विगत १६ वर्षदेखि निरन्तर चलचित्र निर्माण, व्यवसाय साथै समाजसेवाको क्षेत्रमा लागिपर्नुभएका  मदन दवाडी एभरग्रीन वल्र्डवाईड इन्टरटेन्मेन्टले दशौँ बर्षको प्रवेशको अवसरमा गरेको राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०७९ मा सम्मानित हुनुभएको छ ।
मनोरन्जनको हरेक विधाका कार्यक्रमहरु, म्युजिक, भिडियो, सांस्कृतिक कार्यक्रम, चलचित्र निर्माण साथै कला साहित्य, भाषा लगायत विभिन्न विधाको प्रर्वद्धन र विकासका लागि काम गर्दै आएको एभरग्रीन वल्र्डवाइड ईन्टरटेनमेन्टको दशौं वर्ष प्रवेशको अवसरमा आयोजित संस्थाको वार्षिकोत्सव पारेर ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०७९’ भव्य रुपमा सम्पन्न भएको हो ।

चलचित्र विकास बोर्डको हलमा सम्पन्न आयोजित कार्यक्रममा कार्यक्रमका अध्यक्ष एवं सभापति हास्यकलाकार गोपाल ढकाल (छन्दे) प्राज्ञ तथा विशिष्ठ चलचित्रकर्मी निर शाह प्रमुख अतिथी तथा चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी विशिष्ठ अतिथी रहेका थिए भने, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, विशिष्ठ चलचित्रकर्मी मोहन निरौला, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दयाराम दाहाल, विशिष्ठ नृत्य निर्देशक राजु शाह, तथा विशिष्ठ अभिनेता धिरेन शाक्य विशेष अतिथि रहेका थिए ।

बुवा कोमलनाथ दवाडी र माता बिष्णु माया दवाडीको कोखबाट लमजुङ जिल्लामा जन्मिनु भएका मदन दवाडी चलचित्र निर्माता संघका सदस्य , गोल्डेन स्टेप टुर्सका सञ्चालक, गोल्डेन स्टेप प्रा.लिका सञ्चालक, लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ जे नेपाल अन्तर्गत काठमाडौं मनोेकामनाका आजीवन सदस्य समेत हुनुहुन्छ भने एक्स्ट्रा वन हेल्प नेटवर्कका संस्थापक उपाध्यक्ष समेत रहेर सेवा गरिसक्नुभएको छ । उहाँले लमजुङ काठमाडौ सम्पर्क मन्चका सल्लाहकार समेत भएर काम गर्नुभएको छ भने उहाँ विभिन्न संघसंस्था, फेसन शो, लगायत लाइन्स क्लवका विभिन्न अवार्डहरुबाट समेत सम्मानित भइसक्नुभएको छ ।
भारत, बङ्गलादेश, चीन, भुटान, थाइल्यान्ड, दुबई, कतार, मलेसिया, सिंगापुर, लाओस जस्ता राष्ट्रहरूको भ्रमण गरी प्राप्त अनुभवलाई आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्दै निरन्तर लागिरहनुभएका मदन दवाडी लगायत उक्त समारोहमा ख्याती प्राप्त कलाकार, खेलाडी, पत्रकार, व्यवसायी, समाजसेवी, सौन्दर्यविद् तथा प्राविधिकहरुलाई सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here