपुरको कमलविनायकमा शुभमुहूर्त गरिएको छ । ‘इन्दिरा घिमे मैँचा’ नेपालको पहिलो महिला धिमे बादक इन्दिरा लाछिमस्यूको जीवनीमा आधारित रहने चलचित्रको शुभमुहूर्त गरिएको हो । बिके फिल्मस्को ब्यानर निर्माण हुने चलचित्रमा सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन छ । गोपाल काजी कायस्थ प्रस्तुतकर्ता रहेको चलचित्रमा सुरेन्द्र शाक्य निर्माता हुनुहुन्छ । चलचित्र आगामी असोज १० गतेबाट छायांकनमा जाने बताइएको छ । चलचित्रको सह-निर्मातामा प्रकाश दिप श्रेष्ठ, गंगादेवी मानन्धर, सरिना बज्राचार्य, रजना जोशी र प्रबिन भाम हुनुहुन्छ । नेपालभाषाका ख्यातिप्राप्त एवम् लोकप्रिय निर्देशक सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहेको चलचित्रमा इन्दिरा लाछिमस्युकोसमेत अभिनय रहने छ । चलचित्रको मुख्य भूमिकामा गणेश राम लाक्षी, आशा काजि थकु, नगिना जोशी, रोजिना सुवाल, रुपेन श्र...
एभरग्रीन वल्र्डवाईडको वार्षिकोत्सवमा राजाले पाए ‘राष्ट्रिय व्यक्तित्व सम्मान’

एभरग्रीन वल्र्डवाईडको वार्षिकोत्सवमा राजाले पाए ‘राष्ट्रिय व्यक्तित्व सम्मान’

मनोरन्जन, समाचार
काठमाडौं । विगत २१ वर्षदेखि निरन्तर कलाकारिता र राष्ट्र सेवामा लागिपर्नुभएका कलाकार तथा राष्ट्रसेवक राजा नामले परिचित श्री चेत बहादुर सिंह राजा एभरग्रीन वल्र्डवाईड इन्टरटेन्मेन्टले दशौँ बर्षको प्रवेशको अवसरमा गरेको राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०७९ मा सम्मानित हुनुभएको छ । मनोरन्जनको हरेक विधाका कार्यक्रमहरु, म्युजिक, भिडियो, सांस्कृतिक कार्यक्रम, चलचित्र निर्माण साथै कला साहित्य, भाषा लगायत विभिन्न विधाको प्रर्वद्धन र विकासका लागि काम गर्दै आएको एभरग्रीन वल्र्डवाइड ईन्टरटेनमेन्टको दशौं वर्ष प्रवेशको अवसरमा आयोजित संस्थाको वार्षिकोत्सव पारेर ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०७९’ भव्य रुपमा सम्पन्न भएको हो । चलचित्र विकास बोर्डको हलमा सम्पन्न आयोजित कार्यक्रममा कार्यक्रमका अध्यक्ष एवं सभापति हास्यकलाकार गोपाल ढकाल (छन्दे) प्रा...